विशेष सुरक्षा सतर्कता

काठमाडौ, आश्विन १४ - नजिकिएको दसैंमा आपराधिक घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउन सुरु गरेको छ । नियमितरूपमा गरिने ड्युटी र चेकिङलाई बढाएर नेपाल प्रहरीले देशभर सुरक्षा बढाएको हो ।

प्रहरी मुख्यालयका अनुसार काठमाडौंभित्र र बाहिर अन्य समयमा भन्दा बढी समय ड्युटी गर्ने, आपराधिक गतिविधि हुने स्थानमा बढी प्रहरी निगरानी बढाइएको छ । दसंैमा घर डेरा छाडेर धेरै व्यक्तिहरू घर जाने भएकाले त्यस्ता घर र डेरा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले बताए ।

दसंै-तिहारको समयमा चोरी र लुटपाटका घटना बढी हुने गर्छन् । उनका अनुसार महानगरीय प्रहरी आयुक्तको कार्यालय, प्रहरीका एक र दुई नम्बर गण र विशेष प्रहरी मुख्यालयको विशेष कार्यदलबाट थप प्रहरी काठमाडौंको सुरक्षाका लागि आएका छन् । आयुक्तको कार्यालयले १ सय ६० जना प्रहरी खटाइदिएको छ ।

'विशेष कार्यदल र गणबाट आएको प्रहरीले शंकास्पद स्थानमा स्थानीय प्रहरीसँग मिलेर ड्युटी गर्छ' एसपी श्रेष्ठले भने, 'सर्वसाधारणलाई निधक्र्कका साथ चाडबाड मनाउने वातावरण बनाउन प्रहरी तयार छ ।' उनले घर छाडेर जाने बेलामा छिमेकी वा स्थानीय प्रहरीलाई खबर गरेर जान सुझाएका छन् । 'प्रहरीले कोही नभएको घरमा चहलपहल देख्यो भने अनुसन्धान गरेर सामान लुटिन र चोरिनबाट जोगाउन मदत गर्छ ।' 

उनले सर्वसाधारणको भीडभाड हुने स्थानमा चोरी र लुटपाट हुने भएकाले त्यस्ता स्थानमा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए । 'व्यापारिक केन्द्रहरूमा आपराधिक घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ,' उनले भने ।

काठमाडौं प्रहरीले राजधानीको सुरक्षाका लागि ४२ वटा कन्ट्रोल रुम भेइकल -सीआरभी) परिचालन गरेको छ । पिकेट ५७ र १८ वटा मोटरसाइकल गस्ती गरिरहेको छ । एसपी श्रेष्ठले ६२ स्थानमा रात्रि चेकिङ भइरहेको जानकारी

दिए । ३५ वटा साइकलले काठमाडौंको भित्री क्षेत्रको गस्ती गर्नेछन् । ९ स्थानमा हातहतियारसहितको चेकिङ ड्युटी तैनाथ गरिएको छ । भक्तपुर र ललितपुरले पनि दसंैलाई ध्यानमा राखेर सुरक्षा गस्ती बढाएका छन् ।

काठमाडौं बाहिरका जिल्लामा समेत नेपाल प्रहरीले सुरक्षा सतर्कता कडा बनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले लुटपाट हुनसक्ने बसपार्क र राजमार्गको सुरक्षामा बढी ध्यान दिइएको बताए । उनले देशभर राजमार्गमा ५०/५० किलोमिटरको फरकमा प्रहरीको गाडी राखिएको बताए । 'ती गाडीले भाडाका सवारीसाधनको स्कर्टिङ गर्छन्,' सिंहले भने, 'ती बाहेक पनि सादा पोसाकमा विभिन्न स्थानमा प्रहरी खटाइएको छ ।'

