रविन्द्र र मातृकाजस्ताले पार्टी छाडेकै राम्रोः गजुरेल

काठमाडौं, आश्विन १३ - माओवादी पोलिटब्यूरो सदस्य हरिवोल गजुरेलले माओवादीभित्र धेरै प्रदुषण भएकोले रविन्द्र श्रेष्ठ र मातृका यादवजस्ता ब्यक्तिहरु चोइटिएर गए पार्टीलाई फाइदा हुने बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता गजुरेलले पार्टीभित्रको अहिलेको विवादमा केही नेताहरु चोइटिएर जाने सम्भावना पनि औंल्याए । उनले भने, 'पार्टीभित्र धेरै प्रदुषण छ, मातृका र रविन्द्र जस्ताहरु अहिले पनि चोईटिएर जान सक्छन्, उनीहरु जानु पनि पर्छ यसले पार्टीलाई फाइदा नै गर्छ ।' यद्यपि उनले माओवादी भने कुनै पनि हालतमा नफुट्ने दावी गरे । उनले अहिले जारी संघर्षको वीचबाट पार्टी झनै एकीकृत हुने नफुट्ने ठोकुवा गरे ।

नेता गजुरेलले पार्टीभित्रबाटै विरोध भएको चार बुँदे सहमतिले मधेसी जनताको भावनालाई संवोधन गरेकोले त्यसको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । गजुरेलले मधेसी जनतालाई सेनामा प्रवेश गराएर समावेशी बनाउने कुराको देशभक्तहरुले विरोध नगर्ने समेत ठोकुवा गरे ।

उनले बाहिर विरोध भएको जस्तो सुपुर्दर्गी सन्धी, एयर मार्सल राख्ने जस्ता विषयहरु सम्झौतामा नभएको भन्दै सरकार निर्माणको आधार चार बुँदेसहमति खारेज भए वर्तमान सरकारनै ढल्ने बताए । उनले अहिलेको सरकारको विकल्प सहमतिको सरकार मात्रै भएको भन्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा मात्र चार बुँदे सम्झौता खारेज हुने स्पष्ट पारे ।

उनले पार्टीभित्र चार बुँदे सम्झौताको विषयमा छलफल भएको र त्यसमा तत्कालिन समयमा कसैको पनि विमति नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य खेमा वीच भएको धोविघाट सम्झौता खारेज भएपछि बैद्य समूहले विरोध गरेको दावी गरे ।

उनले अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालावीच सकारात्मक रुपमा कुराकानी भइसकेकोले दसैंभित्रमै महत्वपूर्ण सहमति बनेर शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

उनले संविधानसभाको म्याद आगामी मंसिर १४ गते पछि पुनः थप्ने विषयमा दलहरुवीच खासै विवाद नभएकोले म्याद फेरि थपिने विश्वास ब्यक्त गरे । गजुरेलले रक्षामन्त्री र उनको दलले विवादास्पद अभिब्यक्तिको विषयमा गल्ति स्वीकार गरेर आत्मालोचना गरिसकेकोले अब त्यसको विरोध गर्नुको कुनै औचित्य नभएको भन्दै सोही विषयलाई लिएर राजीनामाको कुरा उपयुक्त नहुने तर्क गरे । 

प्रकाशित मिति: २०६८ आश्विन १३ ०३:२४

Other Stories
काठमाडौं, फाल्गुन ७ - कान्तिपुर पब्लिकेसन्सले लोकतन्त्रप्रति समर्पित व्यक्तित्वहरुको सम्मानका लागि 'कान्तिपुर डेमोक्रेसी आईकन' घोषणा गरेको छ ।२० औं वार्षिकोत्सवको अवसरमा पब्लिकेसन्स परिसरमा आइतबार भएको विशेष कार्यक्रममा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैशाल सिरोहियाले २० लाख रुपैयाँको उक्त अवार्ड घोषणा गरेका हुन् । 'लोकतन्त्रका असली पर्याय भनेर नेताहरुले आफूलाई ठान्नुहुन्छ,' सिरोहियाले भने, 'तर लोकतन्त्रका लागि जीवन समर्पण गर्ने शहरदेखि गाउँ बस्तीसम्म छन्, उनीहरुको सम्मान कसले गर्ने ? अब हामी उहाँहरुलाई सम्मान गर्छौं ।'

Read More




ललितपुर, फाल्गुन ७ - पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याएर मात्रै संविधानका आधारभूत विषयमा सहमति र राष्ट्रिय सरकारको गृहकार्य गर्नुपर्ने बताएका छन् ।सेना समायोजनबाट शान्ति प्रक्रिया टुंग्याइ शिविरहरू खाली गरेपछि मात्रै राष्ट्रिय सहमतिको सरकार र संविधानका सहमतिका विवाद छिनोफानो गर्नु उचित हुने उनले बताए ।उनले शैक्षिक योग्यता, विवाहको सवाल र उमेर बाहेकका विषयमा छुट हुन नसक्ने स्पष्ट पारे ।

Read More




काठमाडौं, फाल्गुन ६ - नेपाली सेनाले समायोजन प्रक्रियामा माओवादी लडाकुहरूलाई सेनानीदेखि सहायक सेनानीसम्मका अधिकृतको दरबन्दी छुट्याइएको भन्ने समाचारको खण्डन गरेको छ ।‘विशेष समितिको सिफारिसमा नेपाल सरकार मार्फत समायोजन हुन आउने लडाकुहरूले छुट दिइएका विषयहरूका अलावा अन्य छनोट प्रक्रिया स्थापित माप दण्डमा आधारित परीक्षा उत्तीर्ण भए पश्चात् बढीमा अधिकतम् सेनानीसम्मबाट तलका विभिन्न दर्जामा समायोजन हुन सक्नेछन्,’ सैनिक जनसम्पर्क निर्देशनालयको शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ उक्त संख्या शून्यदेखि बढीमा केही निश्चित संख्यासम्म हुन आउन सक्छ ।’

Read More




कावासोती, फाल्गुन ६ - कांग्रेसका उपसभापति एवम् प्रमुख विपक्षी दलका नेता रामचन्द्र पौडेलले माओवादीले जातीय राज्यको बीउ रोप्दै हिँडेकाले अहिले समस्या भएको बताएका छन् ।शनिबार नवलपरासीको कावासोतीमा रेडियो मध्यबिन्दुको वेबसाइट उद्‍घाटन गर्दै पौडेलले भने, ‘माओवादी नेताले सङ्गठन बनाउने नाममा जातीय राज्य दिने आश्वासन दिँदा अहिले राष्ट्रियतामाथि समस्या आउन थालेको हो ।

Read More




काठमाडौ, फाल्गुन ५ - कुटनीतिक पहलका कारण नेपाल यसपटक वित्तीय रुपमा कालोसूचीमा पर्नबाट जोगिएको छ । शुक्रबारबाट पेरिसमा सुरु वित्तीय कारबाही कार्यदलको बैठकले नेपालको संक्रमणकालीन राजनीतिक अवस्थालाई हेर्दै तत्काललाई कालोसूचीमा नराख्ने निर्णय गरेको छ ।नेपाल राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार नेपाल सरकारको प्रतिवद्धता हुँदा हुँदै मुलुकको अस्थिर राजनीतिक अवस्थाका कारण सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी कानुन बन्न नसकेको प्रति कार्यदललको बैठक 'कन्भिन्स' भएको छ । कार्यदलले तत्काल नेपाललाई यथास्थितिमा राख्ने निर्णय गरेको छ ।

Read More




भक्तपुर, फाल्गुन ५ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ७ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि मुलुकभर एक हजार ७४८ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।यसवर्ष परीक्षा दिने पाँच लाख २८ हजार २५७ परीक्षार्थीका लागि उक्त परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । यसवर्ष परीक्षा केन्द्र निर्धारण गर्दा सुगम र दुर्गम क्षेत्रलाई पायक पर्ने गरी निर्धारण गरिएको उनले बताए । विद्यार्थी सङ्ख्या र आवश्यकतालाई हेरेर कार्यालयले केन्द्र निर्धारण गरेकाले यसवर्ष परीक्षार्थीलाई परीक्षा दिन धेरै टाढा जानुनपर्ने कार्यालयको दाबी छ ।

Read More




काठमाडौ, फाल्गुन ४ - जन्मका आधारमा २०६४ सालमा नागरिकता पाएकाहरूका सन्तानलाई बंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले जारी गरेको परिपत्र हाललाई लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश द्वय भरतराज उप्रेती र भरत बहादुर कार्कीको इजलासले यस्तो आदेश दिएको  हो । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारको एकल नियर्णयले मुलुकभर बंशजको आधारमा नागरिकता वितरणका लागि गृह मन्त्रालयबाट परिपत्र जारी गरेको थियो ।

Read More




काठमाडौं, फाल्गुन ४ - सूचना तथा सञ्चारमन्त्री जयप्रसाद गुप्ताले बिहीबार राष्ट्रपति डा. रामवरण यादवलाई एक पत्र लेखि 'काठमाडौंसंग मधेसको सम्बन्ध टुट्न सक्ने' कुरा आफुले सबैले सुन्ने र बुझ्ने गरी भनेको कुरा स्पष्ट पारेका छन् । राष्ट्रपति यादवले केही दिनयत्ता प्रधानमन्त्री र प्रमुख दलका नेताहरुसंगको भेटमा राष्ट्रिय अखण्डताको बिरुद्ध अभिब्यक्तिदिने मन्त्रीलाई कारवाही गर्न आग्रह गरेपछि मन्त्री गुप्ताले आफ्नो भनाई सन्दर्भका बारेमा चार पृष्ठ लामो पत्र लेखी राष्ट्रपतिलाई आफ्नो अडान प्रष्ट्याएको हो । 

Read More




काठमाडौं, फाल्गुन ३ - एमाले केन्द्रीय कमिटीको बुधबारदेखि सुरु बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।पार्टी मुख्यालय बल्खुमा बसेको बैठकमा पार्टी खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।बैठकमा प्रस्तुत गर्ने राजनीतिक, सांगठनिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदनहरु, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, पार्टीको आन्तरिक एकता र सुदृढिकरण सम्बन्धी प्रस्ताव, राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्थापनको तयारी लगायत विभिन्न एजेण्डाहरु पारित गरेको विज्ञप्तीमा जनाइएको छ ।

Read More




काठमाडौ, फाल्गुन ३ - नेपाली काँगे्रसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्थायी शान्ति स्थापना नभएसम्म शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रको विकास असम्भव भएको बताएका छन् ।उनले शान्ति र संविधानका कार्यलाई जतिसक्दो चाँडो टुङ्गोमा पुर्याएर आमजनताका अपेक्षा पूरा गर्नु राजनीतिक दलहरुको अहिलेको मुख्य दायित्व भएको चर्चा गर्दै माओवादीका लडाकु रहेका शिविर खाली र उनीहरुका हतियार राज्यको जिम्मा गइसकेपछि मात्र स्थायी शान्ति कायम हुने बताए ।

Read More




काठमाडौ, फाल्गुन २ - विशेष अदालतले सुडान घोटालाको फैसला गर्दै ठेकेदार र पूर्वप्रहरी प्रमुखहरूसहित पाँच अभियुक्तलाई भ्रष्टाचारी ठहर गरेको छ । उनीहरूबाट बिगो र जरिवाना गरी १ अर्ब १३ करोड ५६ लाख रुपैयाँ असुलिने भएको छ । बाँकी ३१ प्रहरी अधिकारीलाई सफाइ दिएको छ ।विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बेलायतस्थित एस्योर्ड रिस्क कम्पनीका मालिक माइकल राइडरलाई मुख्य अभियुक्त ठहर गर्दै बिगो र जरिवाना गरी ५६ करोड ८० लाख रुपैयाँ र २ वर्ष जेल सजाय हुने फैसला गरेको छ । उनका नेपालस्थित स्थानीय ठेकेदार शम्भु भारतीलाई भने बिगो र जरिवाना गरी २८ करोड ४० लाख रुपैयाँका साथै १ वर्ष कैद हुने फैसला भएको छ । 

Read More




काठमाडौ, फाल्गुन २ - सुडान घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका ३७ अभियुक्तहरूमध्ये ३१ प्रहरी अधिकृतले सफाइ पाएका छन् । सफाइ पाएपछि दुई एआईजीसहित २३ प्रहरी अधिकृतको पुनर्बहाली हुने भएको छ । आठजना पूर्वप्रहरी हुन् । एआईजीद्वय अर्जुनजंग शाही र मदनबहादुर खड्काले सफाइ पाएपछि नेपाल प्रहरीमा अब एआईजीको संख्या १० पुगेको छ । सुडान फैसला हुन समय लाग्ने भन्दै सरकारले गत कात्तिक १७ गते खड्का र शाहीको पदलाई विशेष दरबन्दी बनाएर ती स्थानमा नवराज ढकाल र भीष्म प्रसाईंको बढुवा गरेको थियो । एआईजी ढकाल अहिले मानवस्रोत विभाग र प्रसाईं कार्यविभाग प्रमुख छन् ।

Read More




काठमाडौ, फाल्गुन १ - सुडान घोटालाका अभियुक्ताहरु मध्ये तीन जना पूर्व आइजीपी र दुई ठकेदारलाई २/२ बर्षको कैदा तथा जरिवाना गरेको छ । पूर्व आइजीपीहरु ओम विक्रम राणालाई दुई बर्ष कैदका साथै १७ करोड जरिवाना, हेमबहादुर गुरुङलाई दुई बर्ष कैदा र ६ करोड जरिवाना र रमेश चन्दलाई पनि २ बर्ष कैद र ४ करोड जरिवानाको फैसाला सोमबार बिशेष अदालतले गरेको हो ।नेपालको इतिहासमै सबै भन्दा ठूलो घोटलाको रुपमा रहेको सुडान घोटलाका अभियुक्ताहरु बेलायती नागरिक माइकल राडरलाई २ बर्ष कैद र २८ करोड जरिवाना तथा उनको नेपाली साझेदार शम्भू भारतीलाई २ बर्ष कैदका साथै १४ करोड रुपैया“ जरिवानाको फैसाल गरेको छ ।

Read More




काठमाडौ, फाल्गुन १ - माओवादी अध्यक्ष पुष्पकमल दाहाललले २०४७ सालको संविधान ब्युँताउन खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् ।१७ औं जनयुद्ध दिवसको अवसरमा सोमबार राजधानीको खुलामञ्चमा माओवादी जनसभालाई सम्बोधन गर्दै दाहालले विद्रोहको तयार हुन कार्यकर्तालाई निर्देशन दिए । 'हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा गम्भीर भएका लागेका छौं,' दाहालले भने, 'तर फेरि पनि ०४७ सालको संविधान ब्युँताउन खोजिन्छ भने विद्रोह हुन्छ, त्यसको विकल्प छैन, तपाईंहरु विद्रोहको लागि तयार हुनुहोस् ।'

Read More




काठमाडौं, फाल्गुन १ - १७ औं जनयुद्ध दिवसको अवसरमा अहिले राजधानीको खुलामञ्चमा माओवादीले जनसभा गरिरहेको छ ।राजधानीमा भएको जनसभामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य, कम्युनिष्ट संस्थापक नरबहादुर कर्मचार्यलगायतको उपस्थिति छ । जनसभामा भाग लिन काठमाडौं उपत्यकासहित वरपरका जिल्लाबाट पनि माओवादी कार्यकर्ता आएका छन् ।सर्वाहारा मुक्तिका लागि भन्दै माओवादीले वि.सं. २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेको थियो । सशस्त्र जनयुद्ध सुरु भएको सम्झनामा माओवादीले वर्षेनि देशभर कार्यक्रम गर्दै आएको छ ।

Read More




काठमाडौ, फाल्गुन १ - वरिष्ठ उपाध्यक्ष मोहन वैद्यपक्षले सरकारले ल्याएको सम्पत्ति शुद्धीकरण सम्बन्धी विभिन्न विधेयक पारित गर्न नदिने धम्की दिएपछि माओवादी संसदीय दलको 'आकस्मिक' बैठक बोलाइएको छ । सिंहदरवारमा जारी बैठकमा सरकारले सोमबार संसदमा प्रस्तुत गर्न लागेको सम्पत्ति शुद्धीकरण सम्बन्धी  विधेयकका विषयमा छलफल भइरहेको छ । वैद्यपक्षले सरकारले ल्याएको विधेयकप्रति असहमति जनाएको छ । वैद्यपक्षको असहमतिका कारण निर्धारित सोमबारको समयसिमा भित्र सुपुर्दगी,पारस्परिक कानुनी सहायता र संगठित अपराध सम्बन्धी विधेयक पारित नहुने स्थिति देखिएपछि संसदीय दलको बैठक बोलाइएको हो ।

Read More




हेटौंडा, माघ २९ - विरगन्जबाट काठमाडौ‌ तर्फ आइरहेको ना१ज २१२४ को बोलेरो जिप दुर्घटना भएको छ । मकवानपुरको कुलेखानी नजिकै  पुलबाट जिप खस्दा ५ जना यात्रुको निधन भएको  छ भने ७ जना घाइते भएका छन् । मृतकमध्ये एक जना नाबालक पनि रहेका छन् । गम्भीर घाइते ४ जनाको उपचारका लागि काठमाडौ‌ लगिएको छ भने अन्य ३ जनालाई हेटौ‌डा तर्फ लगिएको छ । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

Read More




प्यूठान, माघ २९ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता खेमराज पण्डितको आईतबार निधन भएको छ । ७० वर्षको उमेरमा उनको विहान पौने एघार बजे हृदयघातका कारण निधन भएको हो ।पार्टीको कामको शिलशिलामा प्यूठान तुषारा बसेर लिवाङको टिमुरचौरमा आफ्नो फुपुलाई भेटेर आउने क्रममा एक्कासी निधन भएको राप्रपा प्यूठानका उपाध्यक्ष वुद्धबहादुर जि.सीले बताए ।

Read More




काँकडभिट्टा, माघ २९ - झापाका तीन ठाउँमा एकैपटक बर्डफ्लु पुष्टि भएको छ । काठमाडौंस्थित केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा बर्डफ्लुको विषाणु भेटिएको छ ।पशु सेवा कार्यालय झापाका प्रमुख राधेश्याम मण्डलले दिएको जानकारी अनुसार पाठामारी- १ मिजाम मियाँ र कौशर मियाँको घरपालुवा कुखुरा, अर्जुनधारा- ७ का गोपालप्रसाद ओलीको कुखुराफार्म र चारपाने- ३ का देवेन्द्र श्रेष्ठका कुखुराफार्मका कुखुरामा बर्डफ्लु भेटिएको हो ।

Read More




काठमाडौं, माघ २९ - प्रधानमन्त्री बाबुराम भट्टराईलाई फिर्ता बोलाउनेबारे माओवादीमा सुरु भएको विवाद आइतबार पनि टुंगिएन ।उपाध्यक्ष मोहन वैद्य समूहले भट्टराईलाई फिर्ता बोलाएर नयाँ राष्ट्रिय सहमतिको सरकारमा जोड दिएपछि माओवादीमा छलफल चलिरहेको छ । सिंहदरवारमा बसेको स्थायी समिति बैठकमा सरकारका विकल्पबारे छलफल भए पनि टुंगोमा पुग्न नसकिएको सचिव सीपी गजुरेलले जानकारी दिए ।

Read More




काठमाडौं, माघ २९ - सञ्चारमन्त्री जेपी गुप्ताको 'राज्यसँगको सम्बन्ध टुट्न सक्ने' अभिव्यक्तिप्रति राष्ट्रपति रामवरण यादवले चिन्ता व्यक्त गरेका छन् ।प्रधानमन्त्री बाबुराम भट्टराईसँग आइतबार बिहान शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिने मन्त्रीलाई सचेत गर्न आग्रह गरे । 'क्याबिनेटस्तरको मन्त्रीले जुन स्तरको अभिव्यक्ति दिएका छन्, नैतिकताले पनि यस्तो बोल्न मिल्दैन,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले भने, 'यो राष्ट्रिय अखण्डता विपरीत छ, यस्ता मन्त्रीलाई सचेत गराउनुस् ।'

Read More




काठमाडौं, माघ २९ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीका मन्त्री फिर्ता गरेर सहमति निकाल्न उपाध्यक्ष मोहन वैद्य पक्षसँग प्रस्ताव राखेका छन् । वैद्य पक्षले भने सरकारबाट फिर्ता हुनुपर्ने अडान राखेकाले शनिबार सिंहदरबारमा बसेको स्थायी समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ ।दाहाल र भट्टराईले पार्टीका मन्त्री फिर्ता बोलाएर वैद्य पक्षसहित नयाँ मन्त्रीको टोली पठाउने प्रस्ताव बैठकमा राखेका थिए । वैद्य पक्षले पहिले राजीनामा दिएर सहमतिको सरकारका लागि विकल्प खुला गर्नुपर्ने जिकिर गर्‍यो ।

Read More




काठमाडौ, माघ २८ - सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटीको बैठक बिना निष्कर्ष स्थगित भएको छ । माओवादी ‘जनसत्ता’ले गरेको घरजग्गा सम्बन्धी कामलाई मान्यता दिने निर्णय सर्वोच्च अदालतको आदेश र प्रतिपक्षी पार्टीको दबाबमा प्रधानमन्त्री बाबुराम भट्टराईले फिर्ता लिए पछि वैद्य पक्षले भट्टराईको राजिनामा माग गरेको छ । यसै विषयमा छलफल गर्न शनिबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटीको बैठक बिना कुनै निर्णय आइतबार पुनः बस्ने गरी स्थगित भएको माओवादी नेता कृष्णबहादुर महराले जानकारी दिए ।

Read More




काठमाडौं, माघ २८ - उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले अबको राष्ट्रिय सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नुपर्ने बताएका छन् । यद्यपि वर्तमान सरकारको औचित्य भने नसकिएको उनको भनाइ छ ।‘राष्ट्रिय सरकारको कुरा फेरि उठेको छ,’ गृहमन्त्रालयमा शनिबार ईकान्तिपुरसँग उनले भने, ‘ठूलो पार्टीको नेता, शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हिसावले प्रचण्डले त्यस्तो सरकारको नेतृत्व गर्नुपर्छ, जसले शान्ति प्रक्रिया र संविधान निर्माण तार्किक निष्कर्षमा पुग्छ ।’

Read More




काठमाडौं, माघ २८ - विवादित विषयमा सहमति नजुटेपछि प्रमुख तीन दलले सभामुखसँग फेरि एक महिना समय माग्ने निर्णय गरेका छन् ।शान्ति मन्त्रालयमा शनिबार अपरान्ह बसेको शीर्ष नेताहरुको बैठकले विवादित विषयमा सहमति जुटाउन एक महिना माग गर्ने निर्णय भएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए । ‘सहमति जुटाउन सकिएन,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘सहमतिमै विवाद टुंग्याउन सभामुखसँग एक महिना माग्ने सहमति गरेका छौं ।’

Read More




डुंगा (कञ्चनपुर), आश्विन १४ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतान्त्रिक प्रकृयाबाट सदनमा बहुमत प्राप्त गरि बनेको वर्तमान सरकार सडकमा हुने विरोधले नढल्ने दावी गरेका छन् । उनले सडकबाट सरकार नढल्ने मात्र होइन सडकबाट सरकार नबन्ने पनि बताए ।
Read More




काठमाडौ, आश्विन १३ - कांग्रेस नेता शेरवहादुर देउवाले सभापति सुशिल कोइरालानै सहमतिका लागि बाधक रहेको बताउँदै अब भातृसंस्था विघटन गर्ने निर्णय फिर्ता नलिएसम्म कुनैपनि सहमति नहुने बताएका छन् ।
Read More




काठमाडौं, आश्विन १२ - शान्ति प्रक्रिया अगाडि बढाउन साझा सहमति बनाउन बोलाइएको माओवादी पदाधिकारी बैठक विना निष्कर्ष सकिएको छ 
Read More




काठमाडौं, आश्विन १२ - माओवादी सचिव सीपी गजुरेलले सरकार निर्माणको क्रममा प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहालले पार्टी नीति विपरीत गरेको चार बुँदे सम्झौता खारेज नभए तेस्रो जनआन्दोलन गर्ने घोषणा गरेका छन् । गजुरेल उपाध्यक्ष मोहन वैद्य निकट हुन् ।
Read More




वीरगन्ज, आश्विन १२ - हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्यामा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहको संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरी वीरगन्ज पठाउन प्रहरी मुख्यालय र काठमाडौं प्रहरीलाई पत्राचार गरिसकेको पर्सा प्रहरी प्रमुख रमेश खरेलले बताएका छन् । पर्सा प्रहरीले चलानी नं. ४४७२ को पत्र अञ्चल, क्षेत्र, काठमाडौं प्रहरी र मुख्यालयलाई समेत पठाएको हो ।
Read More




अनसन तोडियो

काठमाडौ, आश्विन ११ - भ्रातृ संस्था विघटन गर्ने पार्टी निर्णयमा सभापति सुशील कोइरालाले पुनर्विचार नगरेपछि कांग्रेस नेता शेरबहादुर देउवाले बुधबार केन्द्रीय समितिबाट राजीनामा दिएका छन् ।
Read More




काठमाडौं, आश्विन ११ - राजनीतिक दल र विभिन्न संगठनले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई बर्खास्त गर्न माग गरेका छन् ।
Read More




आश्विन १० - प्रधानमन्त्री बाबुराम भट्टराईले काँग्रेस सभापति सुशील कोइरालासंग शान्ति प्रकृया लगायतका विषयमा सहयोग गर्न आग्रह गरेका छन् ।
Read More




वासिङटन डिसी, आश्विन ९ - दशक लामो सशस्त्र विद्रोहका एक 'मास्टर माइन्ड' वर्षमान पुन अर्थमन्त्रीको हैसियतमा अहिले अमेरिकी भ्रमणमा छन् । शान्ति प्रक्रिया सुरु भएपछि महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका उनी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वाषिर्क साधारणसभामा भाग लिइरहेका छन् ।
Read More




'दलहरुबीचको झगडाले संविधान निर्माण रोकियो' 'दलहरुबीचको झगडाले संविधान निर्माण रोकियो'
काठमाडौं, आश्विन ८ - संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले मुख्य दलहरुबीचको झगडाले संविधान निर्माण रोकिएको बताएका छन् ।
Read More




'चीनसँग आर्थिक र भारतसँग राजनीतिक कुराकानी' 'चीनसँग आर्थिक र भारतसँग राजनीतिक कुराकानी'
न्युयोर्क, आश्विन ८ - प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकापछि अबको विदेश भ्रमण भारत र त्यसपछि चीन हुने बताएका छन् । राष्ट्रसंघीय महासभाको आफनो ६ दिने भ्रमण सकेर शनिबार राती नेपाल फर्किनेक्रममा पत्रकारहरुसँग कुरागर्दै भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भ्रमणको बारेमा कुरा भएको र अबको एक महिनापछि भारत जाने बताए ।
Read More




दाहालले भने- 'शान्ति प्रक्रिया टुंग्याउन भारतले पनि भूमिका खेलोस्' दाहालले भने- 'शान्ति प्रक्रिया टुंग्याउन भारतले पनि भूमिका खेलोस्'
काठमाडौं, आश्विन ८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउन भारतले फेरि एकपटक सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
Read More




कञ्चनपुर (बेलौरी), आश्विन ६ - कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर १८ कटानस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घका विद्यार्थीबीच शुक्रबार झडप भएको छ ।
Read More




काठमाडौ, भाद्र १८ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार स्थायी समिति बैठकमा शान्ति प्रक्रिया टुंग्याउन लडाकु शिविरका हतियार कन्टेनरका साँचो विशेष समितिलाई बुझाउने निर्णय सही भएको भन्दै त्यसबाट पछि हट्न नसकिने प्रस्ट पारेका छन्

Read More




काठमाडौ, भाद्र १७ - संविधानसभामा 'भोटिङ' सकिँदा नसकिँदै जुन रफ्तारमा बाबुराम भट्टराईका निम्ति 'मुस्ताङ' गाडी तयार भएर आयो, त्यसबाट सहजै अनुमान लगाउन सकिन्छ, आफू प्रधानमन्त्री हुने कुरामा डाक्टर साब कति धेरै विश्वस्त थिए । बाबुराम भट्टराईको प्रधानमन्त्री पदमा आगमनले नेपाली राजनीतिको एक चरण समाप्त भएको छ ।

Read More




साँचो बुझाउने निर्णय विरुद्ध वैद्यपक्षधर आन्दोलनमा


काठमाडौ, भाद्र १६ - हतियार राखिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयका विषयमा माओवादी भित्र तिव्र मतभेद देखिएको छ । उपाध्यक्ष मोहन वैद्यपक्षधर संस्थापनपक्षको उक्त निर्णय विरुद्ध सडकमै ओर्लिएका छन् ।

वैद्य पक्षधरले शुक्रबार बिहान साढे ९ देखि साढे १० बजेसम्म राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न भागमा चक्का जाम गरेको छ । वैद्यले उक्त निर्णय आत्मघाती भएको बताएका छन् । उक्त निर्णय अबिलम्ब खारेज हुनुपर्ने वैद्यपक्षको माग छ । वैद्यपक्षको तिव्र बिरोधकाबीच बिहीबार सात मध्ये चार शिविरमा रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाइएको छ ।

यसैबीच, पार्टीभित्र देखिएको विवाद समाधान गर्न बोलाइएको स्थायी समिति बैठक पनि वैद्यले बहिष्कार गरेका छन् ।

नवलवपरासीको दुम्कौली र बर्दघाटमा वैद्य समर्थकहरुले राजमार्ग अबरुद्ध गरेर प्रर्दशन गरेका छन् । बिरोध प्रर्दशनमा बोल्दै माओवादी बैद्य समुहका जिल्ला नेताहरुले १० वर्षे जनयुद्धको मर्म बिपरित माओवादीका जनसेनालाई आत्मसमर्पण गराउने खोजेको आरोप लगाएका छन् । राजमार्ग अबरुद्ध गरिदा पुर्वपश्चिम हिडेका यात्रु राजमार्गमा अलपत्र परेका छन् ।

पर्वतको शिवालय चोकस्थित पोखरा-बागलुङ राजमार्गमा वैद्य समूहलेएक घण्टा चक्का जाम गरेका छन् । दर्जनौंको संख्यामा रहेका माओवादी कार्यकर्ताले सवारी आगमनमा अबरोध पुर्‍याई चक्का जाम गरेका हुन् ।

 

 

 

 



Read More




माओवादीसँग गुप्ता असन्तुष्ट


काठमाडौं, भाद्र १५ - मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले माओवादीले पूर्वसहमति पालना नगरेको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् । उनले 'अप्रिय' निर्णय लिन सक्नेसमेत चेतावनी दिए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर ठिमीस्थित निवासमा मधेसी मोर्चाको बैठकमा सहभागी हुनेक्रममा गुप्ताले यस्तो चेतावनी दिएका हुन् ।

'मोर्चा र माओवादीबीच गठबन्धन सुरु गर्दादेखि नै मैले पनि कुरा गरेको थिएँ,' उनले पूर्व प्रतिबद्धताप्रति माओवादी उदाशिन रहेको आरोप लगाउँदै भने, 'त्यस बखतमा भएको 'कमिटमेन्ट' पूरा गरेको छैन । मेरो नजरमा माओवादीले सहमति विथोल्न सुरुवात गर्न लागेको मलाई व्यक्तिगत आभाष भएको छ ।'

माओवादीले शुक्रबारसम्ममा पनि प्रतिबद्धता पालना नगरे अप्रिय निर्णय गर्ने उनको चेतावनी थियो । 'माओवादीले भोलिसम्म पनि मोर्चासँग भएको सहमति पालना नगरे मैले भोलि अर्कै निर्णय लिन सक्छु,' उनले भने ।

स्रोतका अनुसार माओवादी-मोर्चा गठबन्धन बनाउन सक्रिय गुप्ता उपप्रधानमन्त्रीको आश्वासन पूरा नभएकोमा रिसाएका छन् । स्रोत भन्छ, 'उपप्रधानमन्त्री वा राम्रो मन्त्रालय नपाए गुप्ताले कि समर्थन फिर्ता लिन सक्छन् या सरकारमा नजाने निर्णय लिन सक्छन् ।'

गच्छदारलाई पनि चित्त बुझेन

मधेसी मोर्चाबीच मन्त्रालय बाँड्न सक्रिय फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार पनि माओवादीप्रति रुष्ट छन् ।

मोर्चाभित्र सहमति जुटाउन बाँडिएका मन्त्रालयमध्ये एक साट्न गरेको अनुरोध माओवादीले नमानेपछि उनी रुष्ट देखिएका हुन् । उनले मोर्चाको भागमा परेका महिला बालबालिका तथा समाजकल्याण, कानुन र वातावरणमध्ये एक मन्त्रालयसँग माओवादीको भागमा परेका शिक्षा तथा श्रम मन्त्रालयमध्ये एक साट्न आग्रह गरेका थिए ।

लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा सहभागी हुनुअघि गच्छदारले भने शुक्रबारसम्ममा सहमति हुनसक्ने दाबी गरे । 'हामी सहमतिबाट टुंग्याउछौं । हामीबीच विवाद छैन,' बरु माओवादीमा नै समस्या रहेको उल्लेख गर्दै उनले भने, 'ठूलो पार्टीमा त गाह्रो छ भने हामी पाँच पार्टी छौं, सवैको चित्त बुझाउनुपर्छ, समय त लागिहाल्न नि ।'

मोर्चा बैठक जारी

तमलोपा अध्यक्ष महन्थ ठाकुरको भक्तपुर ठिमीस्थित निवासमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जारी छ ।

मन्त्रिमण्डलमा पठाउने सदस्यहरुको नाम चयन गर्न बैठक बसेको हो । यसअघि भएका बैठक मन्त्रालय बाँटफाटमा विवाद भएपछि निर्णयमा पुग्न सकेका थिएनन् ।

बैठकमा तमलोपा अध्यक्ष ठाकुरसहित मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम गणतान्त्रिकका जेपी गुप्ता, तमलोपा नेपालका महेन्द्रप्रसाद यादव र सदभावना पार्टीका राजेन्द्र महतो सहभागी छन् ।   


Read More




काँग्रेसद्वारा चार बुँदे सहमितको बिरोध


काठमाडौ, भाद्र १३ - काँग्रेसले सरकार निर्माणका लागि माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको चार बुँदे सहमतिको बिरोध गरेको छ । मंगलबार बसेको पदाधिकारी बैठकले उक्त सहमतिले शान्ति प्रकृयालाई टुङ्गोमा नपुर्याउने निष्कर्ष निकालेको हो ।

उसले सहमति माओवादी र मोर्चाको सत्ता केन्द्रित स्वार्थबाट तयार भएको आरोप लगाएको छ । 'चार बुँदे सहमति विशुद्ध सत्ता निर्माण गर्न भएको गठबन्धन मात्रै हो, यसले शान्ति प्रकृया र संविधान निर्माणमा ठोस काम अघि बढाउन सक्दैन भन्ने हाम्रो निष्कर्ष छ’ काँग्रेस केन्द्रीय सदस्य अर्जुनरनसिंह केसीले भने, 'तर, कांग्रेस यी दुई एजेण्डाका लागि सहयोगी भएर भूमिका निर्वाह गर्ने पक्षमा उभिने छ ।’

चार बुँदेमा माओवादी लडाकुको समायोजन, मोडालिटी, तह निर्धारण जस्ता कुराहरु अस्पष्ट रहेको र राज्यको पुर्नसंरचनाका लागि आयोग बनाउने कुरालाई उपेक्षा गरी संबैधानिक प्रकृयालाई समेत निषेध गर्न खोजिएको काँग्रेसले भनाई रहेको छ ।

‘शान्ति प्रकृया र संधिवान निर्माणलाई टुंगो लगाउने खालेको ठोस र स्पष्ट सहमति भएको छैन’ केसीले थपे, ‘राज्य पुनर्संरचनाको संबैधानिक प्रावधानलाई समेत उपेक्षा गरी संविधान र विधिमाथि ठूलो चूनौति खडा गरिएको छ ।’

काँग्रेसले आन्दोलनबाट पीडित भएकालाई मात्रै नभएर गैह्रराज्य पक्षबाट पीडित भएकालाई पनि क्षतीपूर्ती दिन माग गरेको छ । त्यस्तै विभिन्न अपराधमा मुद्दा चलाईएका व्यक्तिहरुलाई मुद्दा फिर्ता लिई माफी दिने संझौताप्रति विरोध जनाएको छ ।

उसले विधिको शासनलाई चुनौति दिन र अपराधीकरणको प्रवृतितर्फ मुलुकलाई उन्मुख गराउने सहमति भएको भन्दै त्यसको समाधान सत्य निरोपण तथा मेलमिलाप आयोग बनाएर गरिनु पर्ने माग गरेको छ ।

प्रधानमन्त्री निर्वाचनका क्रममा पार्टीबाट भएका कमीकमजोरीका बारेमा पनि पदाधिकारी बैठकामा छलफल भएको थियो । पौडेलले पार्टीभित्रकै कमजोरीका कारण काँग्रेस नेतृत्वमा सरकार बन्न नसकेको बताएका थिए ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत पार्टी नेतृत्वमा सरकार बनाउन रचानात्मक भूमिका निर्वाह नगरेको भन्दै केही सदस्यले असन्तुष्टी पोखेका थिए ।



Read More




पूर्वमा बन्दले तीज प्रभावित


धरान, भाद्र १३ - सञ्जुहाङ पालुङ्गा समूहको संघिय लिम्बुवान राज्य परिषदले गरेको तीनदिने बन्दले तीज चाडलाई पुर्वका ९ जिल्लामा असर परेको छ । बन्दले घरबाट माईत हिडेका चेलीहरु समस्यामा परेका छन् ।

यातायातका साधन र बजार बन्द भएकाले नजिक माइत रहेका महिलाहरु हिडेर र रिक्सामा गइरहेका छन् । हिन्दु धर्मावलम्बी नारीको महान चाड मानिएको तीजमा बन्द गर्दा मारमा परेको उनीहरुले बताएका छन् । बन्दको दोश्रो दिन आज पनि यातायात पूर्ण रुपमा ठप्प छ । बजार, पसल, कलकारखाना र शैक्षिक संस्था पनि सञ्चालनमा आउन सकेका छैनन् ।

तोकिएको समयमा संविधान जारी गनपर्नेर्, संविधान मार्फत लिम्बुवान राज्य सुनिश्चित गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने लगायतका राख्दै बन्द आव्हान गरीएको पालुङ्व समूहका सुनसरी अध्यक्ष भूपेन्द्र सुन्दर लावतीले बताए । बन्दले सुनसरी, मोरङ, धनकुटा, संखुवासभा, झापा, इलाम, पााचथर, ताप्लेजुङ लगायतका जिल्लाका जनजीवन प्रभावित भएको छ ।

 



Read More




जेठ १४ पछि ३ महिनामा के-के भए ?


काठमाडौ, भाद्र १३ - १४ जेठमा संविधानसभाको म्याद तीन महिना थपिएपछि संविधानसभाको एउटै बैठक बस्न सकेन । म्याद थप्दा तीन महिनामा संविधानको पहिलो मस्यौदा ल्याउने बुँदासमेत कार्यान्वयन हुन सकेन । संविधान लेखनमा देखिएका विवादमा पनि कुनै सहमति जुटेन । 

विवादित बुँदाहरूको अवस्था म्याद थप्नुअघि जस्तो थियो त्यस्तै छ । विवाद समाधान उपसमिति सदस्य एवं सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले म्याद थपिएपछि उल्लेख्य उपलब्धि नभएको बताए  । १३ फागुनमा संविधान लेखनमा देखिएका विवाद मिलाउन संवैधानिक समितिले दाहालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनाएको थियो ।

म्याद थपपछि उपसमितिका ९ बैठक बसे पनि उत्साहजनक प्रगति हुन सकेन । राज्य पुनर्संरचना तथा राज्यशक्तिको स्वरूपका विषयमा उपसमितिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई पटक छलफल गरे पनि सहमति जुटेन ।

राज्य पुनर्संरचनाको सुझाव दिन बनाइने आयोगप्रति मोर्चाले असहमति जनाएको थियो । मोर्चाले राज्य पुनर्संरचना आयोगलाई औचित्यहीन भएको बताएका छन् । माओवादी र मोर्चाबीच आइतबार भएको ४ बुँदे सहमतिमा पनि आयोगको विकल्पका रूपमा राजनीतिक पक्षहरूको सहमतिमा निकासका अन्य मार्गहरू खोजिने उल्लेख छ । उपसमितिले जेठअघि राज्य पुनसर्ंरचनाका विवादित ७८ बुँदालाई २५ वटामा सीमित पारेको थियो । १४ जेठमा म्याद थपिएपछि २६ जेठमा बसेको पहिलो बैठक औपचारिकतामै सीमित भयो भने २७ जेठको बैठकमा उपसमिति संयोजक दाहाल नै उपस्थित थिएनन् ।

संसद्का कानुनी सल्लाहका टेकप्रसाद ढुंगानाका अनुसार जेठ ३१, असार १३, १६, २०, २१ तथा साउन १३ र १५ मा उपसमितिको बैठक बसे पनि कुनै विषयमा सहमति जुटेन ।

म्याद थप भएपछि संवैधानिक समितिका पाँचवटा मात्रै बैठक बसेका थिए । जेठमा दुई, असारमा एक र साउनमा तीनवटा बैठक बसेका थिए । 'सबै औपचारिकतामै सीमित भए,' ढुंगानाले भने । संविधानसभा बैठकले सबै प्रतिवेदन संवैधानिक समितिलाई दिइसकेकाले त्यसको टुंगो लगाउने जिम्मा उसैको हो । संविधानसभाको १२ माघको बैठकले सातवटा र ३ चैतको बैठकले राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदन संवैधानिक समितिको जिम्मा लगाएको थियो ।

दलहरूबीच तीन मुद्दामा सहमति हुन बाँकी छ । ती हुन्- शासकीय स्वरूप, राज्य पुनर्संरचना र निर्वाचन प्रणाली । सहमतीय (प्रत्यक्ष निर्वाचित) राष्ट्रपतीय प्रणाली कि निर्वाचित राष्ट्रपतीय शासन प्रणाली भन्नेमा विवाद छ । निर्वाचन प्रणालीअन्तर्गत प्रत्यक्ष समानुपातिक कि मिश्रति निर्वाचित वा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्ने बुँदा बहसमै

छ । मताधिकार १६ वा १८ कति वर्ष पुगेकालाई कायम गर्नेमा पनि सहमति बाँकी छ । व्यक्तिगत सम्पत्तिमा हदबन्दी तोक्ने/नतोक्ने, हदबन्दी माथिको जग्गा प्राप्त गर्दा राज्यले क्षतिपूर्ति दिनुपर्ने/नपर्ने, समग्र सम्पत्तिमा सीमा तोक्ने/नतोक्ने, संविधानको प्रस्तावनामा माओवादी जनयुद्धलगायत सबै आन्दोलनको नाम व्याख्यात्मक टिप्पणीमा राख्ने वा माओवादी जनयुद्ध व्याख्यात्मक टिप्पणीमा पनि नराख्ने भन्नेमा सहमति जुट्न सकेको छैन । आत्मनिर्णयको अग्राधिकार सम्बन्धमा 'मधेसी समुदायको आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेस प्रदेश र त्यहाँको भूमि तथा प्राकृतिक स्रोतमाथि अग्राधिकारको हक हुने' बुँदा थप्ने/नथप्नेमा पनि विवाद छ ।

राज्य पुनर्संरचना र राज्यशक्तिको प्रतिवेदनमा २५ बुँदा टुंगिएका छैनन् । प्रदेश संख्या, नामकरण र सीमांकनलाई कसरी सम्बोधन गर्ने तथा स्थानीय सरकारअन्तर्गत विद्यमान जिल्ला तह रहने/नरहने, प्रादेशिक कानुनसँग स्थानीय तहले बनाएको कानुन बाझिएमा त्यस्ता कानुन स्वतः निष्त्रिmय हुने व्यवस्था राख्ने/नराख्ने लगायतमा विवाद छ ।



Read More




जनतलाई राहत दिने कार्यक्रम ल्याउन भट्टराईको निर्देशन


काठमाडौ, भाद्र १३ - प्रधानमन्त्री बाबुराम भट्टराईले जनताले चाँडै राहत महशुश गर्ने गरी कार्ययोजना ल्याउन र सुरक्षा व्यवस्था सुदृढ राख्न सरकारका उच्च अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कार्यभार सम्भालिसकेपछि भट्टराईले मंगलबार सरकारका सचिव र सुरक्षा निकायका प्रमुहरुसंग छुट्टा छुट्टै अन्तक्रिर्या गरेका छन् । सचिवहरुलाई उनले मँहगी,कालावजारी नियन्त्रण गरी उपभोग्य सामाग्री सहज र सुपथ मूल्यमा जनतालाई उपलब्ध गराउने वातावरण बनाउन निर्देशन दिए । कसैको अहिले सरुवा नहुने भन्दै उनले पाएको जिम्मेवारी पूरा नगर्नेलाई कारवाही हुने चेतावनी दिएका छन् ।

त्यसअघि उनले चार वटै सुरक्षा निकायका प्रमुखहरुबाट सुरक्षा अवस्था बारे जानकारी लिदैं उच्च मनोवलका साथ सुरक्षा व्यवस्था सुदृढ राख्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री  कार्यालय सिंहदरबारमा भट्टराईले प्रधानसेनापति छत्रमानसिंह गुरुङ, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह, सशस्त्रका प्रमुख शैलेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मोतीबहादुर गुरुङसंग सामूहिक भेट गरेक थिए  ।



Read More




सरकारमा आउन कांग्रेसलाई भट्टराईको आग्रह

 

काठमाडौ, भाद्र १३ - नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सपथ लिएको २४ घण्टा पनि नबित्दै भट्टराईले राजनीतिक सहमतिको प्रयास थालेका छन् ।

महाराजगंजस्थित कोइराला निवास पुगेका भट्टराईले यही सरकारलाई सहमतीय सरकारको रुपमा ढाल्न आग्रह गरेका थिए । प्रस्ताव अस्विकार गर्दै कोइरालाले विश्वासको वातावरण तयार गर्न भट्टराईलाई सुझाव दिए । भट्टराईले सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

कोइरालाले इमानदारी पूर्वक शान्ति प्रक्रिया टुंग्याउन र युद्धका बेला कब्जा गरिएका जग्गा फिर्ता गराउन पहल गर्न भट्टराईलाई आग्रह गरे ।


Read More




सरकारमा आउन कांग्रेसलाई भट्टराईको आग्रह


काठमाडौ, भाद्र १३ - नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सपथ लिएको २४ घण्टा पनि नबित्दै भट्टराईले राजनीतिक सहमतिको प्रयास थालेका छन् ।

महाराजगंजस्थित कोइराला निवास पुगेका भट्टराईले यही सरकारलाई सहमतीय सरकारको रुपमा ढाल्न आग्रह गरेका थिए । प्रस्ताव अस्विकार गर्दै कोइरालाले विश्वासको वातावरण तयार गर्न भट्टराईलाई सुझाव दिए । भट्टराईले सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

कोइरालाले इमानदारी पूर्वक शान्ति प्रक्रिया टुंग्याउन र युद्धका बेला कब्जा गरिएका जग्गा फिर्ता गराउन पहल गर्न भट्टराईलाई आग्रह गरे ।



Read More




प्रधानमन्त्रीको चुनाव आज १ बजे


काठमाडौ, भाद्र ११ - प्रधानमन्त्री चुन्न आइतबार व्यवस्थापिका संसद्मा मतदान हुँदैछ । दलहरूबीच सहमतिको सरकार गठन हुन नसकेपछि बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री चयन गर्न मतदान हुन लागेको हो ।

माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ । 

सहमतीय सरकारका लागि राष्ट्रपतिले पहिलो पटक सात र दोस्रो पटक तीन दिनको समय दिए पनि दलहरूबीच सहमति हुन नसकेपछि बहुमतीय प्रक्रिया अघि बढेको हो ।

अन्तरिम संविधानको धारा ३८ -२) मा बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्री चयन हुने व्यवस्था छ ।

सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री चुनाव हुने दिन आइतबार पौने १२ बजेभित्र संसद् प्रवेश गर्न सभासदलाई यस अघि नै 'रुलिङ' गरिसकेका छन् । संशोधित नियमावलीअनुसार सभासदले अनुपस्थित रहन र तटस्थ बस्न पाउने छैनन् ।

यसअघिको प्रधानमन्त्री चुनावमा मधेसी जनअधिकार फोरम नेपालका सबै सभासद संसद्मा अनुपस्थित भए पनि कुनै कारबाही भएको थिएन । संशोधित नियमावलीअनुसार सभामुखलाई पूर्वसूचना दिएरबाहेक अनुपस्थित रहन पाइने छैन । पक्ष वा विपक्षमा मत दिनैपर्ने छ । नियमावलीमा यस्तो व्यवस्था नहुँदा गत वर्ष साउनदेखि माघसम्म १७ पटकसम्म मतदान भए पनि परिणाम आएको थिएन । लामो समयसम्म चुनाव भइरहे पनि परिणाम नआएपछि नियमावली संशोधन गरिएको थियो ।

दुईवटै प्रस्ताव एकै पटक निर्णयार्थ प्रस्तुत हुनेछ । विजयी हुन कम्तीमा दुई सय ९८ मत आवश्यक पर्छ । संसद्मा पाँच सय ९४ सभासद छन् । यीमध्ये जनता दल -युनाइटेड) का सभासद विश्वनाथप्रसाद अग्रवाल उपचारार्थ अमेरिका छन् ।

सद्भावना आनन्दीदेवीले बहुमतीय चुनावमा सहभागी नहुन आफ्ना सभासदलाई निर्देशन दिएको छ । उक्त पार्टीका सभासदहरू सरिता गिरी र मोतीलाल दुगडले सभामुखलाई निर्देशनबारे जानकारी गराइसकेका छन् । सभामुख नेम्वाङले भने मतदानमा उपस्थित नहुनु नियमविपरीत हुने बताए । 'पार्टीको निर्देशन मलाई जानकारी गराएका छन्,' उनले भने, 'उनीहरू सहभागी भएर मत दिनैपर्छ ।'

माओवादी सभासद गुणाखर बस्याल, फोरमका शिवपुजन राय यादव र एमालेका नारदमुनि राना थारू सम्पर्कबाहिर छन् । जनता दलकी गायत्री साह, एमालेका डोलबहादुर कार्की र फोरम गणतान्त्रिकका बीपी यादव निलम्बित भएकाले मताधिकार गुमेको छ ।



Read More




कांग्रेस-एमालेले समर्थन नगरे पनि म प्रधानमन्त्रीः भट्टराई


भक्तपुर, भाद्र १० - माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार बाबुराम भट्टराईले आइतबार हुने प्रधानमन्त्री निर्वाचनमा आफू निर्वाचित हुने दाबी गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छको कमल विनायकस्थित निवासमा पुगेर भेटवार्ता पछि सञ्चारकर्मीहसंग प्रतिक्रिया दिदै उनले बहुमत आफ्नो पक्षमा भएको बताए ।

कांग्रेस र एमाले एकापट्टी गए पनि मधेशवादी दल र साना दलहरुको समर्थन आफूलाई रहने भएकाले आफैले बहुमतीय सरकारको नेतृत्व गर्ने बताए ।

सहमीतय सरकार गठनको पहल हुँदा पनि माओवादीले शान्ति र संविधान लगायतका एजेण्डा दलहरु समक्ष राख्दा पनि सहमति नभएपछि बहुमतीय सरकार गठनका लागि लिखित रुपमै प्रस्ताव बाहिर ल्याएको जानकारी दिए ।

बिजुक्छेसँग भएको भेटवार्ता सकारात्मक भएकाले आफैले समर्थन पाउने बताउनुभयो । भेटपछि नेमकिपाका अध्यक्ष बिजुक्छेले वार्ता सकारात्मक भएको बताउदै यसपटक बढीमा दुईपटक कै निर्वाचनमा प्रधानमन्त्री चुनिने दाबी गरे ।

विगतमा भएका कमीकमजोरीलाई अबका दिनमा हटाउँदै लैजाने प्रतिबद्धता भट्टराईले गरेको जानकारी दिदैं बिजुक्छेले पार्टीको बैठकले मात्र कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय बताए ।

भेटमा माओवादी भट्टराई, नेताहरु देव गुरुङ र टोपबहादुर रायमाझीको सहभागिता रहेको थियो भने नेमकिपाका तर्फबाट बिजुक्छेसंगै पार्टी सचिब सुनिल प्रजापतिको सहभागिता थियो ।

 

Read More




माओवादी मजदुर नेता जमकट्टेलको हत्या प्रयास


काठमाडौं, भाद्र १० - माओवादी सभासद् एवं मजदुर नेता शालिकराम जमकट्टेलमाथि शनिबार साँझ राजधानीमा आक्रमण भएको छ ।

एक कार्यक्रममा सहभागी भएर बबरमहलस्थित निवासतर्फ जानेक्रममा उनीमाथि साँझ पौने ८ बजे गर्धनमा धारिलो हतियार प्रहार भएको हो । सुरुमा उनीमाथि गोली प्रहार भएको भनिए पनि पछि चिकित्सकहरुले धारिलो हतियार प्रहार गरेको पुष्टि गरेका थिए ।

घाइतेलाई अस्पतालमा भेटेर फर्किएका सूचना तथा सञ्चार मन्त्री पोष्टबहादुर बोगटीले जमकट्टेलको गर्धनमा गहिरो चोट लागेको जानकारी दिए । निवास जानेक्रममा बबरमहलस्थित रातो भाले रेस्टुरेन्ट अगाडि मोबाइलमा कुरा गरिरहेकाबेला उनीमाथि पछाडिबाट आक्रमण भएको बोगटीले जानकारी दिए ।

नेता जमकट्टेललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । हतियार प्रहारपछि लडेका उनलाई एक मजदुरले उठाएर अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै उनको सिटी स्क्यान गरिएको थियो । घाइते जमकट्टेलको अवस्था चिन्तामुक्त रहेको अस्पताल स्रोतले बताएको छ ।

घटनाको एक घण्टापछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सञ्चार मन्त्री पोगटी नर्भिक अस्पताल पुगेर घटनाबारे जानकारी लिए ।

घटनालगत्तै राजधानीका विभिन्न ठाउँमा प्रहरीले चेकजाँच सुरु गरेको छ । अस्पतालमा माओवादी नेता एवं मजदुर नेता कार्यकर्ताको उपस्थित भएका थिए ।

जमकट्टेल धादिङ क्षेत्र नं. ३ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

माओवादी निकट अखिल नेपाल मजदुर संघका पूर्व अध्यक्ष जमकट्टेल संगठनभित्र विवादित थिए । उनकै कार्यकालमा संगठन तीन टुक्रामा विभाजित भएपछि पार्टी हस्तक्षेप गरी उनलाई हटाइएको थियो ।

यसैबीच सञ्चारमन्त्री एवं मजदुर ईञ्चार्ज बोगटीले जमकट्टेलमाथिको आक्रमण पार्टीका कार्यकर्ताबाट नभएको दाबी गरे । 'यो आक्रमण आन्तरिक होइन,' उनले भने, 'जताबाट भए पनि आपराधिक घटना हो ।'



Read More




बोलीको उल्टो गर्दै ऊर्जामन्त्री

काठमाडौं, अषाढ २० - विद्युत् संकट समाधान गर्न केही राम्रा काम सुरु गरेका ऊर्जामन्त्री गोकर्ण बिष्ट र सचिव बालानन्द पौडेलले नियुक्ति, सरुवा र पदस्थापना भने त्यसको ठीकविपरीत गर्न थालेका छन् ।

मन्त्री बिष्टले विद्युत् प्राधिकरणलाई सक्षम र स्वायत्त बनाउने आफ्नै घोषणाविपरीत त्यसको सञ्चालक समितिमा विद्युत् क्षेत्रसित असम्बन्धित र अनुभवहीन आफ्ना कार्यकर्तालाई नियुक्त गर्दै आएका छन् । ऊर्जामन्त्रीले संसदीय समितिमा प्राधिकरणलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफूले सञ्चालक समितिको अध्यक्ष पद छाड्ने र सदस्यहरू पनि सक्षम व्यक्तिलाई नियुक्त गर्ने भनी गरेको प्रतिबद्धताविपरीत सञ्चालकहरू नियुक्त गर्न थालेका हुन् ।

विद्युत् प्राधिकरणमा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया सुरु गरेपछि सबैतिर प्रशंसित मन्त्री बिष्टले त्यसको सञ्चालक समितिको तीन सदस्य भने कानुन मिचेर नियुक्त गरेका छन् । विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्यमा एमालेको बुद्धिजीवी फाँटमा कार्यरत केदार सञ्जेललाई नियुक्त गरिएको जानकारी मन्त्रालयले दिएको छ । उनलाई प्राधिकरणमा लेखा अधिकृतका रूपमा २० वर्ष कार्य गरेकालाई विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेको भनी अपव्याख्या गर्दै सदस्यमा मनोनीत गरिएको हो ।

प्राधिकरणको लेखामा कार्य गर्नुलाई विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेको मान्नु कानुनविपरीत हो । प्राधिकरण ऐनमा सञ्चालक समितिमा विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका दुई, उपभोक्तामध्येबाट एक र वित्तीय क्षेत्रबाट एक जना नियुक्त गर्ने व्यवस्था छ । विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेको कोटाबाट सञ्जेलबाहेक अर्को व्यक्ति नियुक्त हुन बाँकी छ ।

यसअघि लामो समय विद्युत् क्षेत्रमा कार्य गरेका इन्जिनियरहरूलाई मात्र विशेषज्ञता हासिल गरेको कोटाबाट सञ्चालक नियुक्त गरिन्थ्यो । निवर्तमान ऊर्जामन्त्री प्रकाशशरण महतका पालामा प्राधिकरणमा विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेको कोटामा तत्कालीन जलस्रोत मन्त्रालयमा लामो समय काम गरेका इन्जिनियरिङ समूहका सहसचिव लेखमानसिंह भण्डारी र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्यापनरत मुकेश कायस्थलाई नियुक्त गरिएको थियो ।

बिष्टले विद्युत् उपभोक्ताबाट पनि आफ्नै पार्टीका पूर्वसांसद सुवास कर्माचार्यलाई सञ्चालक समितिमा नियुक्त गरेका छन् । राजनीतिकर्मीलाई उपभोक्ता भनेर नियुक्त गरिनु आफैंमा कानुनको उल्लंघन भएको प्राधिकरणकै अधिकारी बताउँछन् । वित्तीय क्षेत्रबाट सुजित आचार्यलाई सञ्चालक समितिमा नियुक्ति गर्दासमेत प्राधिकरण ऐन मिचिएको छ ।

ऐनमा प्राधिकरणसित प्रत्यक्ष लेनदेन र आर्थिक स्वार्थ हुने व्यक्ति सञ्चालक समिति सदस्य बनाउन नहुने प्रस्ट व्यवस्था गरिएको छ । तर आचार्यले आफ्नै कम्पनी आईडीएसबाट प्राधिकरणसित प्रत्यक्ष आर्थिक सम्बन्ध जोडिने विद्युत् आयोजना निर्माणको लाइसेन्स लिएका छन् भने उनी त्रिशूली-२ ए निर्माण गर्न सर्वेक्षण लाइसेन्स लिएको हाइड्रो चाइनाको स्थानीय एजेन्टसमेत हुन् । आचार्य संलग्न आयोजनाहरूको विद्युत् प्राधिकरणलाई बेच्ने भएकाले उनको प्राधिकरणसित प्रत्यक्ष आर्थिक स्वार्थ जोडिएको छ ।

आचार्य वित्तीय क्षेत्रमा प्रत्यक्ष सम्बन्धित व्यक्ति पनि होइनन् । अर्थमन्त्री भरतमोहन अधिकारीले ऊर्जा मन्त्रालय सम्हालेका बेला उनलाई सञ्चालक नियुक्त गरेका थिए । बिष्टले उनैलाई निरन्तरता दिए । आचार्य अधिकारीका नातेदारसमेत हुन् ।

नियुक्तिबारे ऊर्जा सचिव पौडेलले कानुनसम्मत ढंगले अनुभवी मान्छे ल्याएको दाबी गरे । 'सञ्चालक समितिमा अनुभवी खोजेरै नियुक्त गरेका हौं, प्राधिकरणमा फाइनान्सियल सेक्टर बुझेको मान्छे पनि हुनुपर्छ, अरू पनि अनुभवी हुनुहुन्छ,' उनले कान्तिपुरसित भने । ऊर्जामन्त्री बिष्टसित भने फोन सम्पर्क हुन सकेन ।

ऊर्जामन्त्रीको मन्त्रालय र मातहतको निकायमा गरिएको सरुवा र पदस्थापना पनि उनले सुरु गरेका राम्रा काम र प्रतिबद्धतासित नसुहाउने खालका छन् । विद्युत् विकास विभागमा सोही क्षेत्रमा कार्यरत नौ जना अनुभवी सहसचिव हुँदाहुँदै सिँचाइका महेन्द्रबहादुर गुरुङलाई महानिर्देशक बनाइएको छ । विभागका महानिर्देशक सुनिलबहादुर मल्ललाई ऊर्जा तथा शक्ति आयोगमा सरुवा गरेर गुरुङलाई लगिएको हो । गुरुङले विभागको काम बुझ्दाबुझ्दै बाँकी रहेको एक वर्ष बित्ने ऊर्जाका अधिकारीहरू बताउँछन् । गुरुङलाई लगेपछि विद्युत् विकास विभागका नायब महानिर्देशकहरूसहित सबै कर्मचारी असन्तुष्ट भएका छन्, उनीहरूले मन्त्रीलाई भेटेर विरोधसमेत प्रकट गरिसकेका छन् ।

बिष्टको प्रस्तावमा ऊर्जा मन्त्रालयका सचिव सरुवा गर्दा पनि विशेषज्ञता र अनुभवको प्रवाह गरिएन । लामो समय तत्कालीन जलस्रोत मन्त्रालयमा काम गरेका अनुभवी विशेषज्ञ सचिव शीतलबाबु रेग्मीलाई ऊर्जा तथा शक्ति आयोगमा सरुवा गरी ऊर्जा मन्त्रालयमा बालानन्द पौडेललाई ल्याइएको छ । कार्यक्षमताका दृष्टिमा राम्रै मानिने सचिव पौडेललाई ऊर्जा क्षेत्रको भने अनुभव छैन ।


Read More




निरन्तरताकै नीति तथा कार्यक्रम

काठमाडौ, अषाढ २० - अर्थतन्त्रका जटिलताको निकास खोज्नेभन्दा पनि सत्ता साझेदारलाई रिझाउने लोकपि्रय शैलीमा सरकारले आर्थिक वर्ष २०६८/६९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति रामवरण यादवद्वारा आइतबार संसद्मा प्रस्तुत नीतिमा 'जनयुद्धको पृष्ठभूमिमा मौलिक शान्ति प्रक्रिया सुरु गरेको' भन्ने विषय पहिलो पटक सरकारी दस्तावेजमा समेट्दै द्वन्द्वपीडित, घाइते, बेपत्ताका लागि विशेष कार्यक्रम समेटिएको छ ।

'हामीले जनयुद्धलाई मानेकै छैनौं,' कांग्रेस नेता रामशरण महतले भने, 'यसमा हाम्रो गम्भीर असहमति छ ।' जमिनमा भूमिहीन तथा जोताहा किसानको पहुँच कायम गरिने, जनताको तटबन्ध, द्वन्द्वपीडित परिवारका लागि विशेष कार्यक्रम माओवादीले चाहेका कार्यक्रम हुन् । तर माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने नीति तथा कार्यक्रमलाई विगतको निरन्तरता भएको टिप्पणी गरे । 'माओवादी सन्तुष्ट पनि छैन, असन्तुष्ट पनि छैन,' उनले भने ।

राष्ट्रपति यादवद्वारा झन्डै डेढ घन्टा लगाएर वाचन गरिएको नीतिलाई महतले 'पञ्चायती शैली' को लामो तर अर्थतन्त्रका समस्या सम्बोधन नगरेको दस्तावेज भनी टिप्पणी गरे । मूल्यवृद्धि र वित्तीय क्षेत्रका समस्यालाई समेट्न नसकेको उनले बताए ।

औद्योगिक विस्तारका ठोस कार्यक्रम नसमेटिए पनि व्यवसायीले प्रमुखताका साथ उठाइरहेको आयको स्रोत खुलाउनुपर्ने सीमालाई बढाउने निर्णय सरकारले गरेको छ । हाल १० लाखभन्दा बढीको रकम बैंकमा जम्मा गर्दा आयको स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

'सीमा बढाउन खोजिएको भने हो तर कति पुर्‍याउने भन्ने छलफलकै क्रममा छ,' अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने । यो प्रावधानका कारण सर्वसाधारणले बैंकमा रकम जम्मा नगरेकाले वित्तीय क्षेत्रमा तरल रकमको अभाव भएको व्यवसायीहरूको गुनासो छ । यससँगै वित्तीय क्षेत्रको समस्या सम्बोधन गर्ने विषय नीतिमा उल्लेख भए पनि ठोस योजना छैन ।

सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको छ । पश्चिम सेतीलगायत १० वटा जलाशययुक्त आयोजना सरकारले प्राथमिकतामा राखेको छ । निजी क्ष्ाेत्रले बनाउने अनुमति लिएर १६ वर्षसम्म बनाउन नसकेको पश्चिम सेतीलाई सरकार आफैंले बनाउने संकेत गरेको छ । पूर्व-पश्चिम पहाड जोड्ने राजमार्गसँगै मध्यपहाडी प्रसारण लाइन पनि अब सरकारको प्राथमिकतामा परेको छ ।

यससँगै उत्तर-दक्षिण प्रसारण लाइनलाई पनि नीतिमा समेटिएको छ । 'जनताको रहर उज्यालो सहर' भन्ने आकर्षक नारासहित सहरी सडकमा लोडसेडिङ नहुने योजना सरकारको छ । छुट्टै फिडर र बत्ती जडान गरेर लोडसेडिङ अन्त्य गर्न करिब २ अर्ब लाग्ने अनुमान ऊर्जा मन्त्रालयको छ ।

यससँगै जलविद्युत् विकास बैंक तथा कम्पनीका रूपमा ऊर्जामा लगानी गर्ने विशेष वित्तीय संस्था स्थापना गर्ने योजना सरकारको छ । 'हामीले १५ अर्ब मागेका छांै, बजेटमा ५ अर्बसम्म आउँछ कि,' ऊर्जामन्त्री गोकर्ण बिष्टले भने । बैंक स्थापनाका लागि सरकारको लगानीसँगै निजी क्षेत्रको सेयरसमेत टुंगो लगाएर एक हप्ताभित्र स्थापना गर्नेबारे निर्णय गरिने पनि मन्त्री बिष्टले बताए । सरकार, निजी क्षेत्र र सहकारीसहितको ३ खम्बे नीति लिइने उल्लेख भएको कार्यक्रममा बढ्दो व्यापार र भुक्तानी सन्तुलन घाटा, उत्पादनमूलक क्षेत्रको क्ष्ामतामा आएको ह्रास र निर्यात प्रवर्द्धनका ठोस कार्यक्रम नआएको गुनासो निजी क्षेत्रको छ । 'उत्पादन र उत्पादकत्व बढाउने ठोस कार्यक्रम छैन,' उद्योगी तथा सभासद राजेन्द्र खेतानले भने, 'निर्यात बढाउने कार्यक्रम पनि देखिँदैन ।'

विशेष आर्थिक क्षेत्र र लगानी बोर्ड विधेयक यसै वर्ष पारित गराउने नीतिमा उल्लेख छ । तर मुख्यतया माओवादीको विरोधका कारण आर्थिक क्षेत्रसम्बन्धी कानुन दुई वर्षदेखि संसद्मा थन्किएको छ ।

अर्थमन्त्री भरतमोहन अधिकारीले नक्कली बिलमा संलग्नलाई छुट दिने आशंका भइरहेका बेला नीति तथा कार्यक्रमले कडा कारबाही गरिने जनाएको छ । मानव विकासतर्फ कणर्ाली र सुदूरपश्चिमलाई यसपटकको नीति तथा कार्यक्रममा सरकारले बिर्सेको छैन । सधैं नयाँ कार्यक्रम आउने तर त्यहाँका जनताको जीवनस्तरमा कुनै सुधार नभएका बेला यसपटक कणर्ाली विकास आयोग गठन गरिने उल्लेख छ । सुदूरपश्चिमको सट्टा 'सेती-काली' भनिएकाले माओवादीको प्रभाव नीतिमा थप झल्किन्छ ।

मध्यपहाडी लोकमार्ग, तराई जोड्ने द्रुत मार्ग, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ आयोजना, बबई डाइभर्सनलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । सामाजिक सुरक्षातर्फ बैंक तथा वित्तीय संस्थामार्फत भत्ता उपलब्ध गराउने, हलिया, मुक्त कमैयाका लागि रोजगारजस्ता कार्यक्रम समेटिएका छन । तमलोपा नेता हृदयेश त्रिपाठीले सबै मन्त्रालयको माग समेटिएको तर मुलुकको अर्थ राजनीतिक समस्या सम्बोधन नभएको बताए । 'मन्त्रालयका माग राखेर राम्रो सम्पादक जस्तो काम भएको छ,' उनले भने । 

 

 


Read More




हङकङ सरकारद्वारा नेपाली सम्मानित

हङकङ, अषाढ २० - स्थानीय अल्पसंख्यकहरुका हकहितमा काम गरेबापत हङकङ सरकारले कुलप्रसाद गुरुङलाई ‘चीफ एक्जिक्युटिभस् कोमेन्डेसन फर कम्युनिटी सर्भिस’ ले सम्मानित गर्ने भएको छ  । हङकङको चौधौं वार्षिकोत्सवका अवसरमा शुक्रबार उनीसहित ८० जनालाई उक्त कदर–पत्रले सम्मानित गरिने घोषणा गरेको हो ।

यसवर्ष कदर पत्रले सम्मानित हुने उनी एक्ला नेपाली हुन् । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन जुलाई १ तारिखका दिन समाजमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुका सम्मानमा विभिन्न पदक तथा कदरपत्रको घोषणा हुने गर्दछ ।

घोषित अवार्ड चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर एकमा हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङले प्रदान गर्ने छन् । यसवर्ष ३ सय ३२ जनालाई विभिन्न पदक तथा कदर पत्र प्रदान गरिने भएको छ ।

१४ वर्षदेखि हङकङमा बसोबास गर्दै आएका ४४ वर्षीय गुरुङ विभिन्न सामाजिक कृयाकलापमा सकृय रहदै आएका छन् । उनी याउ चि मोङ जिल्ला परिषद्मा अल्पसंख्यक समितिका सदस्य हुन् ।

‘सरकारको सम्मानले सबै नेपालीको प्रतिष्ठा उचो बनाएको छ,’ गुरुङले ईकान्तिपुर सँग भने, ‘अन्यभन्दा पिछडिएको नेपाली समुदायलाई माथि उठाउन स्थानीय सरकारले प्रदान गरेको हौसला सह्रानीय छ ।’ यसअघि समेत अन्य चार नेपाली सोही अवार्डद्वारा सम्मानित भइसकेका छन् । नेपाली कांग्रेसको भातृ संगठन जनसर्म्पक समिति हङकङका पूर्व अध्यक्ष उनी कास्की पोखराका हुन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा गुरुङलाई नेपाली कांग्रेसले पोखरा उप–महानगरपालिकाबाट उप–प्रमुखको उम्मेदवार बनाएको थियो ।


Read More




भावी प्रधानसेनापतिका लागि कसरत

काठमाडौ, अषाढ १६ - नेपाली सेनामा एक रथीको पद रिक्त भएको बुधबार दुई महिना पुगे पनि सैनिक मुख्यालय जंगीअड्डाले उक्त पदमा बढुवाका लागि सिफारिस पठाएको छैन ।

सामान्यतः पद रिक्त भएको एक महिनाभित्र बढुवा प्रस्ताव पठाउने चलन रहे पनि जंगीअड्डाले प्रस्ताव नपठाएको रक्षा मन्त्रालय स्रोतले बतायो ।

सेनामा दुई रथी पद छन् । रथी पवनजंग थापाले ५८ वर्षे उमेर हदका कारण गत वैशाख १६ मा अवकाश पाएदेखि नै एक रथी पद रिक्त छ । चार दिनपछि अर्को रथी पद पनि रिक्त हुँदैछ । असार २० मा रथी तोरणजंगबहादुर सिंहले पनि उमेरको हदले अवकाश पाउँदैछन् ।

रथीमा बढुवा पाउनेमा सेनाको वरीयताक्रम अनुसार उपरथी गौरवशमशेर राणा एक नम्बरमा छन् भने उनीसँगै उपरथी बनेका नेपालभूषण चन्द दोस्रो वरीयतामा । अहिले एक नम्बरमा रथीमा बढुवा पाउने सैनिक अधिकृत नै भावी प्रधानसेनापतिको प्रमुख दाबेदार हुनेछन् । उच्च स्रोतका अनुसार सेनाभित्रको चलखेलका कारण रथी बढुवाको प्रस्ताव अघि नबढेको हो ।

'प्रक्रिया पूरा गर्ने हो भने रथीमा बढुवाका लागि प्रधानसेनापतिको अध्यक्षतामा उनले तोकेको वरिष्ठ रथी रहेको समिति बनाउने प्रावधान छ,' स्रोतले भन्यो, 'एक रथीले अवकाश पाइसकेका छन् र अर्कोले चार दिनपछि पाउँदैछन् । अहिलेसम्म पनि बढुवा समिति नबन्नुमा चलखेल रहेको स्पष्ट बुझ्न सकिन्छ ।'

विगतमा तत्कालीन रक्षामन्त्री विद्या भण्डारीले ठाडो प्रस्ताव लगेर गरेको एक सहायक रथीको म्याद थप कार्यान्वयनमा आउन नसकेकाले रक्षामन्त्री विष्णु पौडेल पनि बढुवा प्रकरणमा मौन रहेको स्रोतले बतायो । पूर्वमन्त्री भण्डारीले ठाडो प्रस्ताव लगेर सहायकरथी रमेश बिष्टको पदावधि तीन वर्ष थप्ने निर्णय गराए पनि सेनापति छत्रमानसिंह गुरुङले सैनिक ऐनमा सेनापतिको सिफारिसमा मात्र म्याद थप हुने व्यवस्था भएको भन्दै निर्णय माइन्युटिङ हुनबाटै रोकेका थिए ।

जंगीअड्डाले रिक्त रथीको बढुवा रोकेर थप दुई रथीसहित दर्जनौं उच्च पद थप्ने प्रस्ताव रक्षामा पठाएको छ ।

 


Read More




शान्ति र संविधान 'ओरालोतिर'

काठमाडौ, अषाढ १६ - कांग्रेस कार्यवाहक सभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया र संविधान निर्माण लुडोको साप-सिँढी खेलजस्तो सर्पको मुखमा पर्दै ओरालो लाग्दै गएको बताएका छन् ।

माओवादी विगतका सहमति, सम्झौताबाट पनि पछि हटेकाले शान्ति र संविधान ओरालो लागेको उनले उल्लेख गरे । 'शान्ति प्रक्रिया लुडो खेलजस्तो भएको छ । खेल्दै गएर माथि पुर्‍यायो, अनि सर्पको मुखमा परेर फेरि पुछारमा झर्ने भएको छ । संविधान निर्माणमा पनि त्यस्तै छ,' गणेशमानसिंह अध्ययन प्रतिष्ठानले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले भने, 'संविधानसभाको पहिलो बैठकमै संघीय लोकतान्त्रिक गणतन्त्र पारित गरियो तर माओवादीले विवाद समाधान उपसमितिमा फेरि यो विषयमा विवाद झिकेको छ ।'

 विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक प्रतिनिधि, दलका नेतहरू र नागरिक समाजलगायत उपस्थित कार्यक्रममा नेता पौडेलले आफूले सत्य बोल्दा निराश नहुन आग्रह

गरे । 'मैले अहिले सत्य बोलिनँ भने पछि सत्य थाहा पाउँदा तपाईंहरूको हार्ट फेल हुनसक्छ,' उनले भने । छ महिनामा शान्ति प्रक्रिया सक्ने र दुई वर्षमा संविधान लेख्ने पूर्वसहमति विपरीत माओवादीले यी दुवै विषय सँगसँगै अगाडि बढाउने भनेर गतिरोध सिर्जना गरेको बताए ।

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले अग्रगामी परिवर्तनलाई छाडेर निरपेक्ष रूपमा शान्ति प्रक्रियाको मात्रै कुरा गर्नु उचित नहुने बताए । 'शान्ति र संविधानबारे फोरम, गोष्ठीमा गहन छलफल गरेजस्तो देखाउनुभन्दा छिनोफानो गर्ने ठाउँमा जिम्मेवारीपूर्वक प्रस्तुत भएर यी विषय टुंग्याउनु उपयुक्त हुन्छ,' उनले भने ।

माओवादी सैन्य इन्चार्ज वर्षमान पुनले तत्कालीन आन्दोलनरत सात पार्टीले राजतन्त्र र एकात्मक सत्ता कायमै राख्न चाहेको तर आफूहरूका कारण परिवर्तन आएको बताए । 'माओवादीले पनि जित्न नसकेर सम्झौता गरेको हो भन्नु उचित होइन । सात दल पनि राजतन्त्र बचाउन नसकेर हामीसँगको सम्झौतामा आएका हुन्,' उनले भने, 'कुनै पनि मोर्चामा कसैले नजितेपछि साझा आधारमा सहमति भएको हो । अहिले पनि सोहीअनुरूप अघि बढेर समस्या समाधान गर्नुपर्छ ।' लडाकुका हतियार ३५ सय मात्रै भएकाले त्यत्तिकै संख्यामा समायोजन हुनुपर्छ भन्ने भनाइको उनले प्रतिवाद गरे । 'सेना र हाम्रा बराबरी हतियार कन्टेनरमा राखिएको हो । यस हिसाबले सेनाका पनि ३५ सय मात्रै हतियारलाई वैधानिकता दिइएको छ । तर्क नै गर्ने हो भने त सेनाका ३५ सय र हाम्रा ३५ सय मिलाएर सात हजारको मात्रै सेना बनाए भइहाल्यो नि,' शान्ति प्रक्रियामा आएको पाँच वर्षमा आफूहरूले पनि तर्क गर्न सिकेको जनाउँदै उनले भने ।

कांग्रेसका रामशरण महतले आफूहरूले लोकतान्त्रिक लोकतन्त्र (डेमोक्र्याटाइज डेमोक्रेसी) खोजेको बताए । 'पहिलेको अपुरो भएर नै डेमोक्र्याटाइज डेमोक्रेसी हुनुपर्छ भनेको हो तर प्रगतिशील मूल्य भन्ने कुरामा अस्पष्ट छ । त्यो प्रगतिशील मूल्यमा आवागमन, सम्पत्ति, अभिव्यक्ति, पेसा, व्यवसाय, रोज्ने लगायतका स्वतन्त्रता अटाउँछ कि अटाउदैन ?' उनले प्रश्न गरे ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देवले माओवादी र कांग्रेसको राजनीतिक समझदारी बिग्रेकाले धेरै समस्या सिर्जना भएको बताए ।

संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले शान्ति प्रक्रियाको मूलभूत काम सम्पन्न हुनुसँग संविधान निर्माणको विषय जोडिएको बताए ।

नेपाली भाषामै सम्बोधन सुरु गरेका जापानी राजदूत तात्सुओ मिजुनोले द्वन्द्वरत पक्षहरू पनि एकै ठाउँमा बसेर हाँसीहाँसी छलफल गर्ने नेपाली शैली राम्रो भएको बताए । जापानमा पार्टीभित्रैका विवादरत पक्षमा पनि यस्तो दृश्य देख्न गाह्रो हुने उनको भनाइ थियो ।


Read More




अध्यागमन प्रमुखलाई १५ लाख धरौटी

काठमाडौं, अषाढ १६ - विशेष अदालतले भ्रष्टाचार गरेको अभियोग लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख खडानन्द ढकाललाई १५ लाख धरौटी बुझाउन आदेश दिएको छ । विशेषका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले खडानन्दलले धरौटी नराखे जेल चलान गर्ने आदेश दिएपछि उनले बुधबारै उक्त धरौटी बुझाएका छन् ।

रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा गत वैशाख २८ मा अख्तियारले उनीविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि उनी फरार रहँदै आएकोमा बुधबारमात्रै अदालतमा उपस्थित भएका थिए । उनी साहित्यकार प्रतीक ढकालका नामले चिनिन्छन् ।

ढकाललाई सभासदहरूको रातो पासपोर्टमा पृथ्वी छन्त्याल र सीता साहलाई विदेश पठाएको र ती दुबईमा समातिएर नेपाल फिर्ता (डिपोर्ट) हुँदा भगाएको अभियोग लागेको छ । उनले अदालतमा बयान दिँदै आफू निर्दाेष भएको दाबी गरेका छन् । सहअभियुक्त अध्यागमन अधिकृत भूमिनन्द भण्डारीले अपराधबाट बच्न पोल लगाएको उनले बताएका छन् ।

कूटनीतिक राहदानी दुरुपयोगबाट आएको १ करोड ६२ लाख रुपैयाँ असुल भएको र त्यो रकम ढकालले पनि लिएको बयान भण्डारीले अख्तियारमा दिएका थिए । गत माघ २ गते विमानस्थलबाट छन्त्याल र साह उडेका थिए भने २ गते फर्किएका थिए । दुवै दिन ढकाल कार्यालयमा भएको र उनकै सहमतिमा उनीहरू उम्किएको भण्डारीले बताएका छन् ।

विशेषले गत जेठ १ गते सभासदद्वय विश्वनाथप्रसाद यादव र गायत्री साहलाई पनि यही अभियोगमा जनही १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार उनीहरू चारै जनाको पद निलम्बनमा परिसकेको छ । 'कुनै राष्ट्रसेवक अनुसन्धान तहकिकातका लागि दफा ३१ बमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकामा,' उक्त ऐनमा भनिएको छ, 'त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।'

 


Read More




विमानमा चरा ठोक्कियो

काठमाडौ, अषाढ १२ - भोजपुरबाट आएको विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किएको छ । अवतरण गर्ने क्रममा नेपाल वायुसेवाको नाइन एनबीओ विमानको अगाडिको भागमा चरा ठोक्किएको हो । चरा ठोक्किंदा विमानमा सामान्य क्षति पुगेको छ । यात्रु र चालक दल सकुशल छन् । ककपिटको शिशामा क्षति पुगेका कारण त्यसलाई फेर्नु पर्ने भएकाले उक्त विमानलाई फेरि उडाइएको छैन ।


Read More




पाँच जनाको समूहद्वारा भिक्षुलाई बलात्कार

खाँदबारी, अषाढ १२ - सुनसरीको धरानबाट संखुवासभाको खाँदबारी आउदै गरेको यात्रुवाहक बसका चालक सहित ५ जनाको समूहले एक युवतीलाई सामूहिक बलात्कार गरेका छन् ।  ना २ ख १३९५ नम्बरको भावना ट्राभल्सको बसका चालक सहित ५ जनाले खाँदबारी नगरपालीका १३ स्थित सभाखोलामा शनिबार राति बुद्धधर्मालम्बी भिक्षुलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

भोजपुर खाटम्मा घर भएकी २१ वर्षीया भिक्षुलाई राति १० बजेतिर उनीहरुले जबरजस्ती बसभित्रै लगेर बलात्कार गरेका थिए । बलात्कारको खबर पाएपछि संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले बस चालक सहित पाँचै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

 

प्रहरीले तेह्रथुमका २१ वर्षीय  चालक राजु लिम्वु, धनकुटा पाख्रीवासका १७ वर्षीय सोवित मगर, संखुवासभा मादीराम्वेनीका २४ वर्षीय भुवन गुरुङ, ईटहरी ५ का २७ वर्षीय द्रोणवहादुर राई र धरान १५ का १८ वर्षीय अभिसेक मगरलाई हिरासतमा राखि अनुसन्धान शुरु गरेको छ । प्रहरीले को १ ख २७२८ नम्बरको बस र ना २ ख १३९५ नम्बरको बसलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानका लागि राखेको छ ।

बलात्कार पछि ती युवतीको अझै होस आएको छैन । उनको चैनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि आइतबार दिउँसो धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

पक्राउ परेका पाँचै जनालाई कानुन अनुसार कारबाही गर्न उद्धार कार्यमा संलग्न संघीय लिम्वुवान राज्य परिषदका केन्द्रीय सदस्य सुमन मादेनले आग्रह गरेका छन् ।




Read More




कांग्रेसले बजेट प्रक्रिया नरोक्ने

काठमाडौ, अषाढ १२ - प्रमुख विपक्षी कांग्रेसले राष्ट्रलाई आर्थिक संकटबाट बचाउन सरकारद्वारा प्रस्तुत बजेटसम्बन्धी छलफल नरोक्ने औपचारिक निर्णय लिएको छ । तर पाँचबुँदे सहमतिको मर्मअनुसार बजेट ल्याइनुपर्ने उसको माग छ ।

संसदीय दलको शनिबार बसेको कांग्रेस बैठकले विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुने निर्णय लिएको हो । 'छलफलमा सहभागी हुने निर्णय गरेका छौं, बजेट ल्याउन दिने/नदिने भन्नेबारे सरकारले ल्याउने कार्यक्रमका आधारमा रणनीति तयार हुन्छ,' कांग्रेस संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले भने ।

कांग्रेसले सरकारले ल्याएको विनियोजन विधेयकमा 'बजेटको सिद्धान्त र प्राथमिकता' तय गर्न नसकेको भन्दै आलोचना गरेको छ । 'शान्ति प्रक्रिया टुंग्याउने, नयाँ संविधान निर्माण गर्ने, नयाँ संविधान कार्यान्वयन गर्नेजस्ता मुलुकका विद्यमान मूल विषयमा कुनै ठोस प्रतिबद्धता र योजना दस्तावेजमा आउन सकेको छैन,' दलको निर्णयमा भनिएको छ, 'यो दस्तावेज जेठ १४ को पाँचबुँदे सहमतिलाई कार्यान्वयन गर्ने दिशातर्फ उन्मुख देखिएन ।'

बजेटको अनुमानित आकारसमेत संसद्समक्ष पेस गर्नु गैरजिम्मेवारीपन रहेको आरोप लगाउँदै भनेको छ, 'अर्थतन्त्र अत्यन्त कमजोर रहेको अवस्था र वित्तीय क्षेत्र पनि अत्यन्त कमजोर रहेको अवस्थाप्रति सरकार संवेदनहीन रहेको थप प्रमाण हो यो दस्तावेज ।'

रोजगारी, लगानीको अनुकूल वातावरण निर्माण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति सुधार गर्ने, निर्यात व्यापार बढाउने, पुँजी पलायन रोक्ने, समयानुकूलको औद्योगिक सुरक्षा, गरिबी निवारणका लागि कृषिजस्ता महत्त्वपूर्ण उत्पादन वृद्धि र पुँजी निर्माणका लागि आवश्यक पूर्वसर्त बजेटको प्राथमिकतामा निर्धारण गर्न नसकेको कांग्रेसको ठहर छ ।

गरिबसँग विश्वेश्वर, महिला जागृति, युवा स्वरोजगारजस्ता विगतका सफल कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने माग कांग्रेसको छ ।

देउवा अनुपस्थितिबारे जानकारी माग

संसदीय दलको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर कांग्रेस केन्द्रीय सदस्य एवं सभासद नरहरि आचार्यले जानकारी माग गरेका छन् । दुई वर्षअघि संसदीय दलको नेतामा पराजित भएपछि उनी सिंहदरबारस्थित दलको कार्यालय जान छाडेका छन् ।

दुई वर्षयता भएका दलको २६ वटा बैठकमा देउवा एउटामा पनि उपस्थित भएनन् । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त रूपमा भएका दुईटा बैठकमा मात्रै उनी सहभागी भएका थिए ।

आचार्यले जानकारी पाएर हो या नपाएर, बैठकमा देउवा सहभागी नभएको भन्दै दलका नेता रामचन्द्र पौडेलसँग जानकारी मागेका थिए । पौडेलले हरेक बैठकका लागि जानकारी गराएको उल्लेख गर्दै आगामी बैठकमा विशेष अनुरोध गर्ने जवाफ दिएका थिए ।

 

 


Read More




दाहाल बिवाद मिलाउने बिधि बनाउँदै

  • तत्काल नेताको जिम्मेवारीमा हेरफेर, दीर्घकालीन रुपमा महाधिवेशनमा जाने

  • काठमाडौ, अषाढ १२ - माओवादी अध्यक्ष पुष्पकम दाहाल अन्तरसंघर्ष व्यवस्थापन गर्न तत्काल बिधि बनाएर अघि बढ्ने गृहकार्यमा लागेका छन् । सेना समायोजन र संविधान निर्माणका केही मुद्दामा उपाध्यक्ष मोहन बैद्य पक्षको फरक मतलाई सम्बोधन गर्न बिधि बनाउन उनले गृहकार्य थालेका हुन् ।

     उनले शनिबार साँझ उपाध्यक्ष बाबुराम भट्टराई र विहान आफू निकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्य बर्षमान पुनलगायतसंग अन्तरसंघर्ष बिधि तय गर्ने बिषयमा छलफल गरे ।

     'अध्यक्ष एउटा बिधि बनाएर अन्तरसंघर्ष व्यवस्थापन गर्ने गृहकार्यमा हुनुहुन्छ' उनी निकट एक वरिष्ठ नेताले भने, 'शान्ति र संविधानको कार्यनीति पारित गराएर जानुहुन्छ ।' यो कार्यनीतिमा उपाध्यक्ष भट्टराईको समर्थन भएकाले उनी बैद्यको फरक मत छलफल गर्ने ठोस बिधि बनाएर सहमति जुटाउने तयारीमा छन् । उनले आइतबार उपाध्यक्ष बैद्यसंग छलफल गर्दैछन् ।

     मन्त्रीपरिषद्मा समावेशी प्रतिनिधित्व गराउने र पार्टीमा देखिएको विवाद महाधिवेशनमा लगेर टुंग्याउने गरी छलफल अंघि बढाउने बिषयमा उनले भट्टराईसंग छलफल गरेको निकट स्रोतले जनायो ।

    दाहालले गत पुसमा केन्द्रीय समितिले पारित गरेको पाँच बुँदेमा टेकेर नयाँ बिधि बनाउन लागेका हुन् । पाँच केन्द्रीय स्तरका प्रशिक्षणहरूमा मतभेदको स्थितिलाई स्पष्ट पार्ने, पार्टी निर्णयअनुसार काम कारबाहीमा एकरूप भएर जानेबारे प्रतिबद्धता जाहेर गर्ने, पार्टी कार्यदिशा, कार्ययोजना र नेताहरूका विरुद्ध सार्वजनिक विरोध र नकरात्मक टिप्पणी गर्न नपाइने, एउटै कमिटीमा आवद्ध कमरेडहरूका बीचमा सम्बन्धित कमिटिको औपचारिक बैठकबाहेक पनि आपसमा छलफल तथा अन्तरक्रिया गर्न पाइने र तत्कालिन कार्यनीतिसाग सम्बन्धित मतभेदहरूलाई 'विचारधारा' -आन्तरिक प्रकाशन) मार्फत् पार्टी पङ्क्तीमा प्रवाहित गर्ने उल्लेख छ । दाहालले अब बनाउने बिधिमा भने अराजक नेता तथा कार्यकर्तालाई नियन्त्रण गर्ने कडा नीतिको तयारीम्ाा लागेका छन् ।

    शुक्रबार सुरु बैठकमा दाहालले अन्तरसंघर्ष समाधान गर्ने बिधि, उचित कार्यबिभाजन, सरकारमा समावेशी सहभागिता गरी बिवाद समाधान गर्ने प्रस्ताव राखेका थिए । भट्टराई पक्षले शान्ति र संविधानको कार्यनीतिमा दाहाललाई समर्थन गरे पनि कार्यबिभाजन र अन्तरसंघर्ष समाधान गर्न महाधिवेशनको मिति तोके बिवाद मिल्ने बताएका छन् । भट्टराई पक्षका पोलिटव्युरो सदस्य देबेन्द्र पौडेलले दुई कुरा तत्काल लागु गरे तत्काल बिवाद समाधान हुने बताए ।

     'उचित कार्यबिभाजन र वैचारिक बिवाद समाधान गर्न महाधिवेशनको मिति तोके कुरा मिल्छ' उनले भने ।

    बैद्य निकट स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले भने संविधानसभाको म्याद थप्दा गरिएको निर्णय सच्याएर अन्तरसंघर्ष समाधान हुने बनाए । 'अध्यक्षहरुले जे निर्णय गर्नुभयो, त्यसमा पुनर्बिचार गर्नुपर्छ' उनले कान्तिपरलाई दिएको अन्तरवार्तामा शनिबार भने, 'नेताको दोहोरो सुरक्षा हटाउने, हतियार अलग गर्ने, निर्देशनालय अन्तर्गत जाने कुरा केन्द्रीय कमिटीले निर्णय गरेको छैन । बैठकले यो निर्णय पुर्नविचार गर्नुपर्छ ।'

     बिवाद मिलाउने गृहकार्यका लागि शुक्रबार सुरु केन्द्रीय कमिटी बैठक कम्तिमा ३ दिनका लागि स्थगित गरिएपनि मुख्य तीन नेताबीच सहमतिमा बैठक लम्बिने संभावना छ । उपाध्यक्षद्धय बैद्य र भट्टराइले सांगठनिक र कार्यबिभाजनको एजेण्डामा पहिले सहमति गरेपछि मात्र बैठक बस्नुपर्ने अडान लिएका छन् ।

     यसैबीच मतभेद बढिरहंदा शिर्षस्थ नेताले आफ्नो पक्षमा भेला गर्ने क्रम जारी छ । यसैक्रममा तीन कुनेस्थित स्थित एक पार्टी प्यालेसमा शनिबार दाहाल पक्षका लेखक कलाकारको भेला भएको छ । भेलामा अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल जनकलाकार संघ, ललित कला संघ र चलचित्रकर्मी संघका केन्द्रीय सदस्य उपस्थित थिए ।  स्थायी समिति सदस्य बर्षमान पुन, पोलिटव्युरो हरिवोल गजुरेललगायतले प्रशिक्षण दिए ।


Read More




बाघले बालक खायो

बैतडी, अषाढ १० - दक्षिणी विशालपुरमा बिहीबार साँझ एक बालकलाई बाघले खाएको छ । विशालपुर-२ धौलगाडाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा केशव चन्दलाई साझ साढे सात बजेतिर घर आगनमै बाघले खाएको स्थानीयले बताएका छन । एक वर्षयता बिशालपुरामा तीन बालकलाई बाघले खाएको छ ।


Read More




कार्यकर्ताको व्यवहारले अमेरिकामा कोइराला रोए


न्युयोर्क, अषाढ १० - उपचारका लागि अमेरिकामा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोईराला कार्यकर्ताको व्यबहार प्रति दुखित हुदै उनीहरुकै सामु रोएका छन् । बिहीबार दिउँसो स्लोन क्याटरिङ क्यान्सर सेन्टरमा नियमित चेकअफ पछि निवासमा फर्किएका सभापति कोइरालालाई आ-आफनो आयोजनामा हुने कार्यक्रममा सहभागी हुन विवादित दुवै पक्षले दबाब दिएपछि भावुक हुदै कोईराला रोएका थिए । कांग्रेसकी उत्तर अमेरिकी प्रतिनिधी मृदला कोईरालाले ईकान्तिपुर सँग भनिन् 'आदर गर्नुपर्नेमा कार्यकर्ताहरुको अभद्रताले पार्टी सभापति साह्रै दुखित हुनु भएको छ ।' बिहिबार साँझ न्युयोर्कमा तोकिएको कार्यक्रम आफनो नेतृत्वमा गर्नका लागि विवादित पक्षहरुले बुधबार दिउसो देखि नै कोईराला माथि दबाब दिएका थिए ।

कांग्रेसको महासमिति सदस्य समेत रहेका जनसम्पर्क समितिका पूर्व अध्यक्ष आनन्द विष्टले अमेरिकामा जनसम्पर्क समिति मात्र कांग्रेस वैधानिक संगठन रहेकोले समितिकै ब्यानरमा कार्यक्रम हुनुपर्नेमा जोड दिदै आएका थिए भने अर्काे जनसम्पर्क समितीले विवादको पृष्ठभुमिमा तेस्रो विकल्पको प्रस्ताव गरेको थियो । सो पक्षका मनुेन्द्र नेवाङ, बिजय थुलुङ लगायतकाले समितीको ब्यानरमा कार्यक्रम गर्न समय उपयुक्त नरहेको तर्क कोईराला सँग राखेका थिए । काग्रेस सभापति बसिरहनु भएको राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधीको निवासमा दुई पक्ष बीच कोईरालाकै सामुन्ने चर्काचर्की भएको थियो । त्यसपछि, निरही भएका कोईराला रुन पुगेका थिए । चर्काे विवादका कारण सभापति कोइराला जनसम्पर्कको ब्यानरमा कार्यक्रममा जान अनईच्छुक भएपछि सबै मिलोमतोमा उत्तर अमेरिकी प्रतिनिधी मृदला कोइरालाको अगुवाईमा कार्यक्रम सम्पन्न भएको थियो ।

विवादित सबैपक्ष सहभागी भएको कार्यक्रममा सभापति कोईराला भावुक देखिएका थिए । कार्यक्रममा बोल्दै कोईरालाले दुई हात जोडेर विवादित पक्षहरुलाई मिल्न आब्हान गरे । 'यो झगडा के का लागि । सभापति कोईरालाले प्रतिप्रश्न गर्दै अगाडी भने'आज देखि तपाईहरु सबै मिलेर अगाडि बढनुस् ।' प्रवासमा नेपालीहरुको विभाजनको तितो प्रसंगलाई उठाउदै कांग्रेस सभापतिले फुटको राजनीतिले मुलुकको बर्बादी भएको उल्लेख गरे । अमेरिकाका कांग्रेसीहरुलाई मिल्न आब्हान गरेपनि सभापति कोईरालाले कसरी मिल्ने भन्ने बिषय केही बताएनन् । हालै अमेरिकामा गठन भएको भनिएको नेपाल तरुणको प्रश्नमा कोईरालाले भने' अमेरिकामा जनसम्पर्क समिती मात्र कांग्रेसको संगठन हो । तरुण दलको अर्थ छैन् ।'  अधिकांश समय राष्ट्रिय राजतिनीको चर्चा गरेका कोईरालाले मुलुकको शान्ति प्रक्रिया निकै सुस्त गतिको अगाडि बढेको बताए । उनको भनाई थियो' हामी अझै संक्रमणकाल बाट गुजि्ररहेका छौं ।' कार्यक्रममा सिन्धुपाल्चोकका कांग्रेसका पुर्वसभापति कान्छा लामाले पनि बोलेका थिए ।  

 

 

 

 

 

Read More




माओवादी केन्द्रीय समिति बैठक तीन दिनका लागि स्थगित


काठमाडौ, अषाढ १० - बहुप्रतिक्षित माओवादी केन्द्रीय समितिको बैठक फेरि तीन दिनका लागि स्थगित गरिएको छ । शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना धारणा राखेपछि बैठक स्थगित गरिएको थियो ।

अध्यक्षले प्रस्तुत गरेका एजेण्डाहरुमा तयारीका लागि बैठक स्थगित गरिएको बताईको छ । अध्यक्ष दाहालले सेना समायोजन,संविधान,सरकार,अन्तरसंघर्ष,कार्य विभाजन,भावि संघर्षका स्वरुप र विविध लगायतका विषयको एजेण्डा बैठकमा राखेका छन् ।

बैठकमा बोल्दै दाहालले शान्ति र संविधानका विषयमा माओवादी दृढता पूर्वक अघि बढीरहेको बेला कांग्रेसका कारण शान्ति प्रक्रियामा अवरोध आउने गरेको बताए । उनले पार्टी भित्रको अन्तरसंघर्ष व्यवस्थित गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । उनले फरक मत विषयमा फोरममा छलफल गर्दै गर्ने  र महाधिवेशनबाट त्यसलाई टुंग्याउनुपर्ने बताए ।



Read More




भावी सरकार एमालेकै नेतृत्वमाः ओली


काठमाडौ, अषाढ १० - एमाले नेता केपी ओलीले भावी सरकारको नेतृत्व पनि एमालेले गर्ने दावी गरका छन् । तर एमालेका कुन व्यक्तिले सरकारको नेतृत्व गर्ने त्यस विषयमा बताउन चाहेनन् ।

दुई साता लामो विदेश भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै भने-'सरकारको नेतृत्व फेरि एमालेले गर्छ, व्यक्तिको कुरा छाडिदिनुस ।'

उनले पत्रकार खिलानाथ ढकालमाथि आक्रमणका योजनाकार पर्शुराम वस्नेतलाई संरक्षण दिएको आरोपको खण्डन गरेका छन् । आफूले कसैको संरक्षण नगरको उनको भनाई थियो ।

'मुलुकको कुनै कुनामा कोही झगडा गर्छन वा भिड्छन् भने त्यसको जिम्मा मैले लिनुपर्ने ?' भन्दै उनले विरोधीले उचित ढंगले आफूसंग संघर्ष गर्ननसक्दा अनुचित बाटो रोजेको बताए ।

अर्को प्रसंगमा उनले पाँच बुँदे सहमति अनुसार वर्तमान सरकार व्यवहारिक रुपमा कामचलाउ भइसकेको बताए । उनले दलका नेताहरुको व्यवहारका कारण थपिएको तीन महिनामा शान्ति र संविधानका विषय पूरा हुनेमा आशंका रहेको उल्लेख गरे ।



Read More




एसएलसीमा अधिकांश लडाकु सफल एसएलसीमा अधिकांश लडाकु सफल

एसएलसीमा अधिकांश लडाकु सफल

  • दिहवनमा ९७ प्रतिशत उत्तीर्ण, ४ सय १६ को प्रथम श्रेणी दिशरथपुरमा ७३ प्रतिशत उत्तीर्ण

  • रोल्पा, अषाढ १० - यो वर्षको एसएलसीमा रोल्पाबाट परीक्षा दिएका माओवादी शिविरका ९७ प्रतिशत लडाकुहरू उत्तीर्ण भएका छन् । ४ सय १६ जनाले प्रथम श्रेणी ल्याएका छन् ।

    माओवादी सेनाको पाँचौं डिभिजन दहवनका ८४३ लडाकुले तीन परीक्षा केन्द्रबाट परीक्षा दिएकोमा २६ मात्र असफल भए । तीमध्ये ८ सय १६ लडाकु उत्तीर्ण भएका हुन् । ३ सय ८७ जना द्वितीय र १९ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । लडाकुकै लागि ३ परीक्षा केन्द्र थप गरिएको थियो । पाँचौं डिभिजनका सहकमान्डर राजबहादुर बुढामगर 'अविनाश' ले मसिना केन्द्रबाट सहभागी २ सय ९० मध्ये २ सय २५ प्रथम श्रेणीमा उत्तीर्ण भएको बताए । सैबाङ केन्द्रबाट १ सय ६ र नुवागाउँ केन्द्रका ८५ प्रथम श्रेणीमा उत्तीर्ण भए ।

    'सबैतिरबाट बधाई आइरहेको छ,' अविनाशले भने, 'पास भएकाहरू पनि धेरै उत्साहित हुनुहुन्छ ।' परीक्षार्थीहरूलाई जिल्ला शिक्षाले विशेष सुविधा प्रदान गरेको थियो । लडाकुहरूलाई अलग्गै केन्द्रमा राखिएको थियो । माओवादी लडाकुहरूलाई सरकारले खुला विद्यालयअन्तर्गत समावेश गरी छुट्टै केन्द्र बनाई परीक्षामा सहभागी गराएको शिक्षा अधिकारी दिनेश खनालले जनाए । आगामी वर्ष करिब ५ सय लडाकुले रोल्पाबाट परीक्षा दिने तयारी गरिरहेका छन् ।

    सुर्खेत संवाददाता मोतीलाल पौडेलका अनुसार दशरथपुरस्थित छैटौं डिभिजनसहित चार सहायक शिविरका १ सय ८९ लडाकुले एसएलसी उत्तीर्ण गरेका छन् ।

    डिभिजनको मुख्यालयसहित चारवटा सहायक शिविरबाट २ सय ६० लडाकु परीक्षामा सहभागी थिए । '७१ लडाकुको परीक्षा असफल भएको छ,' छैटौं डिभिजन प्रमुख महेन्द्र शाहीले भने, नतिजा राम्रै भएकाले शिविरमा खुसियाली छ ।'

    लामो समयपछि विद्यालयस्तरको परीक्षामा सामेल भए पनि लडाकुहरूले ल्याएको नतिजाबाट आफू सन्तुष्ट भएको उनले बताए । 'यो वर्ष असफल हुनेले पनि पढाइलाई निरन्तरता दिनु हुनेछ,' उनले भने । उनीहरूको उच्च शिक्षामा पनि अस्थायी शिविरले सहयोग गर्ने भएको छ । उत्तीर्ण लडाकुलाई उच्च शिक्षा दिलाउन शिविर छेउका उच्च माविमा भर्ना गर्ने शिविरले जनाएको छ ।

    ँशान्ति प्रक्रियाले पढ्न पाइयो’

    माओवादी सेनाको पाँचौं डिभिजनमा कार्यरत रोल्पा बडाचौरका धनबहादुर राना 'छिरिङ' अहिले निकै खुसी छन् । एसएलसी उत्तीर्ण गरेको खुसियालीमा गाउँमा पनि खुसीको आदानप्रदान भइरहेको छ । प्रथम श्रेणीमा फलामे गेट पार गरेपछि थप अध्ययनका लागि उनी क्याम्पस खोज्दैछन् । 

     'पढ्न छाडेर लडाइँमा होमिएको थिएँ,' रानाले कान्तिपुरसित भने, 'दस वर्षपछि पुनः पढेर पास भएँ ।' छोरा युद्धमा होमिएपछि पढाइ बिगारेको भन्दै खिन्न उनको परिवार पनि खुसीले दंग छ । परीक्षाको नतिजा थाहा पाएलगत्तै उनले बडाचौरमा रहेका बुबाआमालाई फोनबाट खबर सुनाए । 'उहाँहरू निकै खुसी हुनु भो,' उनले भने ।

    दस वर्षअघि माओवादीको सशस्त्र संघर्षमा सामेल नहुँदै उनी बडाचौरस्थित बराहक्षेत्र माविमा कक्षा १० मा पढ्दै थिए । पढाइ छाडेर बन्दुक समाइसकेपछि पुनः पढाइमा फर्किएला भन्ने उनलाई लागेकै थिएन । 'देश शान्ति प्रक्रियामा लागेकाले पढ्ने मौका पाएका हौं,' रानाले भने । 

    शिक्षा र अर्थशास्त्र विषयलाई मुख्य बनाएका उनले ५ सय ३२ अर्थात् ६६.५ प्रतिशत अंक ल्याएका छन् । फाराम भरेपछि लामो समय ट्युसन पढे । त्यसैले पनि उनलाई सफल हुन सघायो । माओवादी लडाकु रहेको पाँचौं डिभिजनको संक्राम बि्रगेडमा रहेका उनी भन्छन्, मेहनत गर्‍यो भने जति वर्ष अवरुद्ध भए पनि पुनः क्याम्पस फर्किन सकिने रै'छ ।

    फेलपछि आत्महत्या

    बझाङ- बझाङको चौधारी ७ की एक छात्राले एसएलसी परीक्षामा फेल भएपछि बुधबार साँझ घर नजिकैको एक रूखमा झुन्डिएर आत्महत्या गरेकी छन् ।

    चौधारी उच्च माविबाट यसपटक एसएलसी परीक्षा दिएकी गायत्री कोइरालाले आत्महत्या गरेको उनका आफन्तले जनाएका छन् ।

    कक्षा १ देखि कहिल्यै पनि असफल नभएकी कोइराला एसएलसी परीक्षामा भने ५ विषयमा असफल भएकीले आत्महत्या गरेको हुन सक्ने उनका बुबा सिद्धराज कोइरालाले बताए ।

    सर्लाहीमा २७ प्रतिशत मात्रै

    सर्लाही- यस वर्ष जिल्लामा २७ प्रतिशत परीक्षार्थी मात्रै एसएलसीमा उत्तीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । अधिकांश सरकारी विद्यालयले राम्रो नतिजा ल्याउन सकेनन् । शिक्षा कार्यालय परीक्षा फाँटका शम्भु ठाकुरले भने, 'निजी विद्यालयका लगभग शतप्रतिशत उत्तीर्ण भएका छन् । तर सरकारी विद्यालयको नतिजा निराशाजनक छ ।'

    विगतका तुलनामा उत्तीर्ण प्रतिशत तीन गुणा कम हुनुमा यस वर्षको परीक्षा मर्यादित हुनु प्रमुख कारण रहेको शिक्षा अधिकारी हेमन्त सिंह बताउँछन् ।

    आठ हजार विद्यार्थीले एसएलसी दिएकोमा जम्मा २ हजार १ सय ९२ परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये विशिष्ट श्रेणीमा १ सय ९९, प्रथम श्रेणीमा ८ सय ७३, द्वितीय श्रेणीमा १ हजार ५८ र तृतीय श्रेणीमा ६२ जना उत्तीर्ण भएको शिक्षा कार्यालयले जनायो ।

    संस्कृत माविको नतिजा शून्य

    नुवाकोट- यहाँको एकमात्र संस्कृत माविसहित तीन विद्यालयको एसएलसी नतिजा शून्य भएको छ ।

    एसएलसी नतिजामा राष्ट्रिय तथ्यांकभन्दा दस प्रतिशत कम विद्यार्थी उत्तीर्ण भएको नुवाकोटमा एसएलसी मा सहभागी भएका ९३ विद्यालयमध्ये तीन वटाको नतिजा शून्य रहेको छ । देवीघाटमा रहेको जिल्लाको एकमात्र संस्कृत अध्यापन हुने सहिद जगतप्रकाश जंग शाह संस्कृत माविबाट परीक्षा दिएका ९ जनामध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । दिव्यरत्न बोर्डिङ र प्राइभेट कायम गरिएको शिक्षा कार्यालय केन्द्रको नतिजा शून्य रहेको छ । निजी स्तरमा सञ्चालित दिव्यरत्न बोर्डिङले भने प्रवेशिका परीक्षामा सहभागिता नजनाएका कारण नतिजा शून्य रहेको जनायो ।


Read More




अदालतबिरुद्धको बक्तब्यवाजीबारे पुनरावेदनको छानविन

दोलखा, अषाढ १० - न्यायधीसको निर्णयप्रति नागरिक तहबाट शंका गर्दै बक्तव्यवाजी हुने क्रम बढेपछि पुनरावेदन अदालतले दोलखामा छानवीन थालेको छ ।

दोलखा जिल्ला अदालतले गरेको दुई वटा निर्णयको विरोधमा वक्तव्य जारी गरि पत्रकार सम्मेलन गरेपछि यथार्थ पहिचान गर्न पुनरावेदन अदालत पाटनबाट छानवीन थालिएको हो । दोलखा जिल्ला अदालतका न्यायधीस रामचन्द्र राईले गरेको दुई वटा आदेशमा चित्त नबुझ्ने पक्षले पत्रकार सम्मेलन गरेर दुःखेसो पोखेका थिए । पाटनका मुख्य न्यायधीस केशरीराज पण्डितले विहीवार दोलखाका पत्रकार, वकील, नागरिक समाज, अदालतका कर्मचारी र चित्त नबुझाउने पक्षसँग जानकारी लिए ।

आदेश चित्त नबुझे पुनरावेदन जाने न्यायिक मान्यता तोडेर पक्षहरु धमाधम सडकमा विरोधका बक्तव्य लिएर आउन थालेपछि स्रेस्तेदारसहित मुख्य न्यायधीस जिल्ला आएका हुन् । ‘न्यायलयप्रतिको विश्वास गुम्न नदिन हामी करेक्सन गर्न चाहन्छौ,’ पुनरावेदनका मुख्य न्यायधीस पण्डितले भने, ‘त्यसैले कमजोरी कहाँ रहेछ खोजी गर्न आएको हुँ ।’

आदेश र फैसलाहरुले एक पक्षलाई खुसी पार्छ र अर्कोलाई दुःखी । दुःखी पक्षले तत्काल धैर्यता गुमाउनु मानवीय कमजारी हो । अशान्त मानसिकतामा न्यय चित्त नबुझ्दा कानुनी बाटोमै जानुपर्ने हुन्छ । आदेश र फैसलाविरुद्ध वक्तव्यवाजी गर्नु, प्रेसमा जानु कानुनसंगत हुन्न । दक्षिणी गाउँ घ्याङसुकाठोकर र झुलेका दुई घटनाका सरोकारवालाहरुले अदालतको आदेश राजनीति, जातीय र अर्थिक लेनदेनबाट मुक्त हुन सकेको छैन भन्ने गम्भीर आरोप लगाउदै विज्ञप्ति जारी गरेको थियो । बक्तव्यवाजी गर्नेहरुलाई अदालतको मानहानीको आरोपमा मुद्दा लगाउने तहमा पनि छलफल भएको एक कानुन व्यवसायीले बताए ।

अदालतको गरिमा र अस्तित्वप्रति प्रश्न खडा गरेको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन दोलखाले पनि विज्ञप्ति जारी गरि न्यायधीसको छवि बचाउँ प्रयास गरेको थियो । बेन्च र नागरिक तहमा बढ्दै गएको द्वन्दात्मक अवस्थालाई न्युनीकरण गर्न पुनरावेदन अदालतको टोली आएको हो ।  मानहानीको सवाल उठाउनु भन्दा पनि अदालत फरक दृष्टीबाट जान खोजीरहेको सन्देश दिन आएको मुख्य न्यायधीस पण्डितले बताए ।

उनले भने,  ‘आदालत सर्वसाधरणको भरोसाको केन्द्र र नागरिकको विश्वास जित्न चाहन्छ ।’ सञ्चारकर्मीसँग भेटघाटपछि मुख्य न्यायधीसले बारको हलमा कानुन व्यवसायीसँग भेटेका थिए । अदालतको आदेशविरुद्ध बक्तव्यवाजी हुनु गलत प्रकृया भएको सुझाउदै वकीलहरुले न्यायधीस विवादमुक्त हुन नसकेकोतर्फ संकेत गरेको एक सहभागीले बताए । न्यायधीस राईको आदेश र फैसलाहरु राजनीति र जातीय कुराबाट प्रभावित हुने गरेको दलका नेता र केही कानुन व्यवसायीको गुनासो छ ।

जारी गरिएका विज्ञप्तिहरुमा राजनीतिक प्रश्रय देखिएको बताउँदै न्यायधीस राईले दुवै मुद्दामा थुनछेक गर्नुपर्ने कुनै कारण नभएको ईकान्तिपुरसंग भने । ‘मैले त दुवै घटनामा हदैसम्मको सजयाँ सुनाएको छु,’ उनले अझ खुलस्त पार्दै भने, ‘मलाई दुईवटा आरोप लाग्ने गरेको रहेछ, त्यसैको परिणाम वक्तव्यवाजी हो भन्ने लाग्छ ।’

फैसलाहरु माओवादी र जनजातिका पक्षमा हुन्छन भन्ने आरोप आफुलाई लाग्दै आएको उनले बताए । ‘तर जसले भने पनि निर्दोषलाई दोषी ठहर्याउनु वा दोषीलाई निर्दोश ठहर्याउन सकिंदैन,’ न्यायधीस राईले भने, ‘कागज, सवुत प्रमाण र ऐन कानुनले ठहर्ने नै फैसला गर्ने हो ।’


Read More




हत्यामा सम्लग्नको खोजिमा ५० प्रहरी

धनकुटा, अषाढ १० - धनकुटाको फाक्सिव गाविस ७ बिहीबार स्थानीय महिलाको हत्यामा सम्लग्न सम्झना लिम्बुको खोजिमा ५० प्रहरी परिचालन गरिए पनि पक्राउ गर्न सकेको छैन ।

बिजुली चोरीको आरोपमा सम्झनाले ५३ वर्षीया श्रीकुमारी लिम्बुलाई खुकुरी प्रहार गरि हत्या गरेकी थिइन् । घटनामा संलग्न भएको आरोपमा स्थानीय चन्द्रकुमारी परियारलाई पक्राउ गरिएको छ ।

तर, मुख्य अभियुक्त सम्झना घटना भए लगत्तै नजिकको फाक्सिब जंगलतर्फ फरार भएको प्रहरीले जनाएको छ । हिजो अपरान्हदेखि उक्त जंगलमा स्थानीयबासी र प्रहरीले घेरा हालि खोजतलास गर्दै आएका छन् । तर हालसम्म पक्राउ गर्न नसकिएको प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए ।

सशस्त्र र नेपाल प्रहरी गरि शुक्रबार बिहानसम्म ५० जवानले जंगललाई चारैतिरबाट घेरा हालेको छ । प्रहरी निरीक्षक अनिल पौडेलको नेतृत्वमा गएको सुरक्षाकर्मी खटिएको छ । लगातारको वर्षाले अवरोध पुर्याएपनि खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जंगलमा व्यापक खोजि गर्दा पनि फेला नपरेपछि अन्यत्र भागेको प्रहरीले अनुमान गरेको छ । बिहीबार अपरान्ह भएको घटनामा श्रीकुमारीमाथि खुकुरी प्रहार हुन थालेपछि छुट्याउन गएका मृतककी बुहारी निर्मला र छिमेकी सुमन विश्वकर्मा समेत घाइते भएका छन् । घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य स्थानीयबासीमाथि खुकुरी देखाउँदै सम्झना भागेको प्रत्यक्षदर्शीले बताए । 

     



Read More




भारतले पठायो अनुभवी राजदूत

नयाँदिल्ली, अषाढ १० - भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा आफ्ना अनुभवी कूटनीतिज्ञ जयन्त प्रसादलाई नियुक्त गरेको छ । नियुक्तिबारे बुधबार औपचारिक घोषणा गर्दै भारतीय विदेश मन्त्रालयले उनले आफ्नो जिम्मेवारी छिट्टै सम्हाल्ने जनाएको छ । केही समयअघि कान्तिपुरसँगको कुराकानीका क्रममा प्रसादले छिटोमा आगामी जुलाईको पहिलो साता र ढिलोमा दोस्रो साता आफू काठमाडौं पुग्ने बताएका थिए । भारतीय विदेश मन्त्रालयको पब्लिक डिप्लोमेसी शाखामा विशेष सचिवका रूपमा कार्यरत प्रसादले हालका भारतीय राजदूत राकेश सूदको स्थान

लिनेछन् । सूदको नयाँ जिम्मेवारीबारे औपचारिक घोषणा नभए पनि सरकारनिकट स्रोतहरूले उनलाई प|mान्स पठाइने दाबी गरेका छन् ।

नयाँ राजदूत नियुक्तिपछि नेपालप्रति विद्यमान भारतीय सोचमा सकारात्मक परिवर्तन आउने र दुई देशको सम्बन्ध नयाँ ऊर्जाका साथ अघि बढ्न सक्ने जानकार स्रोतहरूले टिप्पणी गरे । 'एक जना व्यक्ति फेरिँदैमा मुलुकको नीति परिवर्तन भइहाल्ने भन्ने होइन तर सोचमा परिवर्तन आउन सक्छ,' भारतीय दैनिक दि हिन्दुका सम्पादक सिद्धार्थ वर्द्धराजनले कान्तिपुरसँग भने ।

वर्द्धराजनको प्रतिक्रियालाई समर्थन गर्दै समाजवादी नेता विजय प्रतापले नेपाल-भारतबीचको विश्वासलाई नयाँ उचाइमा पुर्‍याउन प्रसादलाई सुझाव दिए । 'केही वर्षयता नेपाल-भारतबीच देखिएको अविश्वासलाई तोड्दै नेपाली दल, विद्वत्वर्ग र नागरिक समाजमाझ विश्वास र सद्भावको वातावरण बनाउनु नयाँ राजदूतका लागि चुनौती हुनेछ,' उनले थपे । र्फकन लागेका भारतीय राजदूत सूदको अलोकपि्रय व्यवहारले नेपालमा नयाँदिल्लीको छवि बिग्रँदै गएको पृष्ठभूमिमा पूर्व भारतीय राजदूत प्रा. विमल प्रसादका छोरा जयन्त काठमाडौं आउन लागेका हुन् ।

सन् १९७६ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका जयन्त प्रसाद मृदुभाषी कूटनीतिज्ञका रूपमा परिचित छन् । नयाँदिल्लीस्थित विदेश मन्त्रालय मुख्यालयमा र्फकनुअघि उनले अफगानिस्तानमा राजदूतको भूमिका निर्वाह गरेका थिए । अफगानिस्तानमा विकसित जटिल घटनाक्रम र त्यहाँ बढ्दै गएको भारतीय चासोको पृष्ठभूमिमा प्रसादले निर्वाह गरेको भूमिका भारतमा प्रशंसायोग्य मानिन्छ ।

प्रसादले राष्ट्रसंघसँग सम्बन्धित विभिन्न निकायमा भारतको तर्फबाट प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण भूमिकासमेत निर्वाह गरेका छन् । जेनेभास्थित निःशस्त्रीकरणसम्बन्धी कन्फरेन्स अन डिस्आर्मामेन्टका लागि भारतका स्थायी प्रतिनिधि रहेका प्रसाद त्यही मामिलामा राष्ट्रसंघीय महासचिवको सल्लाहकार बोर्डका सदस्यसमेत भएका थिए ।

अपि|mकी मुलुक अल्जेरियामा समेत राजदूत भएका प्रसाद सन् १९९८ देखि ९९ सम्म प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयस्थित वेदरहेड सेन्टर फर इन्टरनेसनल अफेयर्समा फेलो थिए ।

ब्रसेल्सस्थित युरोपेली युनियन, न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय तथा पेरिसस्थित भारतीय दूतावासमा विभिन्न महत्त्वपूर्ण भूमिकाको अनुभव पनि प्रसादसँग छ । परराष्ट्र सेवा प्रवेश गर्नुपूर्व प्रतिष्ठित सेन्ट स्टेफन्स कलेजमा भारतीय इतिहासका प्राध्यापकसमेत रहेका प्रसादकी श्रीमती पनि भारतीय प्रशासनिक सेवामा कार्यरत छिन् । प्रसाद यसअघि गत अपि्रल अन्तिम साता नै काठमाडौं पुग्ने बताइए पनि राजदूत सूदले विदेश मन्त्रालयमा लिखित अनुरोध गरेपछि उनी रोकिएको सरकारनिकट स्रोतहरूले बताएका छन् । ती स्रोतका अनुसार सूदले व्यक्तिगत कारण देखाउँदै केही महिनाका लागि प्रसादको काठमाडौं आगमन सार्न अनुरोध गरेका थिए ।

यसैबीच भारतीय विदेश मन्त्रालयले नेपाल र भुटान मामिला हेर्ने सहसचिव सतीश मेहतालाई पनि नयाँ जिम्मेवारी दिएको छ । मन्त्रालयको वेबसाइटमा जनाइएअनुसार मेहतालाई कुबेतका लागि भारतीय राजदूतका रूपमा नियुक्त गरिएको छ । करिब तीन वर्षयता नेपाल र भुटान मामिला हेर्ने नर्दन डिभिजनका प्रमुखका रूपमा मेहता कार्यरत थिए ।


Read More




'पत्रकार आक्रमण गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छु'

कास्की, अषाढ १० - प्रधानमन्त्री झलनाथ खनालले पत्रकार माथि आक्रमण गर्ने अपराधीलाई पक्राउ गरी कार्वाही गर्ने बताएका छन् ।'अपराधीलाई गिरफ्तार गरी कार्वाही गर्न निर्देशन दिएको छु' पोखरा विमानस्थलमा शुक्रबार संचारकर्मिहरु संग कुरा गदै प्रधानमन्त्री खनालले भने- 'फरार अपराधी पनि न्यायको कठघरामा आउने छ ।'

एमालेले अपराधी लुकाएको  पत्रकारहरुको जिज्ञासामा खनालले अपराधीलाई राजनीतिकरण गर्न नहुने बताउँदै उनले अपराधी  संरक्षण गर्न जो पनि अपराधी हुने  प्रष्टाए ।  यदि पार्टिमा नै कसैले अपराध गर्छ भने कुनै पनि हालतमा छुट नदिने उनले बताए ।

उनले   भदौ १४ सम्म संविधानको खाका बन्ने र शान्ति प्रकृया निष्कर्षमा पुग्ने बताए ।  माओवादीकेा दोहोरो सुरक्षा हटाउने देखि शिविरमा रहेका लडाकु रेखदेख गर्नेै लगायतमा काममा महत्वपुर्ण उपलब्धी भएको जनाए ।  उनले  दलहरुले सहमतिका लागी कुरा गरेको र प्रधानमन्त्रीको राजीनामा नमागेको दाबी गरे ।

यसैबीच,गृहमन्त्री कृष्णबहादुर महराले संसदको राज्य व्यवस्था समितिमा बोल्दै पत्रकार खिलानाथ ढकालमा माथि आक्रमण गर्न लगाउने योजनाकार पर्शुराम वस्नेतलाई पक्राउ गर्न स्पेसल टास्क फोर्स गठन गरी परिचालन गरिएको बताएका छन् ।

 


Read More




नेपालगन्ज, अषाढ १० - नेपालगन्जवाट विहान कार्गो लिएर हुम्लाको सिमीकोट उडेको तारा एयरको एउटा विमान दुर्घटना भएको छ । विहान करिब ८.१४ वजे नेपालगन्ज विमान स्थलवाट खाद्यान्न लिएर उडेको तारा एयरको ९ एन ए जि क्यु डोर्नियर विमान डाउन ड्राफ्टमा परेर हेभि ल्याण्डिङ्ग गर्दा दुर्घटना भएको हो ।

रन वे वाट वाहिर पुगेको विमानको अगाडीको भाग र पखेटामा क्षति पुगेको नेपालगन्जस्थित नागरीक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा रहेका चालक दलका तीन सदस्य सकुशल छन् । विमानमा क्याप्टन वोधराज निरौला, सहायक क्याप्टन एम एम श्रेष्ठ र परिचारीका डि जोशी सकुशल रहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

 


Read More




सुडान घोटालामा आरोपित सिटौलामाथि पार्टीबाट छानबिन माग

काठमाडौं, अषाढ ९ - कांग्रेसका युवा नेताहरूले सुडान घोटाला प्रकरणमा महामन्त्री कृष्णप्रसाद सिटौलाको संलग्नताबारे पार्टीबाट पनि छानबिन थाल्नुपर्ने माग गरेका छन् ।

१२ औं महाधिवेशनले पार्टीभित्र र बाहिरसमेत भ्रष्टाचार हटाउन विशेष पहल थाल्ने नीति लिएको बताउँदै उनीहरूले राष्ट्रलाई बदनाम बनाउने गरी भएको सुडान घोटाला प्रकरणमा महामन्त्री सिटौलाको मुख्य संलग्नता भनेर प्रचारित भइरहँदा सिंगो पार्टी नै बदनाम हुन पुगेको बताए । पार्टीको छवि बचाउन पनि आन्तरिक रूपमा छानबिन अघि बढाउनुपर्ने उनीहरूको जोड छ ।

सिटौला गृहमन्त्री हुँदा सुडान मिसनमा खटिएका सुरक्षाकर्मीको बस्दोबस्तीका सामान खरिदमा झन्डै २९ करोड रुपैयाँ भ्रष्टाचार भएको अभियोगसहित प्रहरी अधिकारीविरुद्ध मुद्दा चले पनि पूर्वगृहमन्त्री र सचिवलाई उन्मुक्ति दिइएको छ । 'कुनै पनि व्यक्ति या एउटा नेताको कारणले पार्टीलाई बदनाम हुन दिन हुँदैन, सुडानमा महामन्त्रीको संलग्नतको विषय जसरी बाहिर आइरहेको छ, यसले पार्टीको छविमा प्रश्न खडा गरेको छ,' युवा नेता एवं केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने, 'यसको आन्तरिक रूपमा पनि तत्काल छानबिन गरी सत्यतथ्य जनसमक्ष ल्याउनुपर्छ ।'

घोटालामा सिटौलाको संलग्नतालाई लिएर चर्को विरोध हुँदा पनि पार्टी नेतृत्व भने मौन रहँदै आएको छ । हालै सम्पन्न सभापतिहरूको राष्ट्रिय भेलामा समेत सिटौलाको संलग्नताबारे नेतृत्वले प्रस्टीकरण दिनुपर्ने माग राखिएको थियो । पाण्डेले पार्टीको १२ को महाधिवेशनले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न पार्टीभित्र र बाहिरसमेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति लिएकाले पनि यो मुद्दामा मौन बस्न नहुने बताए । 'छानबिनमा देखिने जुनसुकै तह, तप्काका नेता र नातागोतासमेत कारबाहीको दायरामा आउनुपर्छ,' उनले भने, 'कसैले उन्मुक्ति पाउने र कोही कारबाहीको भागी हुने अवस्था हुनुहुँदैन ।'

अर्का केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले राष्ट्रको प्रतिष्ठा गिराउने सुडान प्रकरणप्रति पार्टी नेतृत्व चुप लागेर बस्न नहुने बताए । 'पार्टीको पोजिसन हेरेर कारबाही गर्ने/नगर्ने, छानबिनको गहिराइमा पुग्ने र नपुग्ने कार्य हुनुहुँदैन, कांग्रेस, एमाले या माओवादीको टोपी लगाउँदैमा दोषीले उन्मुक्ति पाउनु हुँदैन,' थापाले भने, 'यसको छानबिन जरोसम्म पुग्नुपर्छ भनेर पार्टीले अडान लिनुपर्छ ।'

युवा नेताहरूले सुडान प्रकरणमा सिटौला र पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइरालाको छोरीज्वाइर्ँ रुवेल चौधरीको संलग्नतालाई लिएर पार्टीको केन्द्रीय समितिको बैठकमा समेत कुरा उठाउने तयारी गरेका छन् । 'सुडान भनेको राष्ट्रको बेइज्जत हुने कान्ड हो । यसमा दोषी भएकाहरूले उन्मुक्ति पाएनन् भनेमात्रै भविष्यमा भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिन्छ,' अर्का केन्द्रीय सदस्य गुरुङले भने, 'दोषीलाई कठघरामा ल्याइएन भने भ्रष्टाचार गर्नेहरूलाई उत्साह हुन्छ ।'

गुरुङले यस घोटालामा कांग्रेस र एमालेको जतिसुकै ठूलो नेता भए पनि त्यस्तालाई  कठघरामा ल्याएर छानबिन गर्नुपर्ने बताए ।

सिटौलाले भने सुडान प्रकरणमा आफूलाई थाहा नपाएको प्रतिक्रिया दिँदै आएका छन् । उनले केही समय अघि पार्टी केन्दीय समितिको बैठकमा पार्टीका नेता चिरञ्जीवी वाग्लेविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयको पार्टीले विरोध गर्नुपर्ने प्रस्तावसमेत राखेका थिए । तर, अधिकांश सदस्यहरूले त्यसको प्रतिवाद गरेपछि प्रस्ताव छलफलबाट हटाइएको थियो ।

'एउटै मुलुकमा दुईथरी नागरिक हुँदैन । घोटालामा संलग्न भनिएका कांग्रेसकै नेता र नातागोतालाई समेत छानबिनको कठघरामा ल्याइनुपर्छ,' थापाले भने, 'नेता भएकै कारण कसैले उन्मुक्ति पाउँछ भने त्यसको प्रतिवाद पार्टीभित्रबाट पनि हुन्छ ।'

दोषी भए सिटौला कारबाहीको भागिदार बन्नुपर्छः ढुगाना

भक्तपुर- कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले सुडान घोटाला प्रकरणमा पार्टी महामन्त्री कृष्णप्रसाद सिटौला दोषी ठहरिएमा कारबाहीको भागिदार बन्नुपर्ने बताएका छन् । उनले कुनै पनि भ्रष्टाचारीलाई पार्टीले संरक्षण नगर्नेसमेत बताए । 'महामन्त्री सिटौला दोषी ठहरिनासाथ पार्टीले पनि कारबाही गर्छ,' बुधबार भक्तपुरमा रक्तसञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा ढुंगानाले भने, 'उनी मात्रै होइनन्, सुजाताका ज्वाइँ रुबेल चौधरीलाई पनि घोटालामा संलग्न भए कारबाही हुनुपर्छ ।'

 


Read More




पत्रकारले गृहमन्त्रीको बाटो छेके

  • कार्यक्रम पनि बहिष्कार

    काभ्रे , अषाढ ८ - मध्यमाञ्चलस्तरीय सुरक्षा भेलामा सहभागी हुन धुलिखेल पुगेका गृहमन्त्री कृष्णबहादुर महराको बाटो पत्रकारहरुले छेकेका छन् । कार्यक्रमस्थल नजिकै मिराबेल चोकमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अगुवाईमा पत्रकारहरु सडकमा उभिएर बाटो छेकेका थिए ।

    पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गर्न नसकेकोमा गृहमन्त्रीको आलोचना गर्दै महासंघ काभ्रे शाखाले बाटो छेकेर उनलाई ज्ञापनपत्र पनि बुझाएका थिए । ज्ञापनपत्रमा विराटनगरका पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गर्ने दोषीलाई कारवाही तथा आम पत्रकारको सुरक्षाको माग गरिएको छ ।

    गृहमन्त्री महराले महासंघको माग प्रति आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै पत्रकारमाथि आक्रमण गर्नेलाई कानूनी कारवाहीका लागि आफू अग्रसर रहेको बताएका थिए । पत्रकारले बाटो छेकेको कारण महरा कार्यक्रमस्थलमा १५ मिनेट ढिला पुगेका थिए ।

    यसैबीच,महासंघ काभ्रे शाखाले पत्रकारमाथि आक्रमण गर्ने पर्शुराम वस्नेतलाई यतिका दिन भइसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री महराको कार्यक्रम बहिष्कार गरेको छ । कार्यक्रमस्थलमा काभ्रे शाखाका अध्यक्ष महेश पौडेलले निकम्मा गृह प्रशासनले दोषीलाई पक्राउ गर्न नसकेकोले गृहमन्त्री र सुरक्षा निकायको कार्यक्रम पत्रकारले बहिष्कार गर्ने भनेपछि सबै पत्रकारहरु कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

    सुरक्षा रणनीतिबारे छलफल गर्न मध्यमांचल स्तरीय सुरक्षा भेला बोलाइको हो । धुलिखेलमा सुरु भएको उक्त भेलामा गृहमन्त्री, गृह सचिव,तीन वटै सुरक्षा निकायका प्रमुख,क्षेत्रीय प्रशासक,महानगरीय प्रहरी आयुक्त लगायत ९२ जना सुरक्षा अधिकारीहरु सहभागी छन् ।

     

     


Read More




कतारका ३ लाख ८ हजार नेपाली, एक लाख २० हजार जाँदै

दोहा (कतार),, अषाढ ८ - कतारको श्रम मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार कतारमा हाल ३ लाख ८ हजार २ सय ४९ नेपाली कार्यरत छन् । यस अघि करीव साढे ३ लाख भएको अनुमान गरिदै आएको थियो । अबको ६ महिनाको अबधीमा १ लाख २० हजार भन्दा बढि थपिने संभाबना देखिएको छ ।

कतारको श्रम मन्त्रालय र नेपाली दुतावास, कतारका अधिकारीहरु वीच सोमवार भएको भेटवार्तामा मन्त्रालयले यो तथ्याङ्कबारे जानकारी गराएको हो । कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रले कतारका सामाजिक मामिला मन्त्री तथा निमित्त श्रम मन्त्री नासेर अब्दुल्ला सालेह अल–हेमिदीसंग श्रम मामिला लगायतका विषयमा भेटवार्ता गरेका थिए ।

भेटमा मन्त्री हेमिदीले नेपाली कामदारको लागि १ लाख २० हजार ९ सय ४४ भीसा स्वीकृत भएको जानकारी दिए, जस अनुसार ३० हजार ७ सय कामदारको भीसा अध्यागमनबाट निस्किसकेको र कामदार आउने प्रकृया रहेका जनाएका छन् । ९० हजार २ सय ४४ कामदारको भीसा श्रम बिभागबाट स्वीकृत भई सकेको छ, जुन अध्यायगनबाट निस्कन बांकी छ । भीसा निस्केको ६ महिना भित्र कामदार कतार छिरिसक्नु पर्ने हुन्छ ।

विभिन्न कंपनीहरुले ५९ हजार २ सय ४४ नेपाली कामदार माग गर्दै श्रम बिभागमा निवेदन दिएको समेत हेमिदीले राजदुत मिश्रलाई बताएका थिए । ‘नेपाली कामदार मेहनतलाई हामीले अन्यन्त मन पराएका छौ, हामी उनीहरुको कामबाट सन्तुष्ट छौं’ मन्त्री हमिदिको भनाई उदृत गर्दै मिश्रले बताए ।

श्रम मन्त्रालयमा एक घण्टा १० मिनेट भएको भेटवार्तामा नेपाली कामदारको पुर्णकालिन विमा, नेपाली कामदारलाई नेपाली स्वास्थ्यकर्मी र कानुन प्रदद्ध अधिकार प्राप्तीमा भएको व्यवहारिक कठिनाई बारे पनि कुरा भएको मिश्रले बताए । हमिदीले कामदारको हक पाउन समस्या भए जानकारी गराउन आग्रह गर्दै समाधानको पहल गर्ने बताए । मन्त्रालयको कामदारको गुनासा सुन्नको लागि हट लाईन टेलिफोनको व्यवस्था गरेको समेत हमिदिले जानकारी दिएका थिए ।

पुर्ण कालिन विमा र नेपाली कामदार बढी भएको ठाउँमा नेपाली स्वास्थ्यकर्मी राख्ने बारे हमिदिले इर्दपछि कंपनी संचालकहरुसंग कुरा गर्ने बताएका छन् । वर्षका करीव २ सय नेपालीले कतारका मृत्यु हुने गरेको छ, जसमा कार्यस्थलमा निधन भएका बाहेक क्याम्पमा निधन भएकोमा विमाले समेटेको छैन ।

कतारको कानुन अनुसर ५ देखि २५ कामदार भएको क्याम्पमा प्राथमिक उपचार बाकस (फष्ट एड बक्स), १ सय कामदार भएको क्याम्पमा पुर्णकालिन एक जना नर्स र ५ सय भन्दा कामदार भएको कंपनीले एक जना डाक्टर र एक जना नर्स राख्नु पर्ने प्रावधान छ । मिश्रले नेपालमा दक्ष कामदार पनि रहेको जनाउ“दै भाषाको समस्याको कारण कतिपय अदक्ष कामदारलाई यहाँ उपचारमा समस्या परेको जनाएको बताए ।

‘वार्ता एकदम सकारात्मक भयो, उहाँहरु समस्या समाधानमा गंभिर हुनुहुन्छ’ मिश्रले ईकान्तिपुरलाई भने–‘हामीले सुरक्षित आप्रवासन गराउन सक्यौं भने राष्ट्रिय अर्थतन्त्रलाई ठुलो योगदान दिन सक्ने छौं ।’ सुरिक्षित आप्रवासनको लागि दुतावासले दुतावासले भीसा र कामदारको रोजगार संझौता (एम्प्वाईमेण्ट कन्ट्रयाक्ट) प्रमाणीकरण गरेको छ । तर कैयौं म्यानपावर एजेन्सी र ऐजेण्टहरुले नक्कली कामदार संझौता बनाउने र त्यसैलाई वैदेशिक रोजगार विभागले स्वीकृत दिएपछि कामदार कतार आउने गरेकोले समस्यामा परेका छन् ।

मन्त्री हमिदिले नेपाली हाउसमेडको कतारमा आवश्यकता रहेको जनाउँदै छिटो र सरल प्रकृया बनाउन आग्रह गरेका थिए । नेपाल सरकारले खाडीमा घरेलु कामदार खुला गर्न मापदण्ड तयार गरेको राजदुत मिश्रले जनाकारी दिएका थिए ।

पहिल्लो समय कतार नेपालको माग बढ्दै गएको देखिएको छ । सामान्यतः महिना ६/७ हजार कामदार कतार भित्रिने गरेकोमा पहिल्लो ६ महिनादेखि यो संख्यामा बृद्धि भएको छ । कतारले विश्वकप २०२२ को पुर्वाधार निर्माण गर्ने योजनासंगै कामदारको माग बृद्धि हुन थालेको हो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार जेठमा विदेदिएका ४० हजार ४ सय ६१ मध्ये सबै भन्दा बढी कतारमा १३ हजार ७ सय १९ छन् ।

इरान पनि इच्छुक

नेपाली कामदारको क्षमता देखेर इरानले पनि आफ्नो देशको विभिन्न क्षेत्रमा काम दिन इच्छुक रहेको जनाएको छ । कतारका लागि इरानी राजदुतले नेपाली राजदुतसंग हालै यो चाहना व्यक्त गरेका छन् ।

कतारस्थित इरानी दुतावासले हालै कतारबाट १२ देशका राजदुतहरुको इरानको फार्स प्रान्त को भ्रमण गराएको बेला इरानी राजदुत अब्दुल्ला सोह्रबीले नेपाली कामदारप्रति रुचि देखाएका थिए । सोह्रबीले नेपाल इच्छक भए यसबारे संझौता गर्न चाहेको बताएका छन् । उनले कृषि, फलफुल तथा पशुपालनको क्षेत्रबारे जनाउ“दै नेपाली कामदार पाएमा लिने बताएका थिए ।

फार्सका भ्रमणमा नेपाल, जापान, काजाकास्तान, चीन, बंगलादेश, अफगानिस्तान सहित अफ्रिकी मुलुकका राजदुतहरुले भ्रमण गरेका थिए । इरानी दुतावासले आर्थिक कुटनिती अन्तर्गत फार्स प्रान्तको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय, औद्योगिक तथा कृषि जन्य क्षेत्रको शुक्रवार र शनिवार भ्रमण गराएको थियो ।

 


Read More




कानून पालना र भ्रष्टाचार नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ, अषाढ ८ - गृहमन्त्री कृष्णबहादुर महराले कानूनको दायरा भित्र रहेर काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले कानून भन्दा माथि कोही हुन नसक्ने भन्दै कानून पालना गर्न र गराउन निर्देशन दिएका हुन् ।

काभ्रेको धुलिखेलमा बुधबारबाट सुरु भएको मध्यमांचलस्तरीय सुरक्षा अधिकारीहरुको भेलामा बोल्दै महराले प्रहरी/प्रशासन भित्रको भ्रष्टाचार नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए । उनले जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी भित्रको भ्रष्टाचार रोक्न अधिकारीहरुलाई निर्देशन दिए । कानूनको पालना र भ्रष्टाचार नियन्त्रणमा महराको जोड थियो ।

कार्यक्रममा मध्यमांचालभरिका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख सहित तीन वटै सुरक्षा निकायका प्रमुख,गृह सचिव लगायतका उच्च सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको छ । नयाँ सुरक्षा रणनीति तय गर्न भेला बोलाइएको हो ।  भेला बिहीबारसम्म चल्नेछ । गृहसचिव लिलामणि पौडेलको अध्यक्षतामा भेलाको दोस्रो सत्र सुरु भएको छ । प्रत्येक जिल्लाका सिडिओलाई १० मिनेट बोल्ने समय दिइएको छ । सिडिओ र प्रहरी प्रमुखले आफ्नो जिल्लाको सुरक्षा अवस्था,चुनौति र समस्याबारे भेलामा कुरा राख्दैछन् । प्रहरीको पूरानो संरचनाका कारण अहिलको अवस्थामा सुरक्षा व्यवस्था सुदृढ गर्न कठिनाई भइरहेको कतिपय अधिकारीहरुले बताएका छन् ।


Read More




२० दिनमा ४ पटक भत्क्यो धावनमार्ग

  • पिच भएको तीन महिना मात्र भयो

  • न्यून गुणस्तरीय सामग्री प्रयोगको आशंका

    काठमाडौ, अषाढ ८ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य धावनमार्ग २० दिनयता चार पटक भत्किसकेको छ । धावनमार्ग पिच गरिएको तीन महिनामात्रै भएको छ । मंगलबार पनि धावनमार्गको बीचमै खाल्डो परेपछि करिब ३ घन्टा कुनै उडान हुन सकेन ।

    विमानस्थलको अवस्था जोखिमपूर्ण भएपछि मंगलबार बिहान कतार र जेट एयरवेज यहाँ अवतरण नगरी अन्यत्रै डाइभर्ट भएका थिए । साढे ६ बजे विमानस्थल खुले पनि धावनमार्ग भत्किएको थाहा पाएपछि मर्मत गर्न ३ घन्टा बन्द गरियो । मंगलबार विमानस्थलको 'इन्टेल सेक्सन' ३ र ४ को बीचमा रनवे भत्किएको हो । ३ हजार ३ सय मिटरको धावनमार्गमध्ये डेढ सय मिटर दूरीमा खाल्डो परेको हो ।

    आन्तरिक उडानलाई भने करिब ४५ मिनेटपछि १ हजार ९ मिटर रनवे खुला गरिएको विमानस्थल स्रोतले बतायो । ४५ मिनेट अवधिमा तारा, गुण, अग्नि र बुद्धका जहाज पनि आउने स्थानबाट नजिकैको विमानस्थलमा डाइभर्ट हुन बाध्य भएको विमानस्थलको उडान सूचना शाखाका एक अधिकारीले बताए । 

    २४ करोड रुपैयाँको लागतमा पिच गरिँदा न्यून गुणस्तरीय सामग्री प्रयोग भएको हुन सक्ने विमानस्थल वित्तीय शाखाका एक कर्मचारीले बताए । 'काम गर्दा २५ देखि ३० प्रतिशतसम्म कमिसन बाँडफाँड हुन्छ,' विमानस्थलका एक अधिकारीले भने, 'विमानस्थलदेखि प्राधिकरणका अधिकांश अधिकारीसम्म हिस्सा पुग्ने हुँदा दोषीलाई कारबाही होला भन्नेमा शंका छ ।'

    विमानस्थल स्रोतका अनुसार यसअघि १५ दिनमा ३ पटक धावनमार्गमा प्वाल परेको थियो । 'त्यतिबेला सूचना बाहिर लान दिइएन,' स्रोतले भन्यो । हवाई क्षेत्रमा सबैभन्दा संवेदनशील भाग धावनमार्ग हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आईकाओ) का अनुसार एकतिहाइ हवाई दुर्घटना धावनमार्गको समस्याले हुने गरेको छ ।

    दिउँसो खाल्डो देखिएपछि विमान चालक वा अरू कसैले जानकारी दिन सक्ने भए पनि राति सानो त्रुटिले पनि ठूलो दुर्घटना हुन सक्ने ती कर्मचारीले बताए । पर्यटन व्यवसायीले यस्ता गतिविधिका कारण देशको साख घट्नुका साथै विमान कम्पनीको आकर्षणसमेत घट्ने बताउँछन् । 'यसमा निर्माण गर्नेसँगै बनेको धावनमार्गलाई सही प्रमाणित गर्ने इन्जिनियर पनि दोषी छन्,' पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले भने, 'सबै दोषी भएपछि कसलाई के भन्ने ?'

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले लामो समयपछि पिच गरिएको हुँदा जहाजको दबाब थेग्न नसकी भत्किएको हुन सक्ने बताए । 'राति काम भएको हुँदा केही स्थानमा मापदण्ड नपुगेको हुन सक्छ,' उनले भने ।

    बारम्बार धावनमार्ग भत्किएपछि पाँच दिनअघि मात्र यसको निर्माण कार्यमा संलग्न परामर्शदातालाई स्पष्टीकरण सोधिएको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले बताए । 'काम विमानस्थल सुधार आयोजनाले गरेको हुँदा अरू विषय थाहा छैन,' उनले थपे । विमानस्थल सुधार आयोजना प्रमुख ध्रुव वोत्से बारम्बार प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

    धावनमार्गलगायत विमानस्थल पूर्वाधारको मापदण्डसम्बन्धी हेर्ने प्राधिकरणको एरोड्रम सेफ्टी एन्ड स्ट्यान्डर्ड विभागका प्रमुख पुण्यराज शाक्यले पनि यसबारे कुरा गर्न मानेनन् । उनले यसबारे जानकारी दिन महानिर्देशकको आदेश चाहिने बताए ।


Read More




के सहमति भयो म्याद थप्न ?(पूर्णपाठ)


काठमाडौ, जेष्ठ १५ - आज मिति २०६८ जेठ १४ का दिन हामी देहायका राजनीतिक दलहरू निम्न सहमतिमा पुगेका छौं ।

१.    तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम पूरा गर्ने ।

२    तीन महिनाभित्र संविधानसभाबाट संविधानको पहिलो मस्यौदा तयार पार्ने ।

३.    नेपाली सेनालाई समावेशी बनाउनेलगायत मधेसी मोर्चासँग विगतमा भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने ।

४.    संविधानसभाको समयावधि तीन महिना थप गर्ने ।

५.    राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त गर्ने ।


Read More




सहमतिबाटै शान्ति र संविधान निर्माणः प्रधानमन्त्री

काठमाडौ, जेष्ठ १५ - प्रधानमन्त्री झलनाथ खनालले दलहरुबीच राष्ट्रिय सहमति भइसकेकाले आउने तीन महिनाभित्र शान्ति प्रक्रियाले निष्कर्ष पाउने बताएका छन् । उनले सो समय भित्र संविधानको प्रारभ्भिक मस्यौदा समेत तयार गर्न आफूहरु रारष्ट्रिय सहमतिका साथ अघि बढने बताए ।


खनालले शान्ति र संविधान निर्माणलाई टुंगोमा  पुर्याउन राष्ट्रिय सहमति नै आवश्यक रहेको बताउँदै निर्धारित समयमा कार्य सम्पन्न गर्न सबैको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेका जनाए ।

आइतबार राजधानीमा आयोजित गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदैं उनले नेपाली जनताको संविधान सुरक्षीत गर्न दिगो शान्ति र परिवर्तन हुनुपर्ने उल्लेख गरे  । खनालले भने, 'यसका लागि सहकार्य र सहमतिबाट अघि बढन सबै प्रतिबद्ध हुनपर्छ । ' 

मुलुकमा ऐतिहासिक लोकतन्त्र, धर्मनिरपेक्षता, संघियता जस्ता महत्वपूर्ण उपलब्धि प्राप्त  गर्नु सकरात्मक भएको प्रधानमन्त्री खनालले दिवसको अवसरमा बताए । उनले राजतन्त्रको अन्त्य भई गणतन्त्र दिवसको चौथो वर्षलाई स्वागत गर्न पाउनु ऐतिहासिक उपलब्धि भएको प्रष्टयाए । यस्तै गणतन्त्र प्रप्तीका निम्ति ज्ञात-अज्ञात सहीदलाई श्रद्धासुमन  प्रधानमन्त्री खनालले व्यक्त गरे ।

यसैगरी दिवसको अवसरमा , राष्ट्रपति रामबरण यादव , उपराष्ट्रपति, सभामुख, कांग्रेस सभापति कोइराला लगायतका नेताहरुले बिहानै शुभाकमना सन्देश दिएका छन् ।       


Read More




'संविधानसभाको म्याद थप्नु अघि राष्ट्रिय सरकार'


काठमाडौ, जेष्ठ १ - माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभाको म्याद थप्नु अघि संयुक्त राष्ट्रिय सरकारको आवश्यकता औल्याएका छन् । त्यसका लागि बर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिन सकिने उनको भनाइ थियो ।

आइतवार सुनसरीको हाँसपोसस्थित सहिद स्मृति अवासीय विद्यालयको दोस्रो बार्षिकोत्सवमा सहभागी हुन आएका भट्टराईले

जेठ १४ गतेभित्र संविधान नआउने भएकाले जनतलाई राहत दिन मधेसवादीसहित सबै दलहरु मिलेर शान्ति र संविधानको ग्यारेन्टी दिनु पर्ने बताए ।

'सेना समायोजन र पुनस्थापनाका बारेमा गम्भीर वार्ता भइहेको छ, त्यसबाट चाँडै ठोस कुरा आउनेछ' उनले भने ।

उनले नयाँ संविधानका लागि राज्यको पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन पद्धतीमा मात्र विवाद रहेको उल्लेख गर्दै कतिपयले संविधानसभाको विघटनको माग गरेकोमा आपत्ति जनाए ।

कार्यक्रममा विद्यालयका विभिन्न क्रियाकलापहरुमा सहयोग पुर्याएको भन्दै ईकान्तिपुरकर्मी शंकर खरेललगायतलाई भट्टराईद्वारा सम्मान गरिएको थियो ।


Read More




विद्यालयलाई शान्ति क्षेत्र बनाउन नेताद्धारा प्रतिबद्धता


तनहुँ, वैशाख ३१ - तनहुँको खैरेनीटार स्थित खैरेनी उच्च माविमा सबै प्रकारको राजनीतिक गतिविधि बन्द गरि विद्यालयलाई शान्ति क्षेत्र बनाउन खैरेनीटार गाविसका राजनीतिक दलले प्रतिवद्धता जनाएका छन् ।

इन्सेक जिल्ला कार्यालयको आयोजनामा उच्च माविको हाताभित्र भएको कार्यक्रममा एमाले क्षेत्र नम्बर ३ का अध्यक्ष रामचन्द्र उपाध्याय, माओवादीका गाउँ कमिटी सेक्रेटरी विरेन्द्रकुमार श्रेष्ठ र कांग्रेस गाउँ कार्य समितिका सभापति लक्ष्मण तिमिल्सेनाले कुनै पनि दलले विद्यालयमा राजनीतिक गतिविधि गर्न नुहनेमा एक्येवद्धता जनाएका हुन्  ।

कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमबहादुर थापाले शान्तिपूर्ण वातावरणमा पढ्न पाउने  विद्यार्थीको अधिकारलाई सम्मान गर्न दलहरुले गरेको प्रतिवद्धता सकारात्मक भएको बताए ।

इन्सेक जिल्ला संयोजक सवनम शर्माले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई सुरक्षित गर्न विद्यालय शान्ति क्षेत्र अभियान प्रति सबैले प्रतिबद्धता जनाउनु खुशीको कुरा भएको बताईन् ।


Read More




‘जनतालाई चित्त बुझदो आधार दिनुपर्छ’


काठमाडौ, वैशाख ३१ - एमाले महासचिव ईश्वर पोखरेलले जनतालाई चित्त बुझ्दो आधार प्रस्तुत नगरेसम्म संविधानसभाको औचित्य नरहने बताएका छन् ।

शनिबार बिहान विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले सबै कुरा प्रष्ट नगरी म्याद थप्नुको अर्थ नरहने बताएका हुन् ।

शान्ति प्रक्रिया र संविधान निर्माणसँग गाँसिएका मुद्दाहरुमा विगतमा के कती काम गरियो भनेर पनि प्रष्टयाउनु पर्ने उनको भनाई थियो । 


Read More




माओवादीले अन्य दलसंग छलफल बढाउने


काठमाडौ, वैशाख ३१ - माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा अन्य दलसंग प्राथमिकताका साथ छलफल गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले सेना समायोजन टुङ्गयाउन तिव्रताका साथ छलफल बढाउने निर्णय गरेको हो ।

'सेना समायोजनको मोडालिटी र संविधान निर्माणका विषयमा अन्य दलहरुसंग छलफल बढाउँछौं',बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने-'पार्टीको पारित नीति भित्र रहेर छलफल गर्छौं ।'

माओवादीले लडाकुको मात्र छुट्टै संरचना बनाउने नभए मिश्रति छुट्टै संरचना बनाउने नीति पारित गरेको श्रेष्ठले बताए । बैठकमा माओवादी लडाकु रेखदेख,समायोजन तथा पुनःस्थापना विशेष समितिको काम कारवाही बारे पनि छलफल भएको थियो ।


Read More




'म्याद थप्न वर्तमान सरकार विघटन हुनुपर्छ'


काठमाडौ, वैशाख ३१ - कांग्रेसले संविधानसभाको म्याद थप्न सरकार विघटनको शर्त अघि सारेको छ । शनिबार  प्रधानमन्त्री झलनाथ खनालसंगको भेटमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जेठ १४ अगाडि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने शर्त राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पौडेलले अहिलेकै अवस्थामा संविधानसभाको म्याद थपको पक्षमा कांग्रेसले मदतान गर्न नसक्ने स्पष्ट पारेका थिए । 'राष्ट्रिय सहमति र शान्ति सम्झौता विपरीत गरिएको सात बुँदे सहमतिको जगमा बनेको सरकार विघटन हुनुपर्छ,'प्रधानमन्त्रीसंगको भेटपछि पौडेलले भने-'जेठ १४ अगाडि शान्ति प्रक्रियामा पनि ठोस कार्य हुनुपर्छ । प्रधानमन्त्रीलाई यही कुरा स्पष्ट पार्‍यौं ।'उनले जेठ १४ अगाडि माओवादी लडाकुको समायोजन र पुनःस्थापना हुनुपर्ने बताए ।

दलहरुसंग नगरी सरकारले एकलौटी रुपमा  संविधानसभाको म्याद थपको प्रस्ताव ल्याएकोमा कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

सरकारले संविधानसभाको म्याद थप्ने प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीले राजनीतिक दलहरुसंग परामर्श थालेका छन् । अन्य दलसंग पनि प्रधानमन्त्रीले परामर्श गर्दैछन् ।

Read More




जनजाति महासंघको बन्दले जनजीवन प्रभावित/राजधानीमा ५६ जना पक्राउ


काठमाडौ, वैशाख ३० - आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चाले आव्हान गरेको नेपाल बन्दका कारण शुक्रबार राजधानी काठमाडौं लगायत मुलुकको विभिन्न भागको जनजीवन प्रभावित बनेको छ । राजधानीका सडकमा फाटफुट सवारी साधनमात्र देखिएको छ ।

 बन्द गराउँदै हिडेका ५६ जनालाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट बिहान ११ बजेसम्म पक्राउ गरेको छ । चावहील चोकबाट नेपाल आदिवासी जनजाति महासंघका कोक्षाध्यक्ष डण्डु शेर्पासहितलाई पक्राउ गरिएको छ ।

महानगरी प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालका अनुसार कलंकीबाट १७, शंकरदेव क्याम्पस अगाडि पुतलीसडकबाट १७,चावहिलबाट १,बानेश्वरबाट १ तथा बालाजुबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ । बन्दका क्रममा बिहानसम्म कुनै अप्रीय घटना नभएको उनले ई-कान्तिपुरलाई बताए । कलंकीमा थप फक्राउ परेका छन् ।

बन्दका कारण जनजीवन प्रभावित भएको छ । कामकाजीहरु पैदलै लामो दुरीबाट हिडेर कार्यालय जानु पर्ने अवस्था सृजना भएको छ । बन्दका कारण आम मान्छेले दु:ख ब्योहोर्नु परेको छ ।

यसैबीच बन्दको बिरोध  गर्दै पर्यटन व्यवसायीहरुले ठमेलबाट मोटरसाइकल र्‍याली निकालेका छन्  ।


Read More




आम्दानीको चित्तबुझ्दो स्रोत नदेखिए पनि महँगा गाडी चढ्ने, महलमा बस्ने नवधनाढ्यको राजस्व अनुसन्धान विभागले छानबिन सुरु गरेको छ । विलासी जीवनयापनको भरपर्दो आधार पेस गर्न नसके उनीहरूमाथि कारबाही गर्ने विभागको योजना छ ।
Read More




तीन दिनअघि बालाजुमा मृत फेला परेकी महिलालाई उनकै श्रीमान्ले हत्या गरेको खुलेको छ । गोरखा थुमीका भरत खत्रीले श्रीमती मायाको घाँटी रेटेर हत्या गरेको पुष्टि भएको हो ।
Read More




संखुवासभा, वैशाख १० - लालिगुरॉसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा कांग्रेसले छानबिन सुरु गरेको छ ।


Read More




संखुवासभा, वैशाख १० - लालिगुरॉसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा कांग्रेसले छानबिन सुरु गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा शशांङक कोइरालाले गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका कार्यकर्ता सम्लग्न भएमा कडा कारबाही गर्न लिखित पत्र पठाएका छन् ।


 
Read More




गुरॉसको राजधानीमा वन अतिक्रमणबारे छानविन सुरु गुरॉसको राजधानीमा वन अतिक्रमणबारे छानविन सुरु

गुरॉसको राजधानीमा वन अतिक्रमणबारे छानविन सुरु


संखुवासभा, वैशाख १० - लालिगुरॉसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा कांग्रेसले छानबिन सुरु गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा शशांङक कोइरालाले गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका कार्यकर्ता सम्लग्न भएमा कडा कारबाही गर्न लिखित पत्र पठाएका छन् ।

केन्द्रको पत्र प्राप्त भएपछि जिल्ला कार्यसमितिले छानबिन सुरु गरेको कांग्रेस सचिव मुक्तिसिंह राईले बताए । सचिव राईका अनुसार गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका सदस्य संलग्न भएको पाइएमा कडा कारबाही गर्ने निर्णय भइसकेको छ ।

 गुरा“स वन क्षेत्र नुनढाकी– ७ को कित्ता नम्बर ५६७ को ८० हजार ५ सय ३० बर्ग मिटर र वडा ९ को कित्ता नम्बर १७२ को १ लाख ४२ हजार ६ सय ४० बर्ग मिटर वन क्षेत्र ८ जनाका नाममा दर्ता भएको हो ।

संखुवासभा, वैशाख १० - लालिगुरॉसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा कांग्रेसले छानबिन सुरु गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा शशांङक कोइरालाले गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका कार्यकर्ता सम्लग्न भएमा कडा कारबाही गर्न लिखित पत्र पठाएका छन् ।

केन्द्रको पत्र प्राप्त भएपछि जिल्ला कार्यसमितिले छानबिन सुरु गरेको कांग्रेस सचिव मुक्तिसिंह राईले बताए । सचिव राईका अनुसार गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका सदस्य संलग्न भएको पाइएमा कडा कारबाही गर्ने निर्णय भइसकेको छ ।

 गुरा“स वन क्षेत्र नुनढाकी– ७ को कित्ता नम्बर ५६७ को ८० हजार ५ सय ३० बर्ग मिटर र वडा ९ को कित्ता नम्बर १७२ को १ लाख ४२ हजार ६ सय ४० बर्ग मिटर वन क्षेत्र ८ जनाका नाममा दर्ता भएको हो ।

कांग्रेसले जस्तै एमालेले पनि आफ्ना सदस्य वन दर्ता प्रकरणमा संलग्न रहे कारबाही गरिने एमाले सचिव कवानसेन राई बताउछन् । सचिव राईका अनुसार वन क्षेत्र दर्ता गर्ने व्यक्ति एमालेका भए÷नभएको छानबिन भइरहेको छ । 


Read More




गुरॉसको राजधानीमा वन अतिक्रमणबारे छानविन सुरु


संखुवासभा, वैशाख १० - लालिगुरॉसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा कांग्रेसले छानबिन सुरु गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा शशांङक कोइरालाले गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका कार्यकर्ता सम्लग्न भएमा कडा कारबाही गर्न लिखित पत्र पठाएका छन् ।

केन्द्रको पत्र प्राप्त भएपछि जिल्ला कार्यसमितिले छानबिन सुरु गरेको कांग्रेस सचिव मुक्तिसिंह राईले बताए । सचिव राईका अनुसार गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका सदस्य संलग्न भएको पाइएमा कडा कारबाही गर्ने निर्णय भइसकेको छ ।

गुरा“स वन क्षेत्र नुनढाकी– ७ को कित्ता नम्बर ५६७ को ८० हजार ५ सय ३० बर्ग मिटर र वडा ९ को कित्ता नम्बर १७२ को १ लाख ४२ हजार ६ सय ४० बर्ग मिटर वन क्षेत्र ८ जनाका नाममा दर्ता भएको हो ।

किक्ता नम्बर १७२ पूर्णेप्रसाद, जगबहादुर, लोकबहादु र शंकरकुमार लिम्बू तथा पासाङ शेर्पाका नाममा दर्ता गरिएको छ । कित्ता नम्बर ५६७ सन्तकुमार, थोकराज र दुर्गाबहदुर लिम्बुका नाममा दर्ता भएको हो । किन १७२ गत ०६७ माघ ७ गते र किन ५६७ गत ०६७ फागनु १७ गते दर्ता गरिएको हो । 

कांग्रेसले जस्तै एमालेले पनि आफ्ना सदस्य वन दर्ता प्रकरणमा संलग्न रहे कारबाही गरिने एमाले सचिव कवानसेन राई बताउछन् । सचिव राईका अनुसार वन क्षेत्र दर्ता गर्ने व्यक्ति एमालेका भए÷नभएको छानबिन भइरहेको छ । 


Read More




४३८ रोपनी गुराँस वन व्यक्तिका नाममा ४३८ रोपनी गुराँस वन व्यक्तिका नाममा
9 baishakhसंखुवासभा- लालीगुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ ।नुनढाकी ७ को कित्ता नम्बर ५६७ को ८० हजार ५ सय ३० वर्ग मिटर र वडा ९ को कित्ता नम्बर १७२ को १ लाख ४२ हजार ६ सय ४० वर्गमिटर वन क्षेत्र ८ जनाका नाममा दर्ता भएको हो ।
Read More




डडेल्धुरा , वैशाख ९ - घरमा बुहारी एक्लै रहेको मौला छोपी बलत्कार गर्न खोज्ने ससुराको बुहरीले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

Read More




पासपोर्ट दुरुपयोगः अध्यागमनका कर्मचारीको मिलेमतो

  • नक्कली हस्ताक्षर गरिएको अध्यागमन प्रमुखको दाबी

  • काठमाडौं, वैशाख ९ - सभासदको कूटनीतिक राहदानी प्रयोग गरेर विदेश जाने दुई व्यक्तिलाई अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भगाइएको देखिएको छ । सभासदद्वय बीपी यादव र गायत्री साहको कूटनीतिक राहदानी प्रयोग गरी गएका पृथ्वी छन्त्याल र अर्की एक महिला अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भागेको अनुसन्धानबाट खुलेको हो ।

    उनीहरू काठमाडौं विमानस्थलबाट इत्तेहाज एयरवेजमार्फत अबुधावी पुगेका थिए । ट्रान्जिटमा त्यहाँको अध्यागमनले जाँच गर्दा कूटनीतिक राहदानी नक्कली भएको पुष्टि भएपछि नेपाल फर्काइएको थियो । अध्यागमनका कर्मचारीले प्रक्रिया पूरा गरेर छन्त्याल र अर्की एक महिलालाई बुझेका थिए । तर उनीहरू विमानस्थलबाटै 'फरार' भएपछि अध्यागमनका कर्मचारीको मिलेमतोमा भगाइएको पुष्टि भएको हो ।

    एयरवेजको ई वाई २९२ को उडानबाट नेपाल आइपुगेका उनीहरूलाई विमानस्थलस्थित इतिहाज एयरवेजका कर्मचारी वियोम राथीले पत्र पठाएर नेपाली अध्यागमनलाई बुझाएका थिए । नक्कली राहदानीमा गएका उनीहरूलाई अध्यागमन विभागका आगमन अधिकृत भूमिनन्द भण्डारीले पत्रमा हस्ताक्षर गर्दै बुझेको अध्यागमन स्रोतले जनाएको छ । 'एयरवेजका कर्मचारीले पठाएको पत्रमा हस्ताक्षर गरेर मान्छे बुझ्ने काम भएको छ, बुझिसकेपछि उनीहरूलाई कहाँ पठाइयो भन्ने अभिलेख छैन,' अध्यागमनका एक अधिकृतले भने ।

    त्यतिबेला विमानस्थल अध्यागमन विभागमा ११ कर्मचारी कार्यरत थिए । घटनामा उनीहरूको पनि संलग्नता हुनसक्ने देखिएको छ । 'जिम्मा लगाएको व्यक्तिलाई एक जनाको मात्र निर्णय वा प्रयासले छाड्न सम्भव छैन,' ती अधिकृतले भने, 'अध्यागमनले सामान्य प्रक्रियासमेत पूरा गरेको देखिँदैन ।'

    स्रोतका अनुसार उनीहरूलाई नेपाल फर्काइएको दिन त्यहाँ मुख्य आवागमन अधिकृत भण्डारीसहित शंकर लामिछाने, लबहाङ राई, रमेश लम्साल, शालिकराम लम्साल, घनश्याम गौतम, चोलरमण अधिकारी, शम्भु श्रीवास्तव, इन्द्र सुनुवार, निर्माणकुमार पोख्रेल र विष्णु पौडेल ड्युटीमा थिए ।

    त्यहाँ ड्युटी गर्नेहरू को, कुन स्थानमा बस्ने भनेर छुट्याउन गोलाप्रथा हुने गर्छ । 'आकर्षक ठाउँ एक जनालाई मात्र नपरोस् भनेर गोला प्रथा गर्ने चलन छ,' अध्यागमनका ती अधिकृतले भने ।

    १६ जनवरीमा काठमाडौं विमानस्थलबाट अबुधावी हँुदै सिड््नी उडेका उनीहरूले डालिमा ट्राभल्स एन्ड टुरबाट ९ जनवरीमा बुकिङ गराएका थिए । डालिमा टुर्सले बुकिङ गराउन ओसो वल्र्ड ट्राभल्समा आशीष शेर्पा भन्ने व्यक्ति गएका थिए । तर आशीषको थर फरक हुनसक्ने प्रहरीले जनाएको छ ।

    उक्त एयरवेजको 'एप्सेक' भन्ने सुरक्षा संयन्त्रले विमानका यात्रुहरू माथि चेकजाँच गर्न पाउँछ । अन्य विमानले पाउँदैनन् । एप्सेक सुरक्षा संयन्त्रका साजिद भन्ने सुरक्षा अधिकारीले जाँच गर्ने क्रममा सभासद गायत्री साहको राहदानीमा अर्कै व्यक्ति फोटो टाँसेर आएको पुष्टि भएपछि माथिल्ला सुरक्षा अधिकारीलाई फिर्ता पठाउन सिफारिस गरेका थिए । त्यही सिफारिसका आधारमा उनीहरूलाई नेपाल फर्काइएको हो । सामान्य क्लासमा टिकट काटेका उनीहरूलाई त्यता पठाउँदा पनि बिजनेस क्लासमा राखेर पठाइएको अनुसन्धानमा देखिएको छ ।

    तर अध्यागमन विभाग प्रमुख खडानन्द ढकालले आफ्ना कर्मचारीले गल्ती नगरेको दाबी गर्दै इत्तेहाज एयरवेजका कर्मचारीले पत्रसहित मान्छे बुझाएको भन्ने विषयमा अन्योल रहेको बताए । 'बुझाएको पत्रमा गरिएको हस्ताक्षर त्यो बेला ड्युटीमा रहेका अध्यागमन अधिकृतको होइन,' उनले भने 'त्यो पत्र नियोजित छ ।'

    तर इत्तेहाज एयरवेजका कर्मचारीले नियोजितरूपमा गलत पत्र बनाएको हो त ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । 'पत्रसहित व्यक्ति बुझाएको हो कि होइन अनुसन्धान गर्ने निकायले गरिरहेको छ, यो बेला मैले बोल्नु ठीक हँदैन,' उनले भने, 'कूटनीतिक राहदानी प्रयोग गर्नेहरूभन्दा राज्यले सम्मान गरेर दिएको राहदानी गलत प्रयोग गर्ने सभासद गलत हुन् ।'

    सभासदको कूटनीतिक राहदानी दुरुपयोग भएको विषयमा प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैले अनुसन्धान गरिरहेका छन् ।


Read More




संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका विवादित विषय साँघुरिए पनि संविधान निर्माणमा दलहरु उदासीन बनेको आरोप लगाउनुभएको छ । उहाँले संविधान निर्माणमा दलहरुलाई सकारात्मक दवाव सिर्जना गर्न पनि आग्रह गर्नुभयो । महिला सभासद समुह ककसले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष नेम्वाङले दलहरू संविधान निर्माणमा केन्द्रित भए निर्धारित समयमै संविधान बन्न समस्या नभएको बताउनुभएको हो ।
Read More




दाहालद्वारा जनविद्रोहको कार्यदिशा स्थगित दाहालद्वारा जनविद्रोहको कार्यदिशा स्थगित
काठमाडौ, वैशाख ७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल 'जनविद्रोह' को कार्यदिशा कार्यान्वयन गर्ने अवस्था नभएको भन्दै शान्ति र संविधानको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने मुख्य कार्यभारसहितको प्रस्ताव अगाडि सारेका छन् ।
Read More




CA members Yadav and Sah CA members Yadav and Sah
24 decemberConstituent Assembly members - BP Yadav of Madhesi Janadhikar Forum and Gayatri Sah of Nepali Janata Dal - who were apprehended from the CA premises, Naya Baneshwor, Tuesday for their involvement
Read More




Revenue mobilisation declines due to delay in budget Revenue mobilisation declines due to delay in budget
The revenue mobilization of the government has declined in the first seventh month of the current fiscal year compared to the same period last fiscal year.
Read More




World Cup 2011 final was watched by record 67.6 mn people World Cup 2011 final was watched by record 67.6 mn people
India and Sri Lanka cricket World Cup final smashed all previous records for television viewership with 67.6 million viewers watching it for more than four hours, rating agency Audience Measurement and Analytics Ltd (aMap)
Read More




Weekly Poll
How do u feel this website?
Very good
Good
Not so good
      
test
fsdfasdf