४३८ रोपनी गुराँस वन व्यक्तिका नाममा

संखुवासभा - लालीगुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ ।
नुनढाकी ७ को कित्ता नम्बर ५६७ को ८० हजार ५ सय ३० वर्ग मिटर र वडा ९ को कित्ता नम्बर १७२ को १ लाख ४२ हजार ६ सय ४० वर्गमिटर वन क्षेत्र ८ जनाका नाममा दर्ता भएको हो ।
कित्ता नम्बर १७२ पूर्णेप्रसाद, जगबहादुर, लोकबहादुर, शंकरकुमार लिम्बू तथा पासाङ शेर्पाका नाममा दर्ता गरिएको छ । कित्ता नम्बर ५६७ सन्तकुमार, थोकराज र दुर्गाबहदुर लिम्बूका नाममा दर्ता भएको मालपोत कार्यालय चैनपुरका प्रमुख सीताराम पौडेलले बताए ।
कि.नं. १७२ गत ०६७ माघ ७ गते र कि.न. ५६७ गत ०६७ फागुन १७ गते दर्ता गरिएको हो । प्रमुख पौडेलसमेतको मिलेमतोमा वन क्षेत्र व्यक्तिका नाममा दर्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।
मालपोत प्रमुख पौडेल मालपोतका प्रमाण कागजात माओवादीले २०५९ र २०६१ मा जलाएपछि आफूहरूसँग कुनै प्रमाण नरहेको बताए । उनले जग्गाधनी प्रमाणका कागजात लिएर आएपछि जग्गा दर्ता गरिदिएको तर्क गरे ।
उनले जग्गा दर्ता गरेका कागजात देखाउँदै भने, 'यी काजगातका आधारमा दर्ता गरेको हुँ, कागजात सक्कल र नक्कल कुन हो, त्यो पनि थाहा छैन ।'
स्थानीय बासिन्दा मालपोत प्रमुख पौडेलको कुरामा सहमत छैनन् । उनले ७ लाख लिएर जग्गा दर्ता गरेको उनीहरूको दाबी छ । चैनपुर उद्योग वाणिज्य संघ अध्यक्ष आशीष शाक्य गुराँस वन दर्ता हुुँदासम्म पनि दलहरूले चासो नदेखाउँदा आश्चर्य लागेको बताउँछन् ।
शाक्यले वन क्षेत्र एमाले, कांग्रेस र माओवादी कार्यकर्ताले दर्ता गरेकाले कारबाही नहुने दाबी गरे । तर ती दलहरूले भने वन क्षेत्र नै भए दर्ता खारेजका लागि लागिपर्ने बताए । एमाले सचिव कवानसेन राईले दर्ता भएको क्षेत्र वन नै हो भने खारेजका लागि एमाले अग्रपंक्तिमा उभिने बताए ।
नापी शाखा चैनपुरले तयार गरेको नक्सामा उक्त कित्ता वन क्षेत्र उल्लेख छ । अचम्म त कित्ता नम्बर १७२ बाट नयाँ कित्ताकाट गर्दै ३६ कित्ता बनाइएको छ । अर्काे कि.नं. ५६७ बाट २२ वटा नयाँ कित्ता तयार गरिएको छ । र, यी कित्ता धमाधम किनबेच भइरहेका छन् ।
वन क्षेत्र व्यक्तिका नाममा दर्ता भएको जानकारी पाएपछि त्यसलाई छानबिन घेरामा ल्याएको प्रजिअ राजीव पोखरेलले बताए । उनले भने, 'वन क्ष्ाेत्र किटान भएको जग्गा कसरी व्यक्तिका नाममा दर्ता गरियो, तत्काल छानबिन गरेर दर्ता खारेज प्रक्रिया अघि बढाइने छ ।'
नापी कार्यालय, चैनपुरका कर्मचारी सम्पर्कबाहिर छन् । कार्यालय प्रमुख मयंककुमार कर्ण घर सप्तरी गएका छन् । निमित्त प्रमुख सर्वेक्षक परमेश्वर यादव पनि घर नै गएको अमिन श्याम कार्कीले बताए । अमिन कार्कीले वन क्षेत्र दर्ताको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
'यो वन क्षेत्र सरकारी हो, यहाँ सामुदायिक वन छैन', सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष बद्री सापकोटाले प्रशासनले वन क्षेत्र दर्ता खारेज नगरेमा अख्तियार र सर्वाेच्चसम्म पुग्ने बताए ।
खाँदबारी, जेष्ठ ५ - जिल्ला टुक्राउन नपाईने माग राख्दै बिहीवारवाट अनिश्चितकालिन गरिएको संखुवासभा वन्द शुक्रबारपनि जारी छ । उद्योग वाणिज्य संघको नेतृत्वमा गठन गरिएको संखुवासभा एकता संर्घष समितिको आव्हान वन्द गरिएको हो ।
Read More
आवश्यक परे संकटकाल : महासचिव थापा
वैशाख ३०खाँदबारी, वैशाख ३० - माओवादी महासचिव रामबहादुर थापाले आवश्यक परे संकटकाल लगाएर भए पनि संबिधानसभाको म्याद थप्नु पर्ने बताएका छन् । जेठ १४ मा आशिंक संविधान जारी गरेर संविधानसभाको म्याद थप्नु पर्ने उनले बताए । संकटकाल लगाएर म्याद थप्ने कुरा भइरहेको उनले बताए ।
Read More
खाँदबारी, फाल्गुन २३ - बन्द अवज्ञा गरेको भन्दै माओवादीका पूर्व लडाकुहरुले मंगलबार संखुवासभा सदरमुकाम खाँदबारीमा एक जिपमा तोडफोड गरेका छन । खाँदबारी नगरपालीका ३ स्थित मिलन चौकमा महिन्द्रा पिकअप गाडी रोकेर तोडफोड गरिएको हो ।तोडफोडबाट को १ त २८८६ नम्बरको विरेन्द्र भगत श्रेष्ठको भ्यान क्षतिग्रस्त भएको छ । बन्दकर्ताले चालक मनकुमार न्यौपाने र सहचालक नीरकुमार राईलाई कुटपिट समेत गरेको छ ।
Read More
खाँदबारी फाल्गुन २१, संखुवासभा जिल्लाको नूनढाकी गाविस वाड नं ६ मा आज आफ्नै दाजुले धारिलो हतियार प्रहार गरी कान्छो भाईको हत्या गरेका छन् ।स्थानिय ५० वर्षिय मिङ्गमा तेम्बा शेर्पाले कान्छो भाई फुर्वा शेर्पाको घरमा नै आज विहान ११ बजेतिर हत्या गरेका हुन् । हतियार खोस्ने प्रयास गर्ने माइलो दाजु दलबहादुर शेर्पा र छिमेकी पदमबहादुर तामाङ्ग घाइते भएका छन् । घाइतेहरुको नुनढाकी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ
Read More
खाँदबारी फाल्गुन २१, कर्तव्य ज्यानको आरोप लागेका दुईजनालाई संखुवासभा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायधीश शालिग्राम कोइरालाको इजलासले त्यस्तो फैसला सुनाएको हो । फैसला अनुसार अभियुक्तहरु स्यावुनका डम्वरसिं विश्वकर्मालाइ सर्वस्वसहित जन्मकैद र सोही स्थानका कुलबहादुर महतलाई जन्मकैदको सजाय तोकिएको अदालतका निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुमाथि गत कात्तिकमा स्थानीय तारामाया राईको हत्या गरेको आरोप लागेको थियो ।
Read More
खाँदबारी फाल्गुन २१, संखुवासभा जिल्लाका अधिकांस उच्च माविहरु आन्दोलनका क्रममा आज बन्द भएका छन् । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको आव्हानमा उच्च माविहरु बन्द भएका हुन् । युनियनको केन्द्रीय कार्य समितिले जारी गरेको प्रेस विज्ञप्तीमा उच्च माविहरुलाई आर्थिक दायित्व सहित स्थाई सम्बन्धन दिनुपर्ने, शिक्षकहरुको दरबन्दी स्वीकृत गर्नुृपर्ने, शिक्षक कर्मचारीहरुलाई प्रकृया पुयाई स्थाई गरिनुपर्ने,उच्च शिक्षालाई निशुल्क गर्नुपर्ने लगायतका १५ सुत्रिय मागहरु रहेको नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन संखुवासभा अध्यक्ष शेरबहादुर पुरीले जनाकारी दिनुभयो ।
Read More