प्रहरीले सार्वजनिक यातायात चढेर दसंै मनाउन जानेको सुरक्षाका लागि विभिन्न स्थानबाट सादा पोसाकमा प्रहरी खटाएको छ । 'सादा पोसाकमा पेस्तोल बोकेका प्रहरी यात्रुका रूपमा बसमा चढ्नेछन्, कसैले गलत हर्कत गर्न खोजे उसलाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।'

प्रहरीले यातायात व्यवसायीसँग समेत समन्वय गरेर यात्रुको सुरक्षा गर्ने जनाएको छ । बसमा टिकट काट्न आउने ३ भन्दा बढीलाई एउटै टिकट नदिन व्यवसायीलाई सुझाएको छ । 'यात्रुको भेषमा गाडी चढेकाहरू नै लुटेरा हुन सक्छन््,' डीआईजी सिंहले भने ।

उनले नियमितमा भन्दा बढी प्रहरी ड्युटीमा खटिने बताए । दसंैका लागि थप जनशक्ति आपूर्ति गर्न नसकिने भएकाले दसैं तिनै प्रहरीले थप समय ड्युटी गर्ने बताए । '८ देखि १२ घन्टा ड्युटी गर्नेले १६ घन्टा  ड्युटी गर्नेछ,' सिंहले भने, 'आलोपाले गरेर २४ सै घन्टा प्रहरी सुरक्षा उपलब्ध गराउन तयार रहनेछ ।' केन्द्रीय प्रवक्ता सिंहले बहुमूल्य गरगहना घरमा राखेर नहिंड्न सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०६८ आश्विन १४ ०८:४९
Other Stories
काठमाडौं, फाल्गुन ७ - परम्पराकैरुपमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक मनाइएन । प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकियो ।'सरकारले आवश्यकता नठानेकाले नमनाएको हो,' गृहका एक अधिकारीले भने । २००७ सालको क्रान्तिलाई बिर्सन खोजेको ती सरकारी अधिकारीको बुझाइ छ ।त्यसो त प्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्तिको प्रतीक मानिने सहिदगेट गएका थिएनन् ।

Read More




काठमाडौं, फाल्गुन ७ - प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी कांग्रेसले आक्रोस व्यक्त गरेको छ । उसले सरकारप्रति कडा टिप्पणी गर्दै ऐतिहासिक दिवसहरूलाई समाप्त गर्ने दुष्साहस नगर्न सचेत गराएको छ ।'वर्तमान सरकार प्रजातन्त्रका प्रति इमान्दार नरहेको, प्रजातन्त्रविरोधी र निरंकुश चरित्रको रहेको स्पष्ट भएको छ,' मुख्य सचिव वसन्तकुमार गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेस सरकारको यस किसिमको व्यवहारको भर्त्सना गर्दछ र भविष्यमा यस किसिमका मुलुकका ऐतिहासिक दिवसलाई समाप्त गर्ने दुष्साहस नगर्न एनेकपा (माओवादी) नेतृत्वको सरकारलाई सचेत गर्दछ ।'

Read More




राजविराज, फाल्गुन ५ - अज्ञात ब्यक्तिहरुको समूहले सप्तरीको त्रिकौल गाविस ३ स्थित दुधमति पुल निर्माणका लागि ठेकेदार कम्पनीले ल्याएको स्काईभेटर सहित चारवटा घरमा शुक्रवार बिहान आगजनी गरेको छ ।पुल निर्माणकालागि ठेकेदार कम्पनी लुम्बिनी जेपी कन्स्ट्रक्सन प्रालिले ल्याएको एक थान स्काईभेटर, कामदारकालागि बनाईएको ४ वटा घर र घरमा राखिएको ६ सय बोरा सिमेन्ट सहितका अन्य निर्माण सामग्रीहरुले आगजनीमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Read More




धनकुटा, फाल्गुन ५ -पुर्व सांसदहरुले सर्वोच्च अदालतले तोकेको समयसिमाभित्र संविधान निर्माण गर्न जोड दिएका छन् । पूर्व सांसद मञ्च नेपालले विहीवार सदरमुकाममा आयोजना गरेको पत्रकार भेलामा उक्त कुरा बताएका हुन् । राज्य पुनसंरचना र शासन प्रणाली विषयक मेची महाकाली अभियानका क्रममा पुगेका मञ्चका पदाधिकारीहरुले अन्तरीमकालिन अवस्थाबाट मुक्त गरी शान्ति र संविधानको लागि दलहरु गम्भीर बन्न समेत आग्रह गरेका छन् । 

Read More




धादिङ, फाल्गुन ४ - देशका विभिन्न भागमा बर्ड फ्लु देखापरिरहेको बेला धादिङ जिल्लामा पनि एउटै क्षेत्रमा २० हजार कुखुरा मरेपछि स्थानीय कुखुरा पालक किसान त्रसित भएका छन् ।जिल्लाको नौबीसे १ को धार्के क्षेत्रमा मात्र २० हजारभन्दा बढी कुखुरा मरेको किसानले बताएका छन् । विभिन्न कुखुरार्फममा पालिएका कुखुरामा एकैपटक देखिएको रोग भने अझै पहिचान हुन सकेको छैन । जिल्ला पशुसेवा कार्यालय धादिङका पशु विकास अधिकृत डा. शिवजी प्रसाद दासका अनुसार नौबीसेमा रहेका स्थानीय कुखुरार्फममा केही दिन यता कखुरा मर्ने क्रम बढ्दै गएको छ ।

Read More




धादिङ, फाल्गुन ४ - देशका विभिन्न भागमा बर्ड फ्लु देखापरिरहेको बेला धादिङ जिल्लामा पनि एउटै क्षेत्रमा २० हजार कुखुरा मरेपछि स्थानीय कुखुरा पालक किसान त्रसित भएका छन् ।जिल्लाको नौबीसे १ को धार्के क्षेत्रमा मात्र २० हजारभन्दा बढी कुखुरा मरेको किसानले बताएका छन् । विभिन्न कुखुरार्फममा पालिएका कुखुरामा एकैपटक देखिएको रोग भने अझै पहिचान हुन सकेको छैन । जिल्ला पशुसेवा कार्यालय धादिङका पशु विकास अधिकृत डा. शिवजी प्रसाद दासका अनुसार नौबीसेमा रहेका स्थानीय कुखुरार्फममा केही दिन यता कखुरा मर्ने क्रम बढ्दै गएको छ ।

Read More




वरगाछी (विराटनगर), फाल्गुन ४ - मोरङको नोचास्थित प्रहरी चौकीका प्रमुखको हराएको पेस्तोल पाँच दिनपछि सीमापारि भारतमा फेला परेको छ । प्रहरी चौकीका प्रमुख सहायक निरीक्षक अशोक लिम्बुले गएको शनिबार राति साथमा बोकेको आठ गोलीसहितको म्याग्जिन भएको सरकारी पेस्तोल हराएका थिए ।पेस्तोल हराएदेखि लिम्बु मोरङ प्रहरीको हिरासतमा छन् । प्रहरीले बुधबार भारतबाट सो पेस्तोल ल्याएको छ ।

Read More




म्याग्दी, फाल्गुन ३ - यातायात व्यवसायीले गरेको अनिश्चियत धौलागिरि यातायात बन्दले मुक्तिनाथ दर्शन गरी फर्केका भारतीय पर्यटक गलेश्वरमा अलपत्र परेका छन् ।बन्दका कारण मंगलबारदेखि सदरमुकामबाट ३ किलोमिटर उत्तरमा अवस्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वरमा सुरु भएको ज्ञानमहायज्ञ तथा महाशिवरात्रि महोत्सव पनि प्रभावित बनेको छ ।'यातायात व्यवसायीको बन्दले मुक्तिनाथ दर्शन गरी फर्केका १० जना भारतीय तीर्थयात्री यहाँ अलपत्र परेकाले हामीले खाने बस्ने व्यवस्था गराएका छौं ।

Read More




काठमाडौं, फाल्गुन ३ - कांग्रेसले सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धि कानुनविरुद्ध सत्तारुढ माओवादी उत्रेकोमा आपत्ति जनाएको छ । कांग्रेसले परिमार्जनसहित ती कानुन पास गर्न भनेको छ ।सरकारबाट प्रस्तुत गम्भीर प्रकृतिका अपराध निवारणका लागि अन्तर्राष्ट्रिय महत्त्वसमेत रहेको विधेयकप्रति सरकारको नेतृत्व गरेको माओवादी भित्रबाट विधेयकविरु आवाज उठाउने, संसद बहिस्कार गर्ने जस्ता आपत्तिजनक कार्य भएको कांग्रेस ठहर छ ।

Read More




कैलाली (अत्तरिया), फाल्गुन २ -  कर्मचारीको रुपमा कार्यरत रहँदा पत्रिका सञ्चालकको यौन शोषणमा परेर छोरी जन्माएकी कैलाली टीकापुरकी निशा रावलले न्याय पाएकी छन् । जिल्ला अदालत कैलालीले आइतबार निशाका पक्षमा फैसला गरेको हो ।पीडित निशाले टीकापुर टाइम्सका प्रकाशक/सम्पादक कर्ण कुँवरसँगको नाता कायम गरीपाऊ भनी २०६७ मङ्सिर २२ गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । अविवाहित अवस्थामा शल्यक्रियाबाट छोरी जन्माएकी निशाले साढे ७ महिनापछि छोरी आञ्चल कुँवरको जन्म दर्ता हुने भएपछि ढिलै भए पनि न्याय पाएकोमा आफू खुसी भएको बताइन् ।

Read More




कावासोती, फाल्गुन २ -  जिल्ला अदालत नवलपरासीले विभिन्न मुद्दाको फैसला गर्दा लगाएको झन्डै रु ६ करोड जरिवाना असुल हुनसकेका छैन । अदालतले फैसला गरे पनि अभियुक्तहरुले जरिवाना नतिर्ने र सम्बन्धित सरोकारवाला निकायले पनि सहयोग नगर्दा जरिवाना रकम असुल हुन नसकेको हो । अदालत स्थापनाकालदेखिकै केही जरिवाना असुल नभएको र हाल पनि जरिवाना असुल गर्ने अदालतसँग छुट्टै संयन्त्र नहुँदा  जरिवाना रकम असुल हुन नसकेको अदालतका तहसिलदार डिल्लीराम शर्मा अर्यालले बताए । 

Read More




धनकुटा, फाल्गुन १ - प्रधानमन्त्री उपस्थित कार्यक्रममा समाचार संकलनमा गएका सञ्चारकर्मीलाई दुई साता अघि प्रशासनले ज्यादति गर्दै बन्धक बनाएको घटनाबाट उत्पन्न विवाद प्रमुख जिल्ला अधिकारी खड्गबहादुर चापागाईंले क्षमायाचना गरेपछि टुंगिएको छ ।१ सय ४० सूचना बन्देज गर्ने सरकारी तत्कालीन निर्णयप्रति कालो पट्टी बाँधेर सांकेतिक विरोध गर्दै समाचार संकलनका क्रममा पुगेका पत्रकारलाई प्रशासनको निर्देशनमा बन्धक बनाइएको थियो । घटनापछि पत्रकारले प्रशासनले क्षमायाचना गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी उपस्थित कार्यक्रम बहिष्कार गर्दै आएका थिए ।

Read More




उदयपुर, फाल्गुन १ - सिराहाको बिसनपुरकट्टीबाट उदयपुरको नेपालटार जन्ती बोकेर जाँदै गरेको जिप सोमबार दिउँसो उदयपुरको त्रियुगा नगरपालिका- १३ मा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।बेहुला क्षेत्रबहादुर थापालाई लिएर उदयपुरको नेपालटार बेहुली लिन जाँदै गरेको ज१च ३७६ नम्बरको जिप दुर्घटना हुँदा त्रियुगा नगरपालिका- १३ की ३० वर्षीया दिलमाया बानियाँको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १५ जन्ती घाइते भएको जिल्ला प्रहरी कार्यलाय उदयपुरका प्रहरी निरीक्षक खग्रेन्द्रबहादुर खडकाले बताए ।

Read More




काठमाडौ, फाल्गुन १ - प्रहरीले कडाई गरेको भन्दै तातोपानीका युवाहरुले सीमा क्षेत्रको राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । तस्करी नियन्त्रण र ट्राफिक नियम पालना गराउने नाममा सीमा प्रहरीका निरीक्षक विश्व कार्कीले आफूहरुलाई बढी कडाई गरेको भन्दै स्थानीय केही युवाहरुले हिजो मध्यान्ह देखिनै प्रहरी विरुद्ध नारा लगाएर यातायात अवरुद्ध गरेका हुन् ।यातायात अवरुद्ध हुँदा नेपाल-चीनको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट हुने आयात निर्यातका सयौं कन्टेनर बाटैमा अलपत्र परेका छन् । प्रदर्शनकारीले सीमा प्रहरी चौकी लार्चा नजिकै कन्टेनर तेस्र्याएर अवरुद्ध पुर्‍याएका छन् । उनीहरुले प्निरीक्षक कार्कीको सरुवाको माग गरेका छन् ।

Read More




विराटनगर (वरगाछी), फाल्गुन १ - मोरङ कटहरी– ९ नयाँ बजारस्थित सुनिल देवको एक बिघा १३ कठ्ठा जग्गा एकीकृत नेकपा (माओवादी)ले कब्जा गरेको छ ।माओवादी सभासद् बाबुलाल पासवानको नेतृत्वमा गएको एमाओवादी कार्यकर्ताले शनिबार झन्डा गाडेर जग्गा कब्जामा लिएका हुन् । चार दिनअघि त्यस जग्गामा बसोवास गर्दै आएका सुकुम्बासीको घर प्रशासनले भत्काएपछि माओवादीले सुकुम्बासीको व्यवस्थापन नगरी घर भत्काएको भन्दै जग्गा कब्जामा लिएको स्थानीयवासीले बताएका छन् ।


Read More




भद्रपुर । इलामको चुलाचुलीस्थित प्रथम डिभिजनका स्वैच्छिक अवकाश रोजेका लडाकुहरूले परिचयपत्र र चेक खोसेको विरोधमा आइतवार झापाको दमकमा दुई घन्टा चक्काजाम गरेका छन् ।मध्याह्न १२:०० बजे सुरु भएको चक्काजाम करिब २:०० बजे शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । स्वैच्छिक अवकाश रोजेका ३३१ जना लडाकुको कमाण्डरले चेक खोसेको परिचयपत्र र चेक फिर्ता हुनुपर्ने माग गरेका छन् ।

Read More




जाजरकोट, माघ २९ - जाजरकोटमा एक सुत्केरीको आइतबार बाटोमै मृत्यु भएको छ । पैक -२, मेलमिसाउकी ३८ वर्षीया मैसरा शाहको अस्पतालतर्फ लैजाँदै गर्दा ढीमे -९, नारे गाउँमा मृत्यु भएको हो ।सुत्केरी ब्यथाबाट पिडित शाहलाई इलाका स्वास्थ्य चौकी घरंगाले मिसन अस्पताल चौरजहारी रिफर गरेपछि त्यस तर्फ लाँदै गर्दा बाटामै मृत्यु भएको स्थानीय उज्याल गिरीले बताए ।  स्वास्थ्य शिक्षा सम्बन्धि चेतना तथा सुविधा सम्पन्न अस्पतालसागको पहुाचको अभावले जिल्लामा यो बर्ष डेढ दर्जन सुत्केरी महिलाको मृत्यु भइसकेको छ ।

Read More




इलाम , माघ २९ - बर्डफ्लु हल्लाले कुखुरा बिक्री घटेको कुखुरा पालक कृषकले गुनासो गरेका छन् । कृषकले बजार क्षेत्रमा कुखुराको मासु बिक्री वितरण सहज हुनुपर्ने माग गरेका छन् । कुखुरापालक कृषकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सहभागीलाई कुखुराको मासु खुवाए ।बर्डफ्लु रोग नलागेको क्षेत्रमा रहेका कुखुरा निर्बाध रूपमा खाँदा कुनै असर नहुने पशु चिकित्सकको सुझाव छ । पाँचथर सीमावर्ती घुर्विसे पञ्चमी बजारमा बर्डफ्लु देखिएपछि जिज्लाका अन्यत्र क्षेत्रमा पनि कुखुराको किनबेच घटेको छ ।


Read More




माओवादीलाई केले रोक्योः उपेन्द्र यादव माओवादीलाई केले रोक्योः उपेन्द्र यादव
विराटनगर, माघ २८ - मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी आफैंले सरकारको नेतृत्व गरे पनि शान्ति प्रक्रिया, राज्य पुनर्संरचना र संविधानको कामले गति लिन नसक्नु षडयन्त्र रहेको आरोप लगाएका छन् । पार्टीको तेस्रो मोरङ जिल्ला अधिवेशनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै उनले भने, 'अहिले माओवादीले सरकारको नेतृत्व गरेको छ, नेपाली सेना उसैको मातहत छ, मधेसी मोर्चाको साथ छ, हतियार भएका लडाकु पनि उसैसँग छ, तैपनि शान्ति प्रक्रियाले गति नलिनु षडयन्त्र छ ।'

Read More




काभ्रे, माघ २८ - काठमाडौ‌बाट धुलीखेलतर्फ गइरहेको बा२ख १३०५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । अरनिको राजमार्गको भैंसेपाटीमा उक्त बस दुर्घटना हुँदा बस चालकसिहत ३० जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख धनबहादुर श्रेष्ठका अनुसार यात्रुको अत्यधिक चाप र तीव्र गतिका कारण बस दुर्घटना भएको हो ।

Read More




काठमाडौं, आश्विन १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले कात्तिक ४ गतेदेखि भारत भ्रमण गर्ने भएका छन् । उनले न्यूयोर्कमा भएको राष्ट्रसंघ महासभाबाट फर्केपछि भारत भ्रमण गर्ने यसअघि नै जानकारी दिएका छन् ।
Read More




काठमाडौ, आश्विन १४ - आगामी चार वर्षलाई औद्योगिक शान्ति वर्षका रूपमा मनाउने सहमति सहित लामो समयदेखि विवादमा रहेको न्यूनतम पारिश्रमिक विवाद शुक्रबार सुल्झिएको छ । श्रममन्त्रीको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराई अध्यक्ष रहेको श्रम सल्लाहकार समितिको बैठकले श्रमिकको सामाजिक सुरक्षा सहित चार वर्षसम्म औद्योगिक हडताल नगर्ने सहमति गरेको हो । यस समितिमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधि सदस्य रहन्छन् ।
Read More




काठमाडौ, आश्विन १३ - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६८/६९को पहिलो महिनाको देशको आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ ।
Read More




ललितपुर, आश्विन १३ - प्रशासनको बजार अनुगमन टोलीले ललितपुरको बडिखेलस्थित तीनवटा खानेपानीको जार उद्योगमा विक्री वितरण रोकी सिलबन्दी गरेको छ । गुणस्तर परिक्षण र अनुमतिबिना उद्योग सञ्चालन भएको उजुरी परेपछि प्रशासनले शुक्रवार आधा दर्जन उद्योगमा छापा मारेको थियो ।
Read More




काठमाडौ, आश्विन १३ - दशैं बिदाको अवधिमा हुन सक्ने मानवअधिकार हनन विरुद्धको उजुरी लिन र आवश्यकता अनुसार अनुगमन गर्न दशैं बिदाका सबै दिन मध्याह्न १२ देखि २ बजेसम्म राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू खुला रहने भएका छन् ।
Read More




काठमाडौं, असोज १२ - गैरकानुनी थुनामा रहेकालाई न्यायिक सेवा दिन यस वर्षदेखि दसैंमा जिल्ला अदालत पनि खुला रहने भएको छ
Read More




काठमाडौं, असोज १२- फोरम लोकतान्त्रिकका अध्यक्ष तथा गृह मन्त्री विजयकुमार गच्छदारले रक्षा मन्त्री शरदसिंह भण्डारीको अभिव्यक्तिमा भाषागत र प्रस्तुति त्रुटिपूर्ण भएको बताएका छन्। उनले मन्त्री भण्डारीको मूल आसय राष्ट्र विखण्डनकारी नभएको प्रष्टीकरण पनि दिए। 
Read More




परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणको तयारी सुरु गरेको छ । न्यूयोर्कमा भारतीय प्रधानमन्त्रीले दिएको निम्तो मान्न भारत भ्रमण गर्न लागेपनि मिति तय भइसकेको छैन ।
Read More




काठमाडौ, आश्विन ११ - बैंकिङ क्षेत्रमा हालसम्मकै ठूलो अनियमिततामा संलग्न रहेको अभियोग लागेका योगेन्द्रप्रसाद श्रेष्ठ बुधबार पक्राउ परेका छन् । उनले २ अर्ब ६६ करोड २३ लाख रुपैयाँ अपचलन गरेको राष्ट्र बैंकको अनुसन्धानले देखाएको थियो ।
Read More




बाटैबाट फर्कियो सशस्त्रको टोली-
 असोज ११- सम्पर्कविहिन भएको ताप्लेजुङका उत्तरी गाउँको अवस्था बुझ्न सदरमुकामबाट गएको सशस्त्र प्रहरीको ११ जनाको टोली सो ठाउँ पुग्न नसकेर बीचबाटै बाट फर्किएको छ। यो टोली पनि फर्किएपछि उत्तरी गाउ घुन्सा, याङ्गमा, फले र ओलाङ्गचुङ्गगोला भूकम्प गएको ११ औं दिनसम्म पनि सम्पर्क बाहिर रहेका छन्

Read More




राजकीय भ्रमण गर्ने पहिलो नेपाली राष्ट्राध्यक्ष-
सुरेन्द्र पौडेल, काठमाडौं, असोज ११- राष्ट्रपति रामवरण यादवले असोज अन्तिम साता कतारको राजकीय भ्रमण गर्ने भएका छन्। कतारका अमिर सेख हमद विन खालिफा अल थानीको निमन्त्रणामा उनी त्यसतर्फ जाने अन्तिम तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

Read More




कास्की, आश्विन १० - स्वास्थ्य मन्त्री राजेन्द्र महतोले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन नयाँ स्वास्थ्य नीति ल्याउन लागेको बताएका छन् ।
Read More




आश्विन ११ - दस वर्षयता देशको जनसंख्या १५ प्रतिशतले बढेर २ करोड ६६ लाख पुगेको छ ।
Read More




काठमाडौं, आश्विन ९ - इस्लामी संघ, नेपालका महासचिव फैजान अहमदलाई सोमबार दिउँसो राजधानीको घण्टाघरमा अज्ञात समुहले गोली हानी हत्या गरेको छ । उनको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
Read More




काठमाडौं, आश्विन ९ - कांग्रेस सभापति सुशील कोइरालाले भ्रातृसंस्थाको विवाद मिलाउन आफ्ना सहयोगी मार्फत पहल थालेका छन । कोइरालाको आग्रहमा कांग्रेस केन्द्रीय सदस्य रामशरण महत र नरहरि
Read More




काठमाडौं, आश्विन ९ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार विभिन्न तीन घटनाले दिनभर तनावग्रस्त रह्यो । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि एउटै बाटो र रनवेको दूरी एक किलोमिटर टाढा पनि नरहेको विमानस्थलमा एकपछि अर्को घटना हुँदा दिनभर तनाव भएको हो ।
Read More




पर्वत, आश्विन ८ - पर्वतको रानीपानी गाविस -३ मा गाई मारेर खाएको अभियोगमा प्रहरीले आइतबार दिउँसो चार युवालाई पक्राउ गरेको छ ।
Read More




जाजरकोट , आश्विन ८ - जिल्लाको लहँ गाविसमा स्यालले टोकेर आधा दर्जन बढी घाइते भएका छन् । बौलाह स्यालले टोकेर शनिबार ८ जना घाइते भएका हुन् ।
Read More




विमान दुर्घट्नामा मारिनेको शव आफन्तलाई बुझाउने तयारी दुर्घट्नामा तीन चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु विमान दुर्घट्नामा मारिनेको शव आफन्तलाई बुझाउने तयारी दुर्घट्नामा तीन चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु
काठमाडौ, आश्विन ८ - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको एउटा विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको छ । उक्त १९०० डी बीचक्राफ्ट विमानमा सवार चालक दलका तीन सहित १९ जनाको मृत्यु भएको छ ।
Read More




:: गृहपृष्ठ » मुख्य समाचार » माओवादी र मोर्चाबीचको सहमति राष्ट्रघाती भएको पुष्टी गर: गुप्ता :: गृहपृष्ठ » मुख्य समाचार » माओवादी र मोर्चाबीचको सहमति राष्ट्रघाती भएको पुष्टी गर: गुप्ता
काठमाडौ, आश्विन ६ - सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमतिमा राष्ट्रघाती भएको पुष्टी गर्न चुनौती दिएका छन् ।
Read More




अछाम , आश्विन ६ - एमाले केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत भारत लाई विक्री गर्ने सम्झौतालाई राष्ट्र विरोधी कामको संज्ञा दिएका छन् ।
Read More




संवैधानिक अदालत भित्र्याउँदा जटिलता आउन सक्ने प्रधानन्यायाधीशको आशंका संवैधानिक अदालत भित्र्याउँदा जटिलता आउन सक्ने प्रधानन्यायाधीशको आशंका
आश्विन ६काठमाडौं, आश्विन ६ - प्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अदालतलाई एक्कासी भित्र्याउँदा साथै भित्रिने जटिलतातर्फ दूरदृष्टि पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
Read More




UCPN (Maoist) to fight 'till the last moment' for peace, constitution: Dahal UCPN (Maoist) to fight 'till the last moment' for peace, constitution: Dahal
Lalitpur, 25 marchUnified CPN (Maoist) chairman Pushpa Kamal Dahal on Thursday said his party will fight 'till the last moment' to ensure peace and constitution in the country.
Read More




IPL 2011 Tickets Online – Mumbai Indians, Kings XI Punjab, Delhi Daredevils IPL 2011 Tickets Online – Mumbai Indians, Kings XI Punjab, Delhi Daredevils
Bookmyshow are the exclusive ticketing partner for the Mumbai Indians and Kings XI Punjab. They are also the official online ticketing partner for Delhi Daredevils. Tickets for cricket matches involving these teams can be booked online on www.bookmyshow.com, and also through a
Read More




Weekly Poll
How do u feel this website?
Very good
Good
Not so good
      
test
fsdfasdf