खाँदबारी फाल्गुन १७, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले गरेको तेस्रो चरणको आन्दोलन अन्र्तगत आज पनि संखुवासभामा शिक्षकहरुले धर्ना दिएका छन । जिल्ला शिक्षा कार्यलय अगाडि निजी तथा सरकारी बिद्यालयका शिक्षकहरुले धर्ना दिएका हुन । धर्ना पछि बिरोध स्वरुप कार्यलयको प्राङ्गगणमा कोण सभा गरेको आन्दोलन समितिका सचिव शेरबहादुर पराजुलीले बताउनु भयो ।
Read More
खाँदबारी फाल्गुन १७, खाद्य सुरक्षा तथा कृषि उत्पादन क्षमता अभिबृद्धि परियोजनाको जिल्ला स्तरिय प्रगती समिक्षा गोष्ठि आज संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । नेपाल ग्रामिण पुननिर्माण संस्था च्च्ल् अन्र्तगत संचालित यो परियोजनाले अहिले सम्म गरेको प्रगतिको बारेमा समिक्षा गर्दै गोष्ठि सम्पन्न भएको हो । संस्थाका जिल्ला संयोजक मोतीकुमार श्रेष्ठले कार्यक्रमको उद्धेश्य माथि प्रकास पार्दै आहिले सम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
Read More
खाँदबारी फाल्गुन १७, नेपाली कांग्रेस संखुवासभाले जिल्ला प्रोफाईल तयारी समिति गठन गरेको छ । केन्द्रीय कार्यालयको निर्णय अनुसार दयानन्द दाहालको संयोजकत्वमा १५ सदस्यिय समिति गठन गरिएको हो । समितिको सचिबमा ऋतुवर्ण काफ्ले रहनु भएको छ । केन्द्रिय प्रतिनीधि प्राध्यापक धर्मराज कोइरालाको उपस्थितीमा समिति गठन गरिएको सभापति तारामान गुरुङले वताउनु भयो ।
Read More
खाँदबारी फाल्गुन १६, संखुवासभा सदरमुकाम खा“दबारीका उपभोक्ताले आज नेपाल विद्युत प्राधिकरण घेराउ गरेका छन । अनियन्त्रित लोडसेटिङ भएको भन्दै उनीहरुले प्राधिकरण घेराउ गरेका हुन । संखुवासभा उद्योग वाणिज्य संघको नेतृत्वमा उपभोक्ताले नियमित बिजुली आपुर्तीको माग गर्दै घेराउ गरेको हो । फागुनको पहिलोसातावाटै आफुहरुले नियमित विजुली वाल्न नपाएकोले उद्योग वाणिज्य संघका अध्यक्ष अनन्तकुमार गौलीले बताउनु भयो ।
Read More
खाँदबारी फाल्गुन १६, खाद्य सुरक्षा तथा गुण नियन्त्रण सम्बन्धि छलफल आज संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगर र संखुवासभा उद्योग वाणिज्य संघको आयोजनामा छलफल सम्पन्न भएको हो । छलफलमा खाद्य स्वच्छताका बारेमा अनुसन्धान अधिकृत हेमन्तकुमार पराजुलीले जानकारी गराउनु भएको थियो । संघका अध्यक्ष अनन्तकुमार गोलीको सभापतित्वमा भएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी काशिराम शर्मा, बरिष्ठ कृषि विकास अधिकृत दिपककुमार शर्मा, संघका निवर्तमान अध्यक्ष श्यामसुन्दर उदास, प्रथम उपाध्यक्ष युवराज शाक्य, सचि
Read More
खाँदबारी फाल्गुन १६, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले गरेको तेस्रो चरणको आन्दोलन अन्र्तगत आज पनि संखुवासभामा शिक्षकहरुले धर्ना दिएका छन ।जिल्ला शिक्षा कार्यलय अगाडि निजी तथा सरकारी बिद्यालयका शिक्षकहरुले धर्ना दिएका हुन । धर्ना पछि बिरोध स्वरुप कार्यलयको प्राङ्गगणमा कोण सभा गरेको आन्दोलन समितिका सचिव शेरबहादुर पराजुलीले बताउनु भयो ।
Read More
खाँदबारी फल्गुन १५, भोजपुरको खाटम्मा ३मा दाउरा काट्ने क्रममा रुखले किचेर १४ बर्षका इतेसराईको मृत्यु भएको छ । आज दिउसो ४ बजेतिर रुख ढाल्ने क्रममा रुखले किचेर उनको घटनास्थलमै मृत्यु भएको छिमेकी बिनोद मेवाहाङले वताउनु भयो ।
Read More
खाँदबारी फल्गुन १५, पठनपाठन ठप्प पारेर सामूदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिए पछि संखुवासभाका निजी विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षक अन्यौलमा परेका छन । नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले सम्पूर्ण विद्यालय बन्दको आव्हान गरेपनि निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याप्सनले निर्णय गर्न नसक्दा विद्यालयको पठन पाठन अन्योलमा परेको हो ।
Read More
खाँदबारी फल्गुन १५, संखुवासभाको जलजला स्थित चुङ्गखुरुङ्गमा रहेको सिंहेश्वरी मावी जुनियर रेडक्रससर्कलको आयोजनमा हाजिरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । ६ वटा बिद्यालयर बरुण बहुमुखी क्याम्पस सहभागी भएको कार्यक्रममा नारायण मावि ओखरबोटे प्रथम भएको छ । त्यस्तै बरुण बहुमुखि क्याम्पस द्धितिय र सरस्वति मावि मैदाने तृतिय भएका छन । कार्यक्रममा वना उपशाखाका सभापति गोपाल कुमार श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको शिक्षक थिरबहादुर राईले बताउनु भयो ।
Read More
खाँदबारी फल्गुन १५, संखुवासभा सदरमुकाम खादबारीमा जिल्ला स्तरिय विषादी खुद्राविक्रेता तालिम आजवाट सुरु भएको छ । कार्यक्रममा २७ जना एग्रोभेट व्यवसायीहरुको सहभागीता रहेको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ कृषि बिकास अधिकृत दिपककुमार शर्मा, यामकुमार श्रेष्ठ, उदयनारायण शर्मा र हृदयनारायण ठाकुरले प्रशिक्षण दिनु भएको छ । एग्रोभेट संचालन गर्न चहाने र संचालन गरिरहेकालाई कानुीदायरामा ल्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालयले जनाएको छ । प्रशिक्षण बुधबारसम्म संचालन हुने छ ।
Read More
खाँदबारी फाल्गुन १४, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनको आन्दोलनका कारण आज संखुवासभाका सरकारी तथा निजी बिद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । अस्थायी शिक्षकहरुलाई स्थायी गराउनुपर्ने माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियन आबद्ध शिक्षकहरुले आज संखुवासभामा शिक्षण संस्था बन्द गराएपछि बिद्यालयहरुको पठनपाठन प्रभावित भएको हो ।
Read More
खाँदबारी फाल्गुन १४,बिभिन्न ब्यक्तित्वहरुलाई अभिनन्दन गर्दै संखुवासभा जिल्लाको मादीराम्वेनी गा.बि.स.मा रहेको नवज्योति युवा क्लवले १४औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा क्लवले आफ्नो सेवा क्षेत्रभित्र पर्ने गा.बि.स.को १देखि४ नम्वर सम्म प्रत्येक वडाबाट एकका दरले चार जनालाई अभिनन्दन गरेको हो । यसरी सम्मानित हुनेहरुमा शिक्षाप्रेमीको तर्फबाट वडा नम्वर १का विश्वेश्वर प्रसाद दाहाल, जनजाति तथा एकल महिलाबाट २नम्वरका लक्ष्मी भुजेल रहनुभएको छ ।
Read More
खाँदबारी फाल्गुन १४, संखुवासभाको खाँदबारी १२ मा रहेको वागेश्वरी उच्च माध्यमिक बिद्यालयको वृत्तचित्र निर्माण हुने भएको छ । ५ दशक अघि स्थापना भएको बिद्यालयको समग्र शैक्षिक स्थितीको बारेमा शैक्षिक वृत्तचित्र निर्माण हुने भएको हो । स्थानिय रामबहादुर श्रेष्ठले स्थापना गर्नु भएको मनराम पुस्तकालय सकरात्मक पक्ष रहेको भन्दै टेलिभिजनले समग्र बिद्यालयको बृत्तचित्र निर्माण गर्ने भएको हो ।
Read More
खाँदबारी फाल्गुन १४, प्रगतिशिल लेखक संघका केन्द्रिय अध्यक्ष घनश्याम ढकालको निधन प्रति प्रगतिशिल लेखक संघ संखुवासभाले आज शोक सभा सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष राजेन्द्र सर्वहारा निरौलाको अध्यक्षतामा बसेको सभाले ढकालको १३ औँ दिनको तिथिमा आज शोक सभा सम्पन्न गरेको हो । सभामा ढकालको व्यक्तित्व र कृत्तित्वको बारेमा चर्चा गर्दै कुवेरप्रसाद भेटवाल, मातृका तिम्सिना र चुडामणि खनालले बोल्नु भएको थियो ।
Read More
२५ औ रजत जयन्तीको अवसरमा प्रभातफेरी
खाँदबारी फाल्गुन १३ शनिबार , नेशनल लाईफ इन्स्योरेन्सले संखुवासभा सदरमुकाममा आज प्रभातफेरीको आयोजना गरेको छ । ईन्स्योरेन्सको २५ औ रजत जयन्तीको अवसरमा प्रभातफेरीको आयोजना गरिएको कार्यालय ईन्चार्ज मनोज पोखरेलले वताउनु भयो । नेशनल लाईफ इन्स्योरेन्सवाट निस्किएको यालीले खादबारीको विभिन्न स्थानको परिक्रमा गरेको थियो । यालीमा उद्योगी व्यापारी, कार्यालय प्रमुख, अभिकर्ता र सर्वसाधारणको सहभागीता रहेको थियो ।
Read More
खाँदबारी फाल्गुन १३ सोमबार, संखुवासभाको तामाफोक १५ वर्षकी वालिका बलात्कृत भएकी छिन । तुककाने भनिने ४३ वर्षिय मोहन जिमीले अस्ति दिउसो घरको आगनमै उनीलाई बलात्कार गरेका थिए । बोली प्रष्ट नबुझिने ती वालिका बलात्कृत भएको उनको फुपुले देखेपछि प्रहरीलाई जानकारी गराएकी थिईन । घटना लगत्तै इलाका प्रहरी कार्यालयले जिमिलाई पक्राउ गरेको छ । पारालिगल चैनपुरले कडा भन्दा कडा कारबार्हीको माग गरेका छन ।
Read More
खाँदबारी फाल्गुन १३ सोमबार, पत्रकारहरु माथी पछिल्लो समयमा हुने गरेका भौतिक आक्रमणको अवस्था बुझ्नका लागि विराटनगर आएको अन्तराष्ट्रिय पत्रकारहरुको मिसन टोली आज राजधानी फर्किएको छ । हिजोदेखिनै पत्रकार र पत्रकारले भोग्नु परेका समस्याका बारेमा सरोकारवालाहरु संग जानकारी लिन सुरु गरेको टोलि आज पनि लगभग पाँच घण्टा सम्म पत्रकारकै समस्याका बारेमा जानकारी लिएर फर्किएको हो ।
Read More
खाँदबारी फाल्गुन १३ सोमबार, संखुवासभाको ताम्कु गाविसको शैक्षिक गुणस्तर बृद्धीका लागी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । २ दिनसम्म सगरमाथा उच्च माविमा गरिएको कार्यक्रममा ताम्कु गाविस अन्तगत ९ विद्यालयको क्षैक्षिक गुणस्तर अभिबृद्धी गर्न समस्या पहिचान र समाधानका उपायका बारेमा छलफल गरिएको कालिका माबिका प्रधानाध्यापक कर्णबहादुर राईले बताउनुभयो ।
Read More
खाँदबारी फाल्गुन ७, संखुवासभामा फागुन ८ देखि सुरु हुने सभापोखरी बाह्रबिसे महोत्सवमा दृश्यावलोकनका लागि पहिलोपटक हेलिकप्टरको प्रयोग हुने भएको छ ।सदरमुकाम खा“दबारीवाट महोत्सवस्थल बाह्रबिसे, धार्मिक स्थल सभापोखरी, मकालु हिमाल, लगायत अवलोकनका लागि शुल्क लिएर हेलिकप्टरमा घुम्ने व्यवस्था मिलाइएको हो । हेलिकप्टर उडानका लागि स्थानीयहरुको टिकट बुकिङ गरेको संचालक रिदम ग्रुपले जनाएको छ । भोलीवाट सुरु हुने महोत्सवको सबै तयारी पूरा भएको बाह्रविसे मुल आयोजक समितिले जनाएको छ ।
Read More
खाँदबारी फाल्गुन ७, जनसाहित्यीक मञ्च नेपालले आयोजना गरेको साहित्यकारहरुको राष्ट्रिय भेलाले संखुवासभाका ताराबहादुर बुढाथोकि र सोमराज अभय कट्टेल लगायतकासाहित्यकारहरुलाई सम्मान गरेको छ ।मञ्चको रजत बर्षको उपलक्ष्यमा सुनसारीको ईटहरीमा आज आयोजना गरेको कार्यक्रममा देशैभरिका राष्ट्रका १६ जना सहित्यकारहरुलाई अभिनन्दन गरिएको हो । मञ्चले भाषविद् चुडामणि रेग्मी लगायत ६ जनालाई अभिनन्दन पनि गरेको छ ।
Read More
खाँदबारी फाल्गुन ७, संखवासभाको खाँदबारी नगरपालिका ६ र ७ मा आदिवासी जनजाती महासंघ नगर वडा समन्वय परिषद् गठन भएको छ । ६ नंबर वडामा भएको कार्यक्रममा जिमिन राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा ईश्वर गुरुङ्ग, सचिवमा डिल्लीबहादुर घले, सहसचिवमा कल्पना राई, कोषाध्यक्षमा सृजना श्रेष्ठ चयन हुनु भएको छ ।त्यस्तै वडा नंबर ७ मा पनि हरिकुमार तामाङ्गको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन भएको छ ।
Read More
खाँदबारी फाल्गुन ७, संखुवासभाको मांतेवामा वडा नागरिक मञ्चको गठन भएको छ । गाविसकी सामाजीक परिचालिका चन्द्रीकाकुमारी राईको उपश्थितिमा मञ्चको गठन भएको हो । समितिको संयोजकमा केदार राई चयन हुनु भएको छ ।समितिको उपसंयोजकमा आनन्द राई, सदस्य सचिवमा चन्द्रीकाकुमारी राई र सदस्यहमा अशोक राई र तारा रसाईली चयन हुनुभएको छ । समितिको प्रत्येक महिनाको १५ गते मासिक बैठक बस्ने समेत निर्णय भएको संयोजक केदार राईले बताउनु भयो ।
Read More
खाँदबारी फाल्गुन ६,‘‘देशभरीका सम्पूर्ण प्रगतिशील देशभक्त तथा जनबादी विद्यार्थी एक जुट होऔ’’ भन्ने मुल नाराका साथ नेकपा एमाले निकाट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु’ को प्रथम ऐतिहासिक क्षेत्रिय सम्मेलन सङ्खुवासभा जिल्लाको जनज्याति उच्च.मा.वि.धुपुमा भव्यतका साथ सम्पन्न भएको छ ।
Read More
खाँदबारी फाल्गुन ६, नेकपा एमाले निकाट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वविय’ को प्रथम ऐतिहासिक क्षेत्रिय सम्मेलनबाट राजकुमार तामाङ्गको अध्यक्षतामा २० सदस्यीय निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कमिटी चयन गरेको छ ।क्षेत्रिय कमिटीकामे उपाध्यक्षमा उत्तम कार्की, सचिवमा नविन श्रेष्ठ, सह–सचिवमा अनुप चापागाई र कोषाध्यक्षमा प्रतिक्षा थापा निविरोध चयन हुनु भएको छ ।
Read More
खाँदबारी फाल्गुन ६, संखुवासभाको आखिभुइमा कानुनी उपचार तथा सहायता पारलीगल सम्बन्धि १२ दिने आधारमुत तालिम आजवाट सुरु भएको छ । आखिभुई पारालिगल कमिटीका १५ जना महिलालाई महिला तथा बालबालिका संबन्धि विभिन्न राष्ट्रितथा अन्तराष्ट्रिय कानुनहरुको बारेमा प्रशिक्षण दिईने जिल्ला श्रोत समुह सदस्य अधिवक्ता उमेस शाक्य र विष्णु राईले प्रशिक्षण दिनु भएको छ ।
Read More
खाँदबारी फाल्गुन ६, संखुवासभाको वानामा नेकपा एमाले वाना गाँउ कमिटिको ११ औँ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजेन्द्र थापाले गर्नु भएको थियो ।कार्यक्रममा जिल्ला अध्यक्ष उमेशकुमार डाँगी, कोशि अञ्चल कमिटि सदस्य तुलसीप्रसाद न्यौपाने, जिल्ला सदस्य मानसिंह पोख्रेल, क्षेत्रिय कमिटि उपाध्यक्ष सुमुना श्रेष्ठ, किसान संघका जिल्ला उपाध्यक्ष बुद्धिमान मास्के, सचिव भिमबहादुर तामाङ्ग लगाययतले अधिवेशनको शुभकामना दिनु भएको थियो ।
Read More
खाँदबारी फाल्गुन ५,स्वतन्त्र पत्रकारीता नभएका कारण संचारकर्मीहरु पीडित हुदै गएको संखुवासभाका राजनीतिक दलका नेता, बुद्धीजिवी र स्थानीयवासिन्दाले वताएका छन ।सदरमुकाम खाँदबारीमा मिडिया सर्पोट फोरमले आज आयोजना गरेको एक कार्यक्रममा उनीहरुले पत्रकारहरुलाई स्वतन्त्र भएर समाचार संकलन गर्न आग्रह गरेका छन । घटेका घटनाहरुको संवधित पक्षवाट सुनुवाई नहुनु र संचारकर्मीले एकलौटी हिसावले समाचार संप्रेषण गर्ने गरेकाले असुरक्षीत हुदै गएको सहभागीहरुले बताए ।
Read More
खाँदबारी फाल्गुन ५,जिल्ला पशु सेवा कार्यालय संखुवासभाले मासु जाच ऐन सम्बन्धि एक दिने कार्यसालाको आयोजना गरेको छ । खादबारीमा आयोजित कार्यशासामा जिल्ला भरका मासु व्यवसायीलाई मिसावट गरेर नबेच्न, स्वास्थ्य परिक्षण गर्न, खुल्ला रुपमा बिक्रि नगर्न आग्रह गरीएको छ । कार्यशालामा खादबारी, चैनपुर, वाना, तुम्लिङटार, मानेभञ्ज्याङका २५ जना व्यापारीहरुको सहभागीता रहेको छ ।उनीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी काशीराम शर्मा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख पुष्पबहादुर बुढाथोकी, र डा गृष्म न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।
Read More
खाँदबारी फाल्गुन ५,संखुवासभाको सिद्धकालीमा २ दिने आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । नेपाल ग्रामिण पुननिर्माण संस्था आर आर एनको विश्व खाद्य कार्यक्रम अन्र्तगत तालिमको आयोजना गरिएको हो ।तालिममा सिद्धकाली र सिद्धपोखरीका २० जना महिला तथा पुरुषको सहभागीता रहेको थियो । तालिमको सहजीकरण सिद्धकाली उपस्वास्थ्य चौकिका ईन्चार्ज मिनबहादुर सिवाकोटीले गर्नु भएको थियो ।
Read More
खाँदबारी फाल्गुन ४,नेपाल व्यापार रणनिति २०१० का सम्बन्धमा संखुवासभाको खाँदबारीमा १ दिने अन्र्तक्रिया कार्यक्रम समपन्न भएको छ । राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाई आर्थिक विकास र गरिवी निवारणमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अचैली किसान र व्यापरी संग अलैचि उत्पादन, प्रवद्र्धन र मुल्य अभिबृद्धिका बारेमा छलफल भएको थियो । वाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले नेपालको बैदेशिक व्यापार, वाणिज्य निति २०६५, नेपाल व्यापार एकिकृत रणनिति लगायतको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
Read More
खाँदबारी फाल्गुन ४, जिल्ला विकास समिति संखुवासभाले ०६९÷७० को प्रास्तावित कार्यक्रम सार्वजनीक गरेको छ । २० औ जिल्ला परिषदले पारित गरेको २ अरव ३८ करोड ६३ लाख ७४ हजारको वजेट स्थानीय विकास अधिकारी मोहन पौडेलले सार्वजनीक गर्नु भयो । जिल्ला विकास समितिमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आगामी वर्षको बजेट सार्वजनीक गर्नु भएको हो । कार्यक्रममा योजना अधिकृत लक्ष्मी निरौला लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिती थियो ।
Read More
खाँदबारी फाल्गुन ४, जिल्ला पशुसेवा कार्यालय संखुवासभाले जुनोटिक रोगवारे जनचेतना अभिबृद्धी गोष्टीको आयोजना गरेको छ । खादबारीमा सम्पन्न कार्यक्रममा डा गृष्म न्यौपानेले जुनोटिक रोगका बारेमा जानकारी गराउनु भएको थियो ।उहाले मानिसमा रोग निम्त्याउनसक्ने रोगका कारक तत्वहरु १४०७ रहेको बताउदै ५८ प्रतिशत जुनोटिक रहेको र ती मध्ये १७७ वटा कारक तत्वहरु रहेको जानकारी गराउनु भयो ।कार्यक्रममा शिक्षक, मासु व्यावसायी, उपभोक्ता लगायतको उपस्थिती रहेको थियो ।
Read More
खाँदबारी फाल्गुन ४,संखुवासभाको चिचिला देखि मत्स्यापेखरी ८ देविटार सम्म १५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । ३ वटा ट्याक्सि गुडाएर सडक उद्घाटन गरिएको थियो । जिल्ला बिकास समितिको १२ लाख र गाविसको १५ लाख को लागतमा सडक निर्माण भएको हो ।उद्घाटन कार्यक्रममा माओवादीका जिल्ला सेक्रेटरी आर पि किँराती, एमाले मोरङ्ग जिल्ला कमिटि उपाध्यक्ष दिलप्रसाद राईले यातायतका साधन संचालन भएपछि यातायात र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने बताउनु भयो । घर दैलोमै गाडि पुगे पछि गाँउबासी खुसी भएका छन ।
Read More
खाँदबारी फाल्गुन ३, संखुवासभाको दिदीङ ९ स्थित खर्सुवाका मनकुमार राईले आज श्रीमतीको हत्या गरेका छन । सामान्य विवाद हुदाहुदै राईले २५ बर्षिया आनन्दकुमारी राईको हत्या गरेको प्रहरीले जनाएको छ ।कुटपिट पछि उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्या लगत्तै प्रहरीले मनकुमार राई पक्राउ गरेको छ ।
Read More
खाँदबारी फाल्गुन ३, भोजपुरको पूर्वी याकु मा व्यक्तिको भीरबाट लडेर एक व्यक्तिकाृ मृत्यु भएको छ । याकु ३ बस्ने ५८ वर्षिय हेमबहादुर लिम्बुको सोहि वडास्थित आरुखर्कको सालघारी जंगलको भीरमा बाटोबाट करीब २ सय मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित भोजपुर अस्पतालमा राखिएको छ ।
Read More
खाँदबारी फाल्गुन ३, संखुवासभा बहुमुखि क्याम्पसमा ३ लाख मुल्य बराबरको अक्षयकोषको स्थापना भएको छ । स्वार्गिय मातापिताको नाममा छोरा राजेन्द्रबहादुर र बुहारी अम्बीका केसीले ३ लाख ३१ हजार ४ सय ९९ रुपैयाको कृष्णबहादुर मानकुमारी स्मृति छात्रावुत्ति अक्षयकोषको स्थापना गर्नु भएको हो ।अक्षयकोषको २५ प्रतिशत रकम कोषमै थपिदै जाने र बाकि ७५ प्रतिशत रकम गरिब, जेहेन्दार र लगनशिल बिद्यार्थिलाई बितरण गरिने क्याम्पस प्रमुख भरत शाक्यले जानकारी दिनुभयो ।
Read More
खाँदबारी फाल्गुन ३, संखुवासभाको दोश्रो व्यापारीक केन्द्र चैनपुरमा सोसियल डेभलपमेण्ट वैकले आज पहिलो शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन संचालक सोनाम ग्याच्छु र जिल्ला न्यायधिस सालिग्राम कोइरालो संयुक्त रुपमा गर्नु भयो । काठमाण्डौमा २०६६ सालमा स्थापना भएको वैकको अधिकृत पुजी अर्व रहेको छ भने जारी पुजी ७५ दशमलव ०३ करोड रहेकोछ । चुक्ता पुजी ३८ करोड २६ लाख ५३ हजार रहेको ईन्चार्ज विनयधर श्रेष्ठले बताउनु भयो ।
Read More
खाँदबारी फाल्गुन ३, सुनसरी, झापा लगायतका केहि ठाउँमा पछिल्लो समयमा बर्डफ्लु देखिन थालेपछि पूर्वी पहाडी जिल्ला भोजपुरमा उच्च सतर्कताका साथ पंक्षीजन्य वस्तु आयातमा रोक लगाइएको छ । तराईबाट भोजपुर भित्रिने मुख्य नाका लेगुवा, घोडेटार, सिम्ले तथा दिङलाबाट यातायातका साधनबाट कुखुरा, हाँस, पंशिजन्य अन्य उत्पादन ल्याउन नदिन जेकजाँच कडा पारिएको जिल्ला पशुसेवा कार्यालय, भोजपुरले जनाएको छ ।
Read More
खाँदबारी, फागुन ३ - विद्युत प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न सर्वे लाइसेन्सको लागि विद्युत विकास विभागमा फेरि आवेदन दिने भएको छ। विद्युत विकास विभागले गत वर्ष लाइसेन्स खारेज गरिदिएपछि प्राधिकरणले फेरि आवेदन दिने निर्णय गरेको हो। प्राधिकरण सञ्चालक समितिको गत साता बसेको बैठकले यो आयोजनाको सर्वेक्षण अनुमति लिएर निर्माण गर्ने निर्णय गरेको हो। प्राधिकरणले लाइसेन्स खारेज भएपछि आवेदनबापत चार वर्षअघि तिरेको झण्डै १० लाख रुपैयाँसमेत फिर्ता लिएको थिएन।
Read More
खाँदबारी, फाल्गुन २ - छिमेकी जिल्लामा बर्डफ्लुको संत्रास वढेपछि पशुसेवा कार्यालय संखुवासभाले पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी होमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले तामाफोकको मुढे र तुम्लिङटारवाट सदरमुकाम खाँदबारी भित्रिने यातायातका साधनमा पंक्षीजन्य वस्तु आयातमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनीक यातायातका साधनमा कुखुरा र हास ल्याउन रोक लगाएको पशुसेवा कार्यालयका प्रमुख पुष्पबहादुर बुढाथोकीले बताए । मुढे र तुम्लिङटार मुख्य नाका भएकाले त्यहाँ सुरक्षाकर्मी खटाईसकेको उनले बताए ।
Read More
खाँदबारी, फाल्गुन २ -संखुवासभाको बाह्रबिसे स्थित सभाखोलामा माछा मार्ने क्रममा मंगलबार एक जनाले दुवै हात गुमाएका छन् । हातमा कार्तोस पड्किएर सभापोखरी १ का ३२ वर्षीय टिकाराम वनेम लिम्बुको दुवै हात चुडिएको हो । उनको दुवै हातकापञ्जा नभएको निमित्त प्रहरी प्रमुख महेन्द्र थापाले बताए । सदरमुकाम स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको छ । प्रहरीको निगरानीमा उनको उपचार भईरहेको छ । माछा मार्न सभाखोला पुगेको लिम्वुको हातमै कार्तोस पड्किएको थियो ।
Read More
खाँदबारी फाल्गुन १, संखुवासभा उद्योग वाणिज्य संघ खादबारीले प्रमुख जिल्ला अधिकारी सहित ३ जनालाई स्वागत गरेको छ । संघले प्रमुख जिल्ला अधिकारी होमबहादुर खड्का, बराह दल गुल्मका गुल्मपति सन्तोष कार्की र स्थानीय विकास अधिकारी मोहन पौडेलललाई स्वागत गरेको हो । अध्यक्ष अनन्तकुमार गौली, प्रथम उपाध्यक्ष युवराज शाक्य, खादबारी डेभलपमेण्ट वैकका अध्यक्ष श्यामसुन्दर उदास लगायत कार्यसमितिका सदस्य र व्यापारीहरुले उहाहरुलाई अविर र खादा लगाएर स्वागत गर्नु भएको थियो ।संघका अध्यक्ष अनन्तकुमार गौलीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य दिनुहुदै गौलीले संघको गतिबिधिको बारेमा जानकारी दिनु भयो ।
Read More
खाँदबारी फाल्गुन १, जनयुद्धको १७ औं वर्षगाँठको अवसर पारेर एकिकृत नेकपा माओवादीले संखुवासभामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।कार्यक्रममा पार्टी कार्यालयमा जिल्ला कमिटी, सचिवालय, पार्टीसम्वद्ध जिल्लास्तरीय नेता तथा कार्यकर्ता एवं भातृ र भगिनी संगठनका पदाधिकारीमाझ शुभकामना अवीर लगाई शुभकामना आदानप्रदान गरिएको छ ।जिल्ला बिकास समितिमा आयोजित कार्यक्रममा एकिकृत माओबादीका ईन्चार्ज राजेन्द्र किराती, सहईन्चार्ज राजेन्द्र कार्की, कांग्रेसका महेश थपलिया, एमालेका अध्यक्ष्ँ उमेस डागी, राष्ट्रिय शक्ति प्रजातन्त्र पाटीका अध्यक्ष राजकुमार घिमिरे, मात्रिका समुह माओबादीका प्रभाकर लगायतका नेताहरुले जनयुद्धका बारेमा बोल्नु भएको थियो ।
Read More
खाँदबारी फाल्गुन १, लोप हुदै गएको पञ्चे बाजाको जगेर्ना गर्ने उद्धेश्यले संखुवासभाको सित्तलपाटि स्थित चन्दनपुरमा आज एक कार्यक्रमको आयोजना गर्दै प्रर्दशनि गरिएको छ । दलित उत्थान समन्वय समिति सित्तलपाटीको आयोजनामा गरिएको कार्यक्रममा लोप हुदै गएको पञ्चेबाजाको प्रर्दशनि गरिएको थियो । उपेक्षित, उत्पीडित र दलित वर्ग टोल विकास संस्थाका निवर्तमान केन्द्रिय सदस्य सल्येन नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादीका डोरबिक्रम खड्का, कांग्रेसका भक्तबहादुर श्रेष्ठ, एमाले सित्तलपाटि गा“उ कार्य कमिटिका अध्यक्ष नन्दलाल राई, दलित उत्थान समन्वय समितिका सल्लाहकार पदम धौलाकोटी लगायतको उपश्थिति रहेको थियो । कार्यक्रममा २ सय बढिको उपश्थिति रहेको आयोजकले जनाएको छ ।
Read More
खाँदबारी फाल्गुन १, संखुवासभाको धुपुमा रहेको जनज्योती माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्वबियुको प्रारम्भिक कमिटिको पुर्नगठन भएको छ । कार्यक्रममा अम्बरबहादुर अधिकारीको अध्यक्षतामा ३३ सदस्यीय कमिटिको गठन भएको हो । कमिटिको उपाध्यक्ष बिमला पौडेली, सचिव दिपक राई, सहसचिव लालबहादुर राई र कोषाध्यक्ष भुमिका पन्त चयन हुनु भएको छ । कार्यक्रममा अनेरास्वीयु जिल्ला सचिव राजेश खड्का, सदस्य सृजना कालाखेति, ईलाका कमिटि सचिव अनुप चापागाई लगायतको उपश्थिती रहेको थियो ।
Read More
खाँदबारी माघ २९,पूर्वी पहाडमा सशस्त्र संघर्षरत किरात जनवादी वर्कस पार्टीले गरेको पूर्वाञ्चल बन्दका कारण भोजपुरको जनजीवन प्रभावित भएको छ । सरकार वार्ताप्रति गम्भीर नभएकाले वर्कसले बन्दको आह्वान गर्नुपरेको जनाएकोछ ।वर्कसले अचानक आह्वान गरेको बन्दका कारण भोजपुर सदरमुकाम र ग्रामीण भेगका सरकारी तथा सामुदायिक विद्यालय पूर्ण प्रभावित भएका छन् । त्यस्तै भोजपुर लेगुवा सडक खण्डमा सवारी पनि चलेका छैनन् ।
Read More
खाँदबारी, माघ २९ - आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा संखुवासभाको बालासिसुवामा एक जना गम्भीर घाइते भएका छन् । बन्दुक बोकेर सिकार खेल्न जाने क्रममा बाला गाउँका २४ वषीर्य बुद्धीबहादुर राई गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक गणेश चन्दले बताए । उनको घाँटीमा चोट लागेको छ ।जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि उनलाई आइतबार काठमाडौं लगिएको छ । बन्दुकको लाइसेन्स नभएकाले राईलाई प्रहरीको निगरानीमा उपचार गरिएको छ ।
Read More
खाँदबारी, माघ २८ - बर्डफ्लुको संत्रास बढेपछि जिल्ला पशुसेवा कार्यालय संखुवासभाले जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ । कार्यालयले सदरमुकाम खाँदबारीस्थित हिमालय क्याम्पस र वरुण बहुमुखी क्याम्पसमा बर्डफ्लुको चेतना फैलाउन दैनिक विद्यार्थीलाई कक्षा लिन थालेको छ । गाँउगाँउमा रहेका सेवा केन्द्रमा पनि प्रशिक्षण दिन थालिएको कार्यालय प्रमुख पुष्पबहादुर बुढाथोकीले बताए ।
Read More
खाँदबारी (संखुवा सभा) माघ २८,जिल्ला अपाङ्ग संघको आयोजनामा संखुवासभाको खाँदबारीमा स्वास्थ्या शिवीरको आयोजना गरिएको छ । शिवीरमा ६९ जना अपंगता भएका बालबालिकाहरुको स्वस्थ्य परिक्षण गरिएको छ ।अपांग वाल अस्पताल बनेपा र काठमाण्डौ मोडेल अस्पतालबाट डा राजेन्द्र अर्यालको नेतृत्वमा आएको ६ जनाको टोलीले स्वास्थ्य परिक्षण गरेको सचिब गणेस राईले बताउनु भयो ।
Read More
खाँदबारी, आश्विन २५ - किरात जनवादी वर्कर्स पाटीले ज्यान मार्ने धम्की दिएपछि संखुवासभाका गाविस सचिवले संयुक्त राजीनामा दिएका छन् । जिल्लाका ३३ गाविसका सचिवहरुले बुधबार स्थानीय विकास अधिकारी मार्फत राजीनामा दिएका हुन्
Read More
खाँदबारी, आश्विन १४ - एमाले सचिव शंकर पोखरेलले बर्तमान सरकारले शान्ति र संविधान निष्कर्षमा पुर्याउनेमा आशंका व्यक्त गरेका छन
Read More
खाँदबारी, आश्विन १२ - एमाले सचिव शंकर पोखरेलले माओवादी र कांग्रेसले आ-आफ्नो हठ त्याग्नु पर्ने बताउँदै दुवै दललाई एमाले जस्तो बनेर देखाउन आग्रह गरे ।
Read More
उपभोक्ताद्वारा विद्युत प्राधिकरणमा अनिश्चितकालिन तालावन्दी
खाँदबारी, अषाढ १४ - संखुवासभा सदरमुकाम मंगलवार तनावग्रस्त भएको छ । खाँदबारीका उपभोक्ताले नेपाल बिद्युत प्राधिकरणमा गरेको अनिश्चितकालिन तालावन्दी प्रशासनले खोलेपछि करीव ३ घण्टा तनाव भएको थियो । प्रहरी र स्थानीय युवाबीच पुनः ताला लगाउने क्रममा हातहालाहाल भएको छ ।
Read More
खाँदबारी, अषाढ १२ - सुनसरीको धरानबाट संखुवासभाको खाँदबारी आउदै गरेको यात्रुवाहक बसका चालक सहित ५ जनाको समूहले एक युवतीलाई सामूहिक बलात्कार गरेका छन् । ना २ ख १३९५ नम्बरको भावना ट्राभल्सको बसका चालक सहित ५ जनाले खाँदबारी नगरपालीका १३ स्थित सभाखोलामा शनिबार राति बुद्धधर्मालम्बी भिक्षुलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
भोजपुर खाटम्मा घर भएकी २१ वर्षीया भिक्षुलाई राति १० बजेतिर उनीहरुले जबरजस्ती बसभित्रै लगेर बलात्कार गरेका थिए । बलात्कारको खबर पाएपछि संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले बस चालक सहित पाँचै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
प्रहरीले तेह्रथुमका २१ वर्षीय चालक राजु लिम्वु, धनकुटा पाख्रीवासका १७ वर्षीय सोवित मगर, संखुवासभा मादीराम्वेनीका २४ वर्षीय भुवन गुरुङ, ईटहरी ५ का २७ वर्षीय द्रोणवहादुर राई र धरान १५ का १८ वर्षीय अभिसेक मगरलाई हिरासतमा राखि अनुसन्धान शुरु गरेको छ । प्रहरीले को १ ख २७२८ नम्बरको बस र ना २ ख १३९५ नम्बरको बसलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानका लागि राखेको छ ।
बलात्कार पछि ती युवतीको अझै होस आएको छैन । उनको चैनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि आइतबार दिउँसो धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
पक्राउ परेका पाँचै जनालाई कानुन अनुसार कारबाही गर्न उद्धार कार्यमा संलग्न संघीय लिम्वुवान राज्य परिषदका केन्द्रीय सदस्य सुमन मादेनले आग्रह गरेका छन् ।
Read More
खाँदबारी, अषाढ १२ - सुनसरीको धरानबाट संखुवासभाको खाँदबारी आउदै गरेको यात्रुवाहक बसका चालक सहित ५ जनाको समूहले एक युवतीलाई सामूहिक बलात्कार गरेका छन् । ना २ ख १३९५ नम्बरको भावना ट्राभल्सको बसका चालक सहित ५ जनाले खाँदबारी नगरपालीका १३ स्थित सभाखोलामा शनिबार राति बुद्धधर्मालम्बी भिक्षुलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
भोजपुर खाटम्मा घर भएकी २१ वर्षीया भिक्षुलाई राति १० बजेतिर उनीहरुले जबरजस्ती बसभित्रै लगेर बलात्कार गरेका थिए । बलात्कारको खबर पाएपछि संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले बस चालक सहित पाँचै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
प्रहरीले तेह्रथुमका २१ वर्षीय चालक राजु लिम्वु, धनकुटा पाख्रीवासका १७ वर्षीय सोवित मगर, संखुवासभा मादीराम्वेनीका २४ वर्षीय भुवन गुरुङ, ईटहरी ५ का २७ वर्षीय द्रोणवहादुर राई र धरान १५ का १८ वर्षीय अभिसेक मगरलाई हिरासतमा राखि अनुसन्धान शुरु गरेको छ । प्रहरीले को १ ख २७२८ नम्बरको बस र ना २ ख १३९५ नम्बरको बसलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानका लागि राखेको छ ।
बलात्कार पछि ती युवतीको अझै होस आएको छैन । उनको चैनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि आइतबार दिउँसो धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
पक्राउ परेका पाँचै जनालाई कानुन अनुसार कारबाही गर्न उद्धार कार्यमा संलग्न संघीय लिम्वुवान राज्य परिषदका केन्द्रीय सदस्य सुमन मादेनले आग्रह गरेका छन् ।
Read More
सबै अग्ला हिमाल चढेर कीर्तिमान
सबै अग्ला हिमाल चढेर कीर्तिमान
काठमाडौ, जेष्ठ ७ - कञ्चनजंघाको टुप्पोमा पहिलो पटक शुक्रबार बिहान पाइला टेक्दा मिग्मा शेर्पाको खुसीको सीमै थिएन । चुचुरोबाटै उनले आफन्तलाई सेटलाइट फोनमार्फत सुनाए, 'मैले समिट गरें ।'
उचाइका हिसाबले कञ्चनजंघा (८५८६ मिटर) तेस्रो अग्लो हिमाल हो । कञ्चनगंघा माथिको विजयसँगै उनी आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल पुग्ने पहिलो नेपाली बनेका छन् । विश्वका १४ वटै उच्च हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेकाले उनी यति उत्साहित भएका थिए ।
यो कीर्तिमानका लागि उनी लोकतन्त्र दिवसका दिन (बैशाख ११) मा त्यसतर्फ लागेका थिए । मिग्माले कञ्चनजंघाको सफल आरोहण गरेको जानकारीमा आएको पर्यटन उद्योग महाशाखाले जानकारी बताएको छ । नेपाल पर्वतारोहण प्रतिष्ठानकी कार्यकारी निर्देशक लाक्पा सुती शेर्पाले पनि मिग्माले कञ्चनजंघा आरोहण गरेको जानकारीमा आएको बताइन् ।
संखुवासभास्थित मकालु हिमालको काखैमा रहेको नुर्वुचौरका ३२ वर्षीय शेर्पाले बिहान ५ बजेर २० मिनेट जाँदा चुचुरोमा पाइला टेकेको फोनमार्फत बताए । 'सबै उच्च शिखर आरोहण गर्ने नेपाली हुन सकेकामा आफ्नो मुलुक र मुलुकवासीलाई सम्झेर मलाई गौरव महसुस भइरहेको छ,' उनले भने, 'त्यो खुसी सबै नेपाली दाजुभाइलाई बाँड्न
म आतुर छु ।' उनले नजिकै देखिएका एभरेस्ट, मकालुलगायत हिमाल हेर्दै आरोहणमा सँगै रहेका साथीसँग खुसी बाँडिरहेको बताए ।
आरोहणबाट फर्केपछिको आफ्नो गाउँ नुर्बुचौरका बासिन्दासँग पहिलो खुसी साट्ने उनले बताए । 'संसारका अग्ला सबै हिमाल आरोहण गरेर रेकर्ड राखेको खुसियाली परिवार, साथीसंगी र छिमेकी गाउँलेहरूसँग साट्ने योजना बनाएको छु,' उनले भने ।
पहिलो प्रयासमै सबै आरोहण गर्ने विश्वकै पहिलो आरोही आफू भएको मिग्माले दाबी गरे । 'एकै प्रयासमा सबै उच्च शिखर कसैले चढ्न सकेका छैनन्,' उनले भने, 'कसैको प्रायोजनविना चढ्ने पनि म मात्रै हुँ ।' विदेशी आरोहीहरूले विभिन्न कम्पनी, संघसंस्थाको प्रायोजनमा हिमाल आरोहण गर्ने गरेका छन् ।
बाबुआमाले जंगलमा राखेको भेंडीगोठमा जन्मेका मिग्माले हिमालसँग दिनहुँ साक्षात्कार गर्दै बाल्यकाल बिताएका थिए । कामको खोजीमा राजधानी पसेका उनी आरोहीहरूको भारी बोक्ने क्रममा हिमाल आरोहणतिर लागेका थिए । उनले सन् २००० मा पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल मनास्लु (८१६३ मि) आरोहण गरेका थिए । त्यसबाट हौसिएका उनले त्यही वर्ष चोयु (८२०१ मि) आरोहण गरे ।
त्यसपछि २००१ मा उनले आफ्नै गाउँ छेउको मकालु (८४६३मि), त्यसै वर्ष तिब्बतको सिसापाङमा (८०२७ मि), अर्को वर्ष लोत्से (८५११ मि), २००३ मा पाकिस्तानको ब्रोड पिक (८०४७ मि) र जी २ (८०३५ मि), २००४ मा सर्वोच्च शिखर सगरमाथा (८८४८ मि) र पाकिस्तानको के २ (८६११ मि) आरोहण गरे ।
अग्ला नौ वटा मिहाल आरोहण गरेपछि उनी बिरामी परे । उपचारका क्रममा जापान पुगेका उनले झन्डै ५ वर्ष त्यहीँ बिताए । सन २००९ मा स्वदेश फर्केपछि उनले त्यहाँ कमाएको रकम आरोहणमा खर्च गर्न थाले । सन् २०१० को एकै वर्ष उनले अन्नपूर्ण (८०९१ मि), धौलागिरि (८१६७ मि), पाकिस्तानको नंगा पर्वत (८१२५ मि) र त्यहीँकै जी १ (८०६५ मि) गरी चार हिमालको सफल आरोहण गरेका थिए ।
विदेशी धेरैले अग्ला शिखर आरोहण गरेको रेकर्ड राखेका छन् । 'नेपालमै अग्लामध्ये अधिकांश हिमाल भएर पनि नेपालीका नाममा त्यस्तो रेकर्ड नहुँदा मलाई निकै दुःख लाग्यो,' शेर्पाले आरोहणमा जानुअघि भनेका थिए, 'त्यसैले एउटा नेपालीले पनि यस्तो कीर्तिमान कायम गर्न सक्छ भन्ने देखाउन आरोहणतिर लागेको हुँ ।'
मिग्माका अरू दुई भाइ पनि आरोही छन् । भाइ छाङदावाले पनि दाजुलाई पछ्याउँदै विश्वका अग्ला ८ हिमाल आरोहण गरिसकेका छन् । कंचनजंघा आरोहणमा पनि यी दाजुभाइसँगै छन् ।
Read More
पोल ढल्दा वालिकाको मृत्यु
संखुवासभा ३१ बैशाख
मक्किएको विजुलीको पोल ढल्दा संखुवासभाको चैनपुर गाबिस ९ डाागी गााउमा एक बालिकाको मृत्यु भएको छ । घर नजिकै रहेको विजुलीको पोल ढलेर करेन्ट लाग्दा चैनपुर गाबिस ९ डाागी गााउ सिम्लेका १२ वर्षिया मनमाया वयलकोटीको शनिबार विहान घटनास्थलमै मृत्यु भएको हो ।
केहि दिन अघिवाट परिरहेको झरीले काठवाट लगिएको विजुलीको पोल मक्किएर ढलेको र करेन्टले वयलकोटीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । मृतकको सव पोष्टमार्टमका लागि चैनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको छ ।
Read More
प्रहरी जवानलाई बहुविवाह मुद्धा
संखुवासभा, ३१ बैशाख – घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेका एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले बहुविवाह मुद्धा चलाएको छ ।
भोजपुर जिल्ला घर भएर संखुवासभाको सित्तलपाटी प्रहरी चौकीमा कार्यारत २४ बर्षिय मानबहादुर भुजेललाई बहुविवाह मुद्धा चलाईएको प्रहरी नायव उपरिक्षक शेखर कोईरालाले बताउनु भयो । प्रहरी जवान मानबहादुरले सित्तलपाटी गाविस २ की सोभा भुजेल संग १५ दिन अघि द्रोस्रो विवाह गरेका थिए ।
प्रहरी जवान मानबबहादुरको यहाँ भन्दा ७ बर्ष अघि पहिलो विवाह भएको थियो । मानबहादुरका १ छोरा र १ छोरी छन् । द्रोस्रो विवाह गरेको थाहा पाएपछि उनीकी जेठी पत्नी सृजनाले आफ्ना पतिलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालय संखुवासभामा निवेदन दिएकी थिईन ।
पत्नीले दिएको निवेदनलाई आधार मान्दै प्रहरी जवानलाई निलम्वन गरेर बहुविवाह मुद्धा चलाईएको प्रहरी नायव उपरिक्षक शेखर कोईरालाले बताउनु भयो । । बहुविवाह गरेका व्यक्तिलाई ३ देखि ५ बर्ष सम्म कैद सजाय हुने कानुनी प्राव्धान छ ।
Read More
लिम्बुवान बिरोधमा अत्रिने
संखुवासभा, ३१ बैशाख –
संघिय लिम्बुवान राज्य परिषद संखुवासभाले आगामी जेठ १४ गते संबिधान जारी नभए आफुहरु विरोधमा अत्रिने वताएको छ । संघिय लिम्बुवान राज्य परिषदका केन्द्रिय सदस्य सुमन मादेनद्वारा शनिबार जारी विज्ञप्तीमा संबिधानको म्याद थप्न खोजीएमा सोको बिरोध गर्ने उल्लेख गरिएको छ ।
लिम्बुवानी जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्दै आफ्नै डमी संविधान जारी गर्ने उनीहरुले चेतावनी दिएका छन । यसैबिच, सुमन याम्फु, नैनसि याम्फु, तुलसी खम्बु, टिकाराम घले, संजय राई र गणेश सावालाई जिल्ला सदस्यमा मनोनीत गरीएको समेत बिज्ञप्तीमा जनाईएको छ ।
...............................
सगरमाथा आरोहण
संखुवासभा, ३१ बैशाख –
संखुवासभाको हटिया गाविस २ का लाक्पा भोटेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन । उनले शनिबार विहान साढे चार बजे आधार शिविरबाट सगरमाथाको सफल आरोहण गर्नु भएको सगरमाथा आधार शिवरबाट पासाङ्ग भोटेले जानकारी दिए ।
आफ्नो जीवनमा पहिलो पटक सगरमाथाको आरोहण गरेका लाक्पा भोटेले करीव १० मिने सगरमाथाको शिखरमा बिताएका थिए ।
Read More
खोलामा डुवेर २ को मृत्यु
संखुवासभा ३१ बैशाख
संखुवासभा र भोजपुर जिल्लाको सिमानामा पर्ने अरुण नदीको लम्सुवाघाटमा शनिबार दिउसो २ बालिकाको डुबेर मृत्यु भएको छ ।
भोजपुर केउरेनीपानी ३ घर भएका मानप्रसाद राईकी १० बर्षिय छोरी सुन्तली राई र खेमराज अधिकारीकी ११ बर्षिय छोरी रञ्जना अधिकारीको गोठालो गएको अवस्थामा पौडी खेल्ने क्रममा दिउसो ४ बजे डुबेर मृत्यू भएको हो । मृत्यु भएकी बालिका मध्ये सुन्तली रार्इृ को शब फेलापरीसकेको छ भने अर्की बालीका रञ्जना अधिकारी अझै बेपत्ता रहेको स्थानीयबासिन्दा अर्जुन अधिकारीले वताउनु भयो । उनको खोजी गर्न स्थानीयवासिन्दा र संखुवासभाको तुम्लिङटारका प्रहरी खटिएका छन ।
Read More
'कोइली चरी' गायनमै व्यस्त
पूर्वका लोकभाकाहरू संकलन गर्दै गायनमा व्यस्त पुस्तका खड्कालाई 'कोइली चरी' उपमाले सम्मान गरिएको छ। सुरिलो स्वरकी धनी खड्कालाई संखुवासभाको योगमाया प्रतिष्ठानले कोइली चरी उपाधि दिएको हो। गायिका खड्काका ३१ वटा गीति तथा भिडियो एल्बम बजारमा आइसकेका छन्।
Read More
दुघ{टनामा १ को मृत्यु
१० वैशाख
संखुवासभाको सदरमुकाम खा“दबारीबाट छ्याङकुटी तफ{ जादै गरेको जीप अरुण थान भन्ने ठाउमा दुघ{टना हुदा“ १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुघ{टनामा परि ७ जना गम्भिर घाईते भएका छन ।
गएराती १ वजे तिर अरुण थाानबाट छ्याङकुटी जादै गरेको को १ च ३२३६ नम्बरको जीप एक्कासी भिरबाट करिव २५ मिटर तल खस्दा संखुवासभा हटिया गाविस ७ का प्रबिण गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि गम्भिर घाईते भएका सातै जनाको जिल्ला अस्पताल खादबारीमा उपचार भईरहेको छ ।
Read More
साल्पा (भोजपुर), ९ बैशाख — पूर्वी पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ र सोलुखुम्वु जिल्लाको संगम स्थल मानिने भोजपुरको दोभाने गाविस ८ मा रहेको प्रशिद्ध तिर्थस्थल साल्पापोखरीमा आयोजित साल्पा — शिलिचोङ महोत्सव सकिएको छ ।
Read More
निशुल्क पाठेघरको शल्याक्रिया शिविर खाँदबारीमा सुरु
संखुवासभा÷बैशाख, ९
संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा आज देखि पाठेघर खसेका महिलाहरुको निशुल्क शल्याक्रिया शिविर सुरु भएको छ ।
आजबाट सुरु हुने शिविर सञ्चानका लागि काठमाण्डौ विनयक अस्पतालबाट सुरेन्द्र कर्णको टोलीले शिविर आज विहान ७ बजेबाट सुरु गरेको टोली संयोजक सुरेन्द्र कर्णले बताउनु भयो ।
टोलीमा स्त्री रोग विशेषज्ञ डा. दुर्गा खतिवडा, सर्जन धमेन्द्र सिंह र मेडिकल अधिकृत मुस्कान श्रेष्ठ लगायतका ३२ जना टोलीमा रहेका छन् ।
शिविर सञ्चालनका लागि जिल्लाका ११ वटा गाविसमा पाठेघर खसेका रोगी महिलाहरुको तथ्याङ्क लिइ सकेको जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाका डा. विष्णुबहादुर बस्नेतले बताउनु भयो ।
शिविरमा संखुवासभा जिल्लाका सबै गाविस र छिमेकी जिल्ला भोजपुरका दर्जन बढी गाविसका पिडितहरुले प्रत्यक्ष लाभ लिने डा. बस्नेतले बताउनु भयो ।
डा.बस्नेतका अनुसार हिमाली जिल्ला सोलुखम्बु विरामीलाई रु. १५ सय, भोजपुर
जिल्लाका विरामलाई रु. १ हजार र संखुवासभाका लागि रु. ७ सय ५० बाटो खर्च
बापत दिईने डा. बस्नेतले बताउनु भयो ।
शिविर बैशाख ९ गते देखि १८ गतेसम्म सञ्चालन हुने छ ।
Read More
२०६८ साललाई शान्तिवर्ष घोषणा
8 baishakhशान्ति, द्वन्द्व व्यवस्थापन र संविधान निर्माणका लागि २०६८ साललाई संखुवासभामा आज शान्ति बर्ष घोषणा गरिएको छ । नेपाल पत्रकार महासंघ संखुवासभा, मानव अधिकारको क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), काहुराष्ट नेपाल, गैर सरकारी संस्था महासंघ, नेपाल ग्रामिण पून निर्माण संस्था –आरआरएन) र स्थानीय शान्ति समितिले संयुक्त रुपमा शान्ति बर्ष घोषणा गरेका हुन् ।
Read More
संखुवासभा ८ वैशाख
संखुवासभा जिल्लामा १२२ औ विश्व मजदुर दिवस मनाउन जिल्लाका सबै तहका मजदुरहरु तयारीमा जुट्न थालेका छन् ।
बैशाख १८ गते तदनुसार मे १ तरिकमा गत बर्ष झै विश्व मजदुर दिवस सफल बनाउन मजदुरहरु तयारीमा लागेको जिल्ला टे«ड युनियनका जिल्ला अध्यक्ष लिला लुम्लुमा राईले जानकारी दिनु भयो ।
Read More
संखुवासभा ८ वैशाख निशुल्क पाठेघरको शल्याक्रिया शिविर खाँदबारीमा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा भोली देखि पाठेघर खसेका महिलाहरुको निशुल्क शल्याक्रिया शिविर बस्ने भएको छ ।
Read More
Gary Kirsten to be South Africa new coach?
After guiding the Indian team to the coveted World Cup title after a gap of 28 years in his final assignment as coach, Gary Kirsten may be seen in the same avatar with his native South Africa. Talking to BBC Radio 5, Kirsten said he has been approached by Cricket South Africa to take over as coach from Corrie Van Zyl in June but is yet to take a decision.
Read